काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ ।
नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६०३ पुगेको थियो । उक्त सङ्ख्या दुई सातापछि आज बढेर चार हजार ५२४ पुगेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या तीन लाख सात हजार ९२५ पुगेको छ ।
दुई साताअघि चार हजार २८९ जनाको पिसिआर परीक्षण तथा ४५१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा १४ हजार ६७२ जनाको पिसिआर परीक्षण तथा एक हजार नौ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । दुई साताअघिसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ पुगेको थियो । हाल उक्त सङ्ख्या २४ लाख ३२ हजार ८९ पुगेको छ । हाल ५८ जना क्वारेन्टिनमा रहेका छन् ।
हालसम्म दुई लाख ७८ हजार ५०६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५५५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । दुई साताअघि देशभर चार हजार ५६ सक्रिय सङ्क्रमित रहेकामा हाल उक्त सङ्ख्या बढेर २६ हजार २२५ पुगेको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ उपत्यकामा पनि सङ्क्रमित सात गुनाले वृद्धि
दुई सातामा काठमाडौँ उपत्यकामा पनि कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । दुई साताअघि सङ्क्रमिको सङ्ख्या काठमाडौँ उपत्यकामा २५४ रहेको थियो । पछिल्लो २४ घण्टामा उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढेर एक हजार ९६६ पुगेको छ । दुई साताअघि सङ्क्रमितको सङ्ख्या काठमाडौँमा १७३, ललितपुरमा ६१ तथा भक्तपुरमा २० रहेको थियो । हाल काठमाडौँमा एक हजार ६०२, ललितपुरमा २४० तथा भक्तपुरमा १२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
दुई सातामा १३३ जनाले कोरोनाबाट ज्यान गुमाए
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट दुई साताअघि तीन सङ्क्रमितको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु भएको छ । वैशाख १ गते कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ६१ जनाको मृत्यु भएको थियो भने आज उक्त सङ्ख्या बढेर तीन हजार १९४ पुगेको मन्त्रालयले जनाएको छ । दुई सातामा कोरोनाबाट १३३ जनाले ज्यान गुमाएका छन् ।
बिदामा बसेकालाई काममा फर्किन निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिदामा बसेका आफ्ना कर्मचारीलाई तुरुन्त काममा फर्कन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार सङ्क्रमण ह्वात्तै बढेका कारण उनीहरुलाई काममा फर्किन निर्देशन दिइएको हो ।
मन्त्रालयले चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई लामो बिदा नदिनसमेत निर्देशन दिएको छ । मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएका कारण कर्मचारीलाई लामो बिदा दिन नसकिने जनाएको छ । मन्त्रालयले जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था मिलाउन, अस्पतालको स्वीकृत दरबन्दीअनुसार रिक्त भएको पदमा तत्काल जनशक्ति व्यवस्थापन गर्न तथा थप जनशक्ति आवश्यक भएमा पाँच महिनाका लागि करार सेवामा लिनसमेत अस्पताललाई निर्देशन दिएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: