Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

दिल्लीमा गोलीबारी : प्रहरी अधिकारीसहित चार सर्वसाधारणको मृत्यु, २५ घाइते

नयाँ दिल्ली । दिल्लीको यमुना पारी इलाकामा नागरिकता संशोधन कानूनविरुद्ध विरोध प्रदर्शनमा तीन सर्वसाधारणको र एक प्रहरी अधिकारी मृत्यु भएको छ । दिल्ली सरकारमा मन्त्री गोपाल राय बाबरपुर इलाकामा गोलीबारी र आगलागीको घटना सार्वजनिक भएपछि संवेदनशील इलाकामा पुलिस बल पठाउने निवेदन लिएर दिल्लीको उप राज्यपाललाई भेट्न उनको आवास पुगेका छन् ।

तर यो खबर लेखुञ्जेलसम्म दिल्लीको पर्यावरण मन्त्री गोपाल रायसँग एलजी अनिल बैजालको भेट हुन सकेको छैन ।

सोमबार के भयो ?

सोमबार दिउँसो र बेलुका भएको हिंस्रक घटनामा चारजनाको मृत्यु भएको छ । जाफराबादमा बस्ने मोहम्मद सुल्तान नामका प्रदर्शनकारीको खुट्टामा गोली लागेका कारण मृत्यु भएको छ ।

पुलिस अधिकारीले बीबीसीसँगको कुराकानीमा गोली सुल्तानको खुट्टामा लागेको तर अत्यधिक रक्तश्राव भएका कारण उनको मृत्यु भएको बताएका छन् ।

यस्तै प्रदर्शनका क्रममा शाहिद अल्वी नामका टेम्पो चालकको पनि गोली लागेका कारण मृत्यु भएको छ । शाहिद अल्वी मूल रुपमा उत्तर प्रदेशको बुलन्दशहर जिल्लाको डिबाई क्षेत्रका बासिन्दा हुन् ।

उनका भाइ राशिद अल्वीले बीबीसीलाई भने, ‘शाहिद अटो चलाउँथे । दंगाका बेला उनको पेटमा गोली लाग्यो । उनको शवलाई पोस्टमार्टमका लागि जीटीबी अस्पताल पुर्‍याइएको छ ।’

शाहिदको विवाह दुई महिना अघि मात्रै भएको थियो । उनी दिल्लीको मुस्तफाबाद इलाकामा भाडामा बसिरहेका थिए ।

जीटीबी अस्पतालमा भएका बीबीसी संवाददाता प्रशान्त चहलका अनुसार अस्पतालमा २५ घाइतेलाई भर्ना गरिएको छ ।

अस्पताल स्रोतले प्रशान्त चहललाई बताए अनुसार २५ जनालाई गम्भीर अवस्थामा अस्पताल ल्याइएको छ । तीमध्ये एक डीसीपी छन् जसलाई मेक्स अस्पताल रिफर गरिएको छ । रतन लाल नामका पुलिसकर्मी र अन्य एक युवकलाई मृत अवस्थामा अस्पताल पुर्‍याइएको थियो । घाइतेलाई क्रिटिकल केयरमा राखिएको छ ।

जीटीबी अस्पताल प्रशासनले डाक्टरको ड्युटी बढाइदिइको छ । बीबीसी हिन्दीबाट

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies