Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

कोरोनाको त्रासः जापानमा विद्यालयहरु बन्द, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध

टोकियो । प्राणघातक कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । साथै बिटीएस कन्सर्ट समेतका सबै मनोरञ्जनात्मक कार्यक्रमहरु बन्द गरिएको छ भने मानिसहरु जमघट हुने ठूला कार्यक्रमहरुमा रोक लगाइएको छ ।

कोरोना सङ्क्रमण रोकिनुको साटोे एसियादेखि युरोप हुँदै शुक्रबार अफ्रिकी उप–सहारा क्षेत्रमा कोरोना सङ्क्रमित व्यक्तिहरु देखिएका छन् ।

जापानमा प्राथमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालयहरु बन्द हुँदा त्यसबाट झण्डै १ करोड ३० लाख बालबालिका घरमै बस्नु पर्नेछ । जापानमा आयोजना हुने गरी पूर्व तयारी गरिएका खेलकुद र सांगीतिक कार्यक्रमहरु रद्द भइसकेका छन् । टोकियो डिज्नेल्यान्ड र टोकियो डिज्नेसी दुबै मार्चको मध्यसम्मका लागि बन्द गरिएको छ ।

गत डिसेम्बरबाट चीनको उहानहुँदै फैलिएको कोविड–१९ नामको नयाँ कोरोना जीवाणु ९भाइरस० एसियाली मुलुकहरुका अलावा युरोप र अफ्रिकासम्म पुगेको छ । साउदी अरेबियाले मुस्लिम समुदायको पवित्र धार्मिक तिर्थस्थल मक्काको भ्रमणमा विदेशी नागरिकमाथि कडाई गरेको छ र मध्यपूर्वमा एक सयभन्दा बढी व्यक्तिमा कोरोनाको सङ्क्रमण देखिएको छ ।

इटालीमा कोरोनाको सङ्क्रमण बढेसँगै कतिपय गाउँ शहरमा निर्वाध आवागमनमा प्रतिबन्ध लगाइएको छ । अफ्रिकी मुलुक नाइजेरियामा समेत शुक्रबार एक व्यक्तिमा कोरोनाको लक्षण देखिएको छ ।

कोरोनाबाट सङ्क्रमित भएका व्यक्तिहरुको संख्या करिब ८३ हजार पुगिसकेको छ, र यसबाट चीन सबैभन्दा बढी प्रताडित छ । तर दक्षिण कोरियामा पनि कोरोना सङ्क्रमितको संख्या २ हजार नाघिसकेको छ । अरु केही मुलुकमा पनि सङ्क्रमित व्यक्तिको संख्या बढ्नुका साथै मृत्यु हुने व्यक्तिहरुको संख्या निरन्तर बढेको छ । इरानमा २६ जनाको मृत्यु भएको छ भने २५० जनाभन्दा बढीमा कोरोना देखिएको छ ।

अमेरिकी रक ब्यान्ड ग्रीन डेले एसियाली मुलुकमा गर्ने सांगीतिक कार्यक्रम रद्द गरिसकेको भने जापानमा हुन लागेको अमेरिकी अर्केस्ट्रा कार्यक्रम पनि रद्द भएको छ ।

हङकङ र शाङघाईमा रहेका डिज्ने पार्कहरु पनि बन्द गरिएका छन् ।

जापानी प्रधानमन्त्री शिन्जो आबेले मार्चको अन्त्यसम्म सबै विद्यालय बन्द गर्न आग्रह गरेका छन्। तर प्रधानमन्त्रीको आदेश अघि नै केही विद्यालयहरु बन्द भइसकेका छन् । एपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies