Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

११० इन्चको माइक्रो एलइडी टिभीकाे मूल्य १ करोड ८२ लाख

खबरडबली संवाददाता

काठमाडाैं । एउटा टेलिभिजनको मूल्य अधिकतम कतिसम्म पर्ला ? के तपाईंले झण्डै २ करोड रुपैयाँ मूल्य पर्ने टेलिभिजन पनि बजारमा छ भन्ने कल्पना गर्नुभएको छ ? यति धेरै मूल्यको टेलिभिजन पनि हुन्छ भन्ने सायद हामीलाई थाहै छैन । तर दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले एउटा यस्तो टेलिभिजन बजारमा ल्याएको छ जसको मूल्य नै १ करोड ८२ लाख रुपैयाँ पर्दछ ।

सामसुङको उक्त अल्ट्रा लक्जरियस माइक्रो एलईडी टिभी ११० इन्चको छ । बुधबार भारतीय बजारमा लञ्च गरिएको सो टेलिभिजनको मूल्य १ करोड १४ लाख भारु तोकिएको छ ।

यो टेलिभिजन केवल भिमकाय साइजका कारणमात्रै त्यति महँगो भएको होइन । यसमा अत्याधुनिक अर्थात् नेक्स्ट लेभल प्रविधि तथा फिचर्स उपलब्ध छन् ।

आफ्ना अभूतपूर्व सुविधा तथा टेलिभिजन प्रविधिमा सबैभन्दा नौलो प्रयोगका कारण यसले टेलिभिजन उद्योगमा नयाँ क्रान्ति ल्याउने दाबी सामसुङको छ ।

यो टेलिभिजनमा २४।८ मिलियन माइक्रोमिटर आकारका गतिचब कmबिि एलइडी छन् जसको आकार ठूलो एलईडीको तुलनामा १० प्रतिशत मात्रै हुन्छ ।

यी सबै माइक्रो एलईडीहरुले फरक–फरक खालका यस्ता प्रकाश तथा रंग उत्पन्न गर्दछन् जसबाट उत्कृष्ट गहनता, जीवन्त रङ तथा अत्यधिक प्रष्ट र उज्यालोपना प्राप्त हुन्छ । पृथ्वीमा दोस्रो सबैभन्दा कठोर पदार्थ भनिने सफायरबाट ती माइक्रो एलईडी तयार गरिएको हो ।

माइक्रो एलईडी प्रविधियुक्त यस टिभीमा माइक्रो एलईडी, माइक्रो कन्ट्रयास्ट, माइक्रो कलर, माइक्रो एचडीआर तथा माइक्रो प्रोसेसर छन् जसले निकै उच्च गुणस्तर प्रदान गर्ने दाबी गरिएको छ ।

यसमा कभाि(झष्ततष्लन दबअप ष्निजत, mष्अचय ज्क्ष् उचयअभककयच mगतिष्(ष्लतभििष्नभलअभ ब्क्ष् गउकअबष्लिन, कअभलभ बमबउतष्खभ अयलतचबकत  का साथै म्थलबmष्अ चबलनभ भहउबलकष्यल उगिक जस्ता विभिन्न फिचरहरु रहेका छन् ।

साथै यो टेलिभिजनमा मल्टी भ्यू सुविधा पनि रहेको छ जसले १२० एफपिएससम्मको फोर के रिजोलुसनमा चार फरक–फरक एंगलबाट टेलिभिजनको पर्दामा हेर्न सकिने सुविधा प्रदान गर्दछ । यो टेलिभिजन लाइभ गेम हेर्न, टेलिभिजन शो हेर्न वा भिडियो गेम खेल्न सबैका लागि उत्कृष्ट रहेको दाबी सामसुङको छ ।

यो टेलिभिजनको रिमोटमा ब्याट्री चाहिँदैन । यो सोलार सेल रिमोट हो र घरभित्रै छिरेको उज्यालोमा यसको रिमोटको सोलार सेल आफैं चार्ज हुन्छ । एजेन्सी

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बझाङमा ४३ प्रतिशत मतदान

बझाङ ।  बझाङमा प्रदेशसभा (क) को उपनिर्वाचनमा आज दिउँसो ३ः२० बजेसम्ममा ४३ प्रतिशत मतदान भएको छ ।   मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार ह...

इलाम-२ मा ५२ प्रतिशत मत खस्यो

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ । अहिले ३ बजेर ३० मिनेट सम्मको तथ्याङ्क अनुसार ६...

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०५ ...

धनुषाका एक सय ७३ साना उद्योग तथा व्यवसाय बन्द, दुई हजार बढी मजदुर बेरोजगा

जनकपुर ।  आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०र८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्...

बझाङमा ४० प्रतिशत मतदान

बझाङ । बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार भौगोलिक विकटताका कारण मतदानमा ढिलाइ भइरहेको छ ।  मुख्य निर्वाचन अधिकृत सु...

धुलिखेलमा विवाहकै दिन बेहुली फरार

धुलिखेल । धुलिखेलबाट विवाहकै दिन बेहुली फरार भएकी छन् । धुलिखेल नगरपालिका वडा नम्बर ३ छापडाँडाबाट बिवाहकै दिन बेहुली फरार भएकी हुन् ।  विवाहका लागि...

कांग्रेस कार्यकर्ताले लगाए मधेशको पूर्वाधार कार्यालयमा ताला

रौतहट । मधेश प्रदेश सरकारबाट कांग्रेस पार्टी बाहिरिए पनी नेता कार्यकर्ता योजनाको लागी दाबी छोडेका छैनन्।  मन्त्री परिवर्तन संगै योजनाको बाँडफाँडको बिष...

अध्यादेश जारी गर्ने सरकारको निर्णयप्रति कांग्रेसको विरोध

काठमाडौं । नेपाली कांग्रेसले लगानी सम्मेलन सहज बनाउन भन्दै सरकारले अध्यादेशमार्फत् ९ वटा कानुन संशोधन गर्न लागेकोप्रति विरोध जनाएको छ । शनिबार कांग...

एमाले र कांग्रेस मिलेर तत्कालै सरकार बन्ने अवस्था छैनः नेता साउद

पर्सा ।  पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर तत्काल सरकार ...

इलाम-२ मा ४२ प्रतिशत मत खस्याे, मतदान केन्द्रभित्रैबाट प्रहरीद्वारा शंकास्पद सामग्री बरामद

इलाम । जारी उपनिर्वाचनमा मतदान केन्द्रभित्रै एक्जिट पोल गराएको भन्दै प्रहरीले केही सामग्रीहरू बरामद गरेको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies