न्यूयोर्क । अमेरिकी माथिल्लो सदन (सिनेट)ले अमेरिकाका साना टेलिकम प्रदायकहरूलाई १ अर्ब अमेरिकी डलर बराबरका चीनको हुवावे र जेडटीईले बनाएका दूरसंचार उपकरणहरु खरिद गर्न दिनेसम्बन्धी एक विधेयक पारित गरेको छ । यो विधेयकलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकृित प्रदान गर्नु पर्नेछ ।
संयुक्तराज्य अमेरिकाले चिनियाँ कम्पनीहरूलाई सुरक्षा जोखिमको रूपमा लिन्छ र आफ्ना सहयोगी मुलुकहरुलाई पछिल्लो पुस्ताको दूरसंचार नेटवर्कमा फाइभ–जी समेतका चिनियाँ उपकरण प्रयोग नगर्न दबाब दिइरहेको छ । दुबै कम्पनीले आफ्ना उत्पादन जासूसीका लागि प्रयोग गर्ने गरेको भन्ने अमेरिकी आरोपको खण्डन गरिरहेका छन् ।
सङ्घीय संचार आयोगले अमेरिकी दूरसंचार कम्पनीहरुलाई दुई चिनियाँ कम्पनीका उपकरणहरु प्रयोग गर्न प्रतिबन्ध लगाइसकेको छ । आयोगको यस निर्णयले ज्यादातर साना, ग्रामीण कम्पनीहरूलाई असर गर्नेछ । अमेरिकाका प्रमुख नेटवर्क प्रदायकहरूले चिनियाँ उपकरण प्रयोग गर्दैनन् ।
साना र ग्रामीण क्षेत्रका दूरसंचार प्रदायक कम्पनीहरूले आफ्नो नेटवर्क पुनर्निर्माण गर्न गाह्रो र महँगो हुने भन्दै लगातार गुनासो गर्दै आएका छन् । साना दूरसंचार प्रदायकहरुको छाता संगठनले हुवावे र जेडटीईका उपकरणहरू सस्तो मूल्यमा पाइने र करिब एक अर्ब डलरमा प्रतिस्थापन कार्य सम्पन्न हुने बताएका छन् । अमेरिकामा हुवावेका ४० वटा दूरसंचार प्रदायक कम्पनीहरु ग्राहक छन् । ग्रामीण वायरलेस एशोसिएसनले सिनेटले विधेयक पारित गरेकामा धन्यवाद दिएको छ ।
विधेयकले करिब २ लाख ग्राहकहरु समावेश रहेका ग्रामीण दूरसंचार प्रदायकलाई समेट्ने छ । हुवावे र जेडटीईले उक्त विधेयकका बारेमा केही टिप्पणी गरेका छैनन् । एपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: