Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नेपालको नक्शा राखिएको ‘ओली केक’ विवादमा, सामाजिक सञ्जालभर गालीको वर्षा

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो ६९ औं जन्मदिनको दिन काटेकाे केक विवादमा परेकाे छ । जन्मदिनकाे दिन काटेकाे केक नेपालको नक्शा अंकित भएपछि विवादमा परेकाे हाे । नेपालकाे नक्शासहितकाे केक काटेकाे भन्दै उनिमाथि सामाजिक सञ्जालभर आलाेचना भएकाे छ ।

उनले काटेको केकमा नेपालको नक्शाभित्र हिमाल, पहाड र तराई छुट्याएको छ । ओलीले आफ्नो जन्म जिल्ला तेह्रथुम पुगेर नेपालको नक्शा अंकित केक काटेका थिए । उनले काटेको केकको फोटो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विरोध भएको हो । ओलीको केक कटाईप्रति चर्चित सामाजिक हस्तिहरुले कडा विरोध जनाएका छन् ।

केकको फोटोसहित कतिपयले प्रधानमन्त्री ओलीको नियत नै खोटो भएकोसम्म टिप्पणी गरेका छन् । चर्चित कलाकार रेखा थापाले केक कटाईप्रति नियत जोडिएको नभएपनि लक्षण गतिलो नभएको आलाेचना गरेकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘नियतवस नहोला तर लक्षण गतिलो छैन । छातीमा देशको जिम्मेवारीको बिल्ला र हातले देशको नक्सा काटेको देख्दा अचम्म लाग्यो । देशको प्रधानमन्त्रिको अनुहारमा पनि सन्देश हुन्छ, तर यो केक काटाइको सन्देश बुझिएन ।’

त्यस्तै चर्चित राजनीतिक विश्लेषक मुमाराम खनाल प्रधानमन्त्री ओलीलाई केक काट्दा हात कामेनन् भन्ने प्रश्न गर्छन् । उनि भन्छन्, ‘नेपालको नक्सालाई जन्मदिनको केक बनाउने हात कामेनन्। देशको नक्सालाई केक बनाएर काट्ने हात पनि कामेनन्। न त कामे नेताका हातहरु न कार्यकर्ताका ।’

त्यस्तै साझा पार्टीका प्रवक्ता सुर्यराज आचार्यले ओलीले सार्वजनिक माफी नै माग्नु पर्ने बताएका छन् । उनले प्रम ओलीले काटेको केकप्रति विरोध जनाउँदै लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रि ज्यु, प्रमको मर्यादा र यहाँको राजनीतिक व्यक्तित्वलाई यो दृश्यले न्याय गरेन। प्रतिकात्मक अर्थ के बुझेर यस्तो केक बन्यो थाहा भएन। देश र जनता सामु तुरुन्त क्षमा याचना गर्न ढिला नगर्नुस।’

केक बोक्न हेलिकप्टर नै चार्टर गरिएको थियो

नेपालको नक्शा अंकित केक बोक्न प्रधानमन्त्री ओलीले हेलिकप्टर नै चार्टर गरि आफ्नो जन्मघर पुर्याएका थिए । २० किमि टाढाबाट केक लैजानको लागि उनले यति एयरलाइन्सको हेलिकप्टर चार्टर गरेका थिए । केक लैजानको लागि हेलिकप्टर चार्टर गरिएको प्रति पनि निकै आलोचना भएको छ ।

ओलीले आफ्नो आठराई गाउँपालिकाको ४ को इवास्थित आफू जन्मेको घरमा धुमधामका जन्मोत्सव मनाएका थिए । उनको जन्मोत्सवका लागि आइतबार आठराई गाउँपालिकाले सार्वजनिक विदा नै दिएको थियो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies