Khabar Dabali Logo
  April 6, Mon

बालबालिकालाई मोबाइलमा बन्देज लगाउनु भन्दा उचित प्रयोग सिकाउनु ठिक

बालबालिकाहरू मोबाइल र अन्य उपकरणसँग हुर्किरहेको समयमा आमाको सूचना र सञ्चार प्रविधिको ज्ञान महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन्।

इन्टरनेट, मोबाइल र उपकरणको सही सञ्चालन र उपयोगबारे आमा जानकार नभए बालबालिकाको विकासमा बाधा पुग्ने हुँदा आमाहरूलाई सूचना र सञ्चार प्रविधिको ज्ञान दिलाउने अभियानको थालनी हुनुपर्ने जानकारहरू बताउँछन्।

बालबालिकाले अधिकांश समय इन्टरनेटमा बिताए भन्ने दुखेसो गर्ने अभिभावकको सङ्ख्या बढिरहेकोले यस विषयमा छलफलहरू चलाउनु पर्ने विज्ञहरू बताउँछन्।

बालबालिकाको क्षेत्रमा काम गर्ने सिविनकी कार्यकारी निर्देशक सुम्निमा तुलाधर भन्छिन् आमाले इन्टरनेट चलाउन बन्देज गर्ने नभई के चलाउने र कति समय चलाउने भन्ने सिकाउन सके राम्रो हुन्छ।

एकाङ्की दैनिकी
मोबाइल र विद्युतीय उपकरणमा बालबालिका व्यस्त हुँदा एकाङ्की हुने अभिभावकहरू बताउँछन्।

मनोविद् मिनाक्षी दाहाल उपकरणको प्रयोगका कारण गम्भीर प्रकृतिका समस्याहरू कयौँ परिवारमा आइरहेको बताउँछिन्।

दाहालका अनुसार मोबाइल र इन्टरनेटको सही प्रयोग नजान्दा नेपाली समाजमा भ्वाङ सिर्जना गरिरहेको छ।

आफै नजानी के सिकाउने ?
नेपालको जनसङ्ख्याको ७० प्रतिशतको सङ्ख्यामा इन्टरनेट जोडिएका उपकरण छन्। ठूलो सङ्ख्यामा ती मोबाइल छन्।

तुलाधरका अनुसार इन्टरनेटमा महिला प्रयोगकर्तामध्ये विभिन्न हिंसामा परिरहेका कारण उनीहरूलाई सही प्रयोग सिकाउन जरुरी रहेको बताउँछिन्।

उनी भन्छिन् सामाजिक सञ्जाल चलाउने महिलाहरू अभद्र बोल्ने वा व्यवहार गर्ने मानिसहरूबाट आफ्नो बचाउ गर्न जान्दैनन्। सामान्य कुरा थाहा नपाएर कति महिलाहरू हिंसामा परिरहेका छन्।

आफै नजानेपछिे उनीहरूले आफ्नो सन्तानलाई के सिकाउने र कसरी बचाउने ?

महिला सहभागिता कम
महिलाहरूका लागि तालिम सञ्चालन गर्ने प्रविधिमा महिला नेतृत्वकी रजिना श्रेष्ठ प्राविधिक तालिम र गोष्ठीहरूमा महिला सहभागिता न्यून रहने गरेको अनुभव सुनाउँछिन्।

इन्टरनेटमा पहुँच हुने महिलाहरूको सङ्ख्या बढिरहेको देखिएपनि अधिकांश फेसबुक‚ युट्युव र टिकटकको प्रयोगमा सीमित भएको उनको भनाइ छ।

प्रविधिको विकासपछि बालबालिका खेलाउने र सिकाउने विषय र विधिमा पनि परिवर्तन गर्न आवश्यक रहेको जानकारहरू बताउँछन्।

निजी विद्यालयको संस्था प्याब्सनकी उपाध्यक्ष दिपिका थापा भन्छिन्स् मोबाइल र इन्टरनेट चलाउन बन्देज होइन, कति समय चलाउने र के चलाउने भन्ने जानकारीसहित बालबालिकालाई मोबाइल चलाउन दिनुपर्छ।

बन्देज असहज
नेपाल सरकारले सन् २०३० सम्ममा १५ देखि २४ वर्ष उमेर समूहका सबै महिलाहरूलाई इन्टनेटको पहुँचमा पुर्याउने लक्ष्य राखेको छ।

तर इन्टरनेटको उचित प्रयोगबारे महिलालक्षित कार्यक्रमहरूको कुनै खाका अहिलेसम्म सरकारसँग नहुनु मुख्य चुनौती भएको धेरैको भनाइ छ।

थापाका अनुसार नेपालका विद्यालयमा पनि सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी अध्ययन अध्यापन भइरहेको छ।

थापा भन्छिन्स् तर त्यसको व्यावहारिक‚ सही र सुरक्षित प्रयोगबारे पनि उनीहरूलाई बुझाउन पर्ने अवस्था छ।

यस विषयमा गहन छलफल र बहसहरू हुनपर्छ र अभिभावकहरूलाई यस विषयमा यथेष्ट जानकारी दिनुपर्छ। बीबीसी

फागुन ११ गते, २०७६ - १५:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतमा कोरोना सङ्क्रमितको संख्या चार हजार नाघ्यो, १२ घन्टामा चार सय ९० जनामा सङ्क्रमण

नयाँ दिल्ली । भारतमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको छ । यससँगै भारतमा सोमबार...   
नागार्जुनका सबै वडामा राहत वितरण शुरु

नागार्जुनका सबै वडामा राहत वितरण शुरु

काठमाडौ । काठमाडौँको नागार्जुन नगरपालिकाका १० वटै वडामा राहत वितरण शुरु भएको छ । कोभिड –१९ को सम्भावित...   

पाहुना आएकै दिन फिर्ता हुनुपर्ने, नभए क्वारेन्टाइनमा बस्नुपर्ने

गोरखा । कोेरोना भाइरस (कोभिड– १९) को सम्भावित जोखिम हुन नदिन गोरखाको सिरानचोक गाउँपालिका– ७ ले गाउँमा...   

एजेन्टलाई कमिसन नदिन पर्यटनमन्त्री भट्टराईको निर्देशन

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड...   

कोरोना: बजारमा एक पुरुषले अरू मानिससामु खोकेपछि अदालतको कठघरामा

काठमाडाै । न्यूजील्यान्डको क्राइस्टचर्च शहरस्थित एक सुपरमार्केटमा एकजना पुरुषले जानाजान अरू मानिस...   
बिमान निर्माता बोइङको कारखाना अनिश्चितकालीन बन्द गर्ने

बिमान निर्माता बोइङको कारखाना अनिश्चितकालीन बन्द गर्ने

वासिङ्टन । अमेरिकाको बिमान निर्माता कम्पनी बोइङले कोरोनाभाइरसको महामारीका पछि जारी लकडाउनका कारण...   

समग्र अवस्थाको मूल्याङ्कन गरेर ‘लकडाउन’ बढाउँछौँ : गृहमन्त्री थापा

काठमाडौ । सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र...   

बीस वर्षीया अनिताको छातीमा गोली हानी हत्या, श्रीमानले नै गोली हानेको हुन सक्ने

डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ देउथलास्थित नङ्नी टोलकी २० वर्षीया अनिता वनको गोली हानी हत्या...   

वनसुुरक्षा गस्तीटोली र तस्करबीच दोहरो गोली हानाहान

रौतहट । गुुजरा नगरपालिका– २ अञ्जुमन सामुदायिक वनक्षेत्रभित्र वनसुरक्षा गस्तीटोली र तस्कर समूहबीच...   
बलिउड निर्माताकी छोरीमा कोरोना संक्रमण, पूरा परिवार क्वारेन्टिनमा

बलिउड निर्माताकी छोरीमा कोरोना संक्रमण, पूरा परिवार क्वारेन्टिनमा

चेन्नई एक्सप्रेस र रा–वनजस्ता फिल्मका निर्माता करिम मोरनीकी छोरी शाजामा कोरोनाभाइसको संक्रमण पुष्टि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top