Khabar Dabali Logo
  April 8, Wed

‘डोरमणी त मुख्यमन्त्री नै होइन्, उनी त मुखमन्त्री हुन्’

  • फागुन ७ गते, २०७६ - १६:३६

डोरमणी त मुख्यमन्त्री नै होइनन् । उनमा काम गर्ने कुनै क्षमता नै छैन । खासमा उनी मुखमन्त्री हुन । केन्द्रको मुख ताक्ने बस्ने । यो बाहेक अरु उनीमा कुनै क्षमता छैन ।

मेरो लेबलै नमिलेको मानिससँग बसेर काम गर्नुको कुनै तुक छैन । म अहिले त्यो सरकारबाट हटेको ठिकै लागिरहेको छ । मेरो भिजनले उनको पदै खोस्न लाग्यो कि भन्ने थियो । मुख्यमन्त्री नै बन्न आँट्यो कि भन्ने त्रासमा राख्नुभन्दा पद छोड्नु उत्तम लाग्यो । क्याबिनेटमा मुख्यमन्त्रीले तँसँग काम नगर्ने भन्न पाइन्छ ?

म अहिले गाँजा खेति अभियानमा व्यस्त छु । मेरो पहिलो काम भनेको नेपालमा गाँजालाई प्रतिबन्ध फुकुवा गर्ने हो । त्यसपछि गाँजालाई व्यवसायी खेति गर्न वैधानिकता दिने र, गाँजा खेतिबारे राष्ट्रिय बहस सिर्जना गर्नेमा मेरो ध्यान केन्द्रित रहने छ । नेपाललाई गाँजा खेतिबाटै समृद्धितर्फ लैजान सकिन्छ ।

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीको भूमिकालाई लिएर नेकपा बागमती कमिटीभित्र तिव्र मतभेद शुरु भएको छ । नेकपाभित्र खासमा केपी शर्मा ओली पक्ष र माधब पक्षबीच अन्तरकलह बढ्दै गएको देखिन्छ । प्रदेशसभाको मुख्यमन्त्री छनोट प्रकृयादेखि नै रुष्ट बनेको माधब नेपाल पक्षधर नेताहरु केन्द्रमा प्रचण्डपक्षसँग भैंसेपार्टीमा समिकरण भएपछि त्यसको प्रभाव विस्तारै प्रदेशतर्फ देखिन थालेको छ । मुख्यमन्त्री अहिले प्रदेशसभामा अल्पमतमा परेको नेकपाकै नेताहरुले भन्न थालेका छन् ।

मुख्यमन्त्रीको भूमिकालाई लिएर प्रदेश कमिटीमा देखिएको विवादबारे खबर डबलीका तर्फबाट गणेश पाण्डेले गत वर्ष मन्त्रीबाट हटाइएका नेकपा नेता एवं बागमती प्रदेशसभा सदस्य केशव स्थापितसँग कुराकानी गरेका छन् । स्थापितसँग प्रदेश सरकारभित्रको खटपटीबारे गरिएको कुराकानीको सम्पादित अंश :

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको भूमिकालाई लिएर नेकपा बागमती प्रदेशभित्र तिब्र असन्तुष्टि रहेको भनिएको छ । वास्तवमा भएको के हो ?

होइन, यसबारेमा म एक शब्द पनि बोल्दिन । कसले के भन्यो म त्यतातिर जान चाहन्न । उपयुक्त पात्रलाई नेतृत्व नदिँदा खटपटी देखिन्छ ।

तपाई नेकपाको एक जिम्मेवार नेता पनि हुनुहुन्छ । बागमती प्रदेशसभा सदस्य पनि रहनु भएको छ । मुख्यमन्त्रीको भूमिकालाई कसरी लिनु भएको छ ?

तपाईं डोरमणि पौडेललाई मुख्यमन्त्री मान्नुहुन्छ ? उनी मुख्यमन्त्री नै होइनन् । उनमा काम गर्ने त क्षमता नै छैन । खासमा उनी मुखमन्त्री हुन । केन्द्रको मुख ताक्ने, बस्ने । यो बाहेक अरु उनीमा कुनै क्षमता छ र ?

कतिपयले मुख्यमन्त्री पौडेलाई पुराना, अनुभवी र विकासप्रेमी नेता भनेर भन्ने गरेका छन् । तर, तपाई उहाँको विरोध गरिरहनु भएको छ किन ?

उनलाई मैंले परिस्थितिले नेता मानेको हो । उनीमा कुनै भिजन छ र ? उनी नेता हुन लायकको मानिस पनि होइनन् । नेतृत्वले मानेपछि मान्देको मात्र हो । उनको चिन्तन हेटौंडाभन्दा माथि छैन् । उनले पुरै मकवानपुरलाई पनि हेर्नुहुन्न भने १३ वटा जिल्ला कसरी सम्हाल्नु हुन्छ ?

त्यसो भए तपाई मुख्यमन्त्री पौडेललाई के सुझाव दिन चाहनुहुन्छ ?

अहिले मेरो भनाइ केहि पनि छैन । मेरो अहिले एकल अभियान भनेको नेपालमा गाँजा खेतिलाई बैधानिकता दिनेमात्र हो । गाँजा खेति अभियानमा लागेको मानिसले मुख्यमन्त्री वा शासनसत्ताबारे बोल्दा मानिसले केशव बौलायो भन्छन् ।

तपाईलाई धेरैले एउटा भिजनरी र काम गर्ने क्षमता भएको नेताको रुपमा चिन्छन् । त्यो क्षमता काठमाडौं महानगरपालिको मेयर भएर पनि प्रमाणित गर्नुभयो । केहि समय बागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्री बन्नु भयो पछि मन्त्री पद त्यागेर गाँजा खेतिमा लाग्नुभएको छ किन ?

मेरो लेबलै नमिलेको मानिससँग बसेर काम गर्नुको कुनै तुक छैन । म अहिले त्यो सरकारबाट हटेको ठिकै लागिरहेको छ । मेरो भिजनले उनको पदै खोस्न लाग्यो कि भन्ने थियो । मुख्यमन्त्री नै बन्न आँट्यो कि भन्ने त्रासमा राख्नुभन्दा पद छोड्नु उत्तम लाग्यो । क्याबिनेटमा मुख्यमन्त्रीले तँसँग काम नगर्ने भन्न पाइन्छ ? नभएको आरोप लगाउन पाएन नि । चित्त नबुझेको कुरा त भन्न पाइन्छ नि ।

मुख्यमन्त्रीको कामकारवाहीलाई लिएर संसदीय दलभित्र धेरै सदस्यहरुले हस्ताक्षर अभियान नै चलाएका भन्ने छ नि तपाईंको सहभागिता छ कि छैन ?

म यो अभियानमा छैन् । अरुले मेरो साथ खोज्छन भने जुनसुकै बेला पनि म तयार छु । अहिले मेरो एकल अभियान भनेको नेपालमा गाँजा खेतिलाई वैधानिकता दिने नै हो । यस सम्बन्धि विधेयक ल्याएर कानून बनाउन पर्छ भन्नेमा म अडिक छु ।

भनेपछि तपाई मन्त्रीबाट हटेपछि गाँजा खेति अभियानमा व्यस्त हुनुन्छ ?

हो । म अहिले गाँजा खेति अभियानमा व्यस्त छु । मेरो पहिलो काम भनेको नेपालमा गाँजालाई प्रतिबन्ध फुकुवा गर्ने हो । त्यसपछि गाँजालाई व्यवसायी खेति गर्न वैधानिकता दिने र, गाँजा खेतिबारे राष्ट्रिय बहस सिर्जना गर्नेमा मेरो ध्यान केन्द्रित रहने छ । नेपाललाई गाँजा खेतिबाटै समृद्धितर्फ लैजान सकिन्छ ।

नेपालका गाँजा खेतिलाई सरकारले नै प्रतिबन्ध लगाएको छ । सरकारले गाँजा खेतिलाई फुकुवा गरे युवाहरु झन् कुलतमा फस्छन्, नेपाल विदेशीको ट्रान्जिट पोइन्ट हुन सक्छ भनिएको छ । यस्तो अवस्थामा तपाईको अभियान कसरी सफल हुन्छ ?

राजनीति गर्ने लेबलबाट म अहिले एक्लो छु । समय घर्किदै जाँदा यस खेतिबारे सबैले बुझ्छन् । संघमा पनि ४९ जना सांसदहरु यस अभियानमा लागेका छन् भन्ने मैले सुनेको छु । हेर्दै जानोस छिट्टै संसदमा यस सम्बन्धी विधेयक प्रस्तुत हुन्छ । मेरो तर्फबाट म बागमती प्रदेशमा ल्याउँछु । अन्य साथीहरुले अन्य प्रदेशमा ल्याउँछन् । अब यो राष्ट्रिय बहसको विषय बन्छ ।

कुन मन्त्रीले के गर्योभन्दा पनि नेपालका गाँजा खेतिलाई वैधानिकता दिन तर्फ सबैको ध्यान जान जरुरी छ । नेपालको अर्थतन्त्रको मुख्य आधार भनेको गाँजा खेति हो । सबै मानिसलाई करोडपति बनाउन छोडेर मुख्यमन्त्रीले के गर्यो भनेर पछि लागेर हुन्छ ? त्यसैले कुन मन्त्रीले के भने ? को मन्त्री भए ? त्यतातिर मेरो ध्यानै छैन ।

गाँजा उत्पादन नहुने मुलुकहरु करोडौं आम्दानी गर्ने भइसके गाँजाको उर्भर भूमि रहेको नेपालमा चाकु बनाए बसेका छौं ।

अन्त्यमा, तपाईका धेरै साथीहरुले मुख्यमन्त्रीको कामप्रति चित्त दुःखाइराखेको भन्ने कुरा बाहिर आएको छ । उहाँलाई पदबाट हटाउने अभियानमै लागेका छन् भन्ने सुनिन्छ । तपाई चाहिँ यस अभियानमा लाग्नु भएको छ कि छैन ?

छैन–छैन, म यो अभियानमा छैन । यो अभियानमा साथीहरु नै लागुन । म गाँजा खेति अभियानमा लागेको मानिस अभियान सफल नभएसम्म लाग्नु पर्यो नि । कहिले मन्त्री, कहिले मुख्यमन्त्री भनेर मान्छे उँभो लाग्दैन ।

अहिले नेपालमा दलित, जानजाति मात्र नभइ गरिबीले बाहुन–क्षेत्रिको हालत पनि दयनीय बन्दै गएको छ । नेपालमा ठुलो सम्भाव्यता बोकेको गाँजा खेतिलाई प्रतिबन्ध लगाएर त्यो देशको नागरिक कहिल्यै उँभो लाग्छ ? नेपालमा मन्त्रीको कुनै काम छैन । मन्त्रीसन्त्रीको पछि लाग्न छोडेर गाँजा खेति अभियानमा सघाउनोस ।

फागुन ७ गते, २०७६ - १६:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुटवल कोरोना अस्पतालमा मृत्यु भएका भएका थापाको शव ११ दिनपछि उठाउने सहमति

बुटवल कोरोना अस्पतालमा मृत्यु भएका भएका थापाको शव ११ दिनपछि उठाउने सहमति

बुटवल । बुटवल धागो कारखानाको भवनमा बनाइएको काेरोना विशेष अस्पतालमा मृत्यु भएका बाबुराम थापाको शव...   
४ दिनदेखि नेपालमा भेटिएनन् कोरोनाका नयाँ संक्रमित

४ दिनदेखि नेपालमा भेटिएनन् कोरोनाका नयाँ संक्रमित

काठमाडौं । विगत ४ दिनदेखि नेपालमा नयाँ कोरोना भाइरस संक्रमित बिरामी नभेटिएको स्वास्थ्य मन्त्रालयले...   

पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड, ७७ हजार २४५ ले पाए ५० कित्ता

काठमाडौं । लकडाउनको समयमा पनि केही काम नियमित रुपमा भइरहेका छन् । सरकारले गरेको आग्रह अनुसार सामाजिक...   
चर्चित खेलाडी रोनाल्डिन्हो जेलमुक्त

चर्चित खेलाडी रोनाल्डिन्हो जेलमुक्त

काठमाडाैं । ब्राजिलका स्टार फुटबल खेलाडी रोनाल्डिन्हो जेलमुक्त भएका छन् । नक्कली पासपोर्ट बोकेर...   
लकडाउन : ‘लक’ अर्थात वर्गीय भाग्य

लकडाउन : ‘लक’ अर्थात वर्गीय भाग्य

पृष्ठभूमि यतिबेला विश्व कोरोना भाईरस महामारिको चपेटामा परेको छ । लगभग संसारका सबै जसो मुलुकहरु कोरोनासँग...   

कालाेबजारीकाे आराेपमा पक्राउ परेका अग्रवाललाई हिरासतमा राख्न अनुमति

काठमाडौं । कालोबजारी गरेकाे आरोपमा पक्राउ परेका व्यावसायी सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न...   
कृपया शान्त बसिदिनुहोला, प्रधानमन्त्री सुतिरहनुभएको छ

कृपया शान्त बसिदिनुहोला, प्रधानमन्त्री सुतिरहनुभएको छ

ए पटमुर्ख होकिन झ्वाम्म फाल हानेको महाकालीमा?अहिले छिटा पर्छ अनिब्युझनुहुन्छ हाम्रा प्रधानमन्त्रीखास...   

खरिद प्रक्रिया विवादित भएपछी स्वास्थ्य सेवा विभागदृारा पुनः बोलपत्र आह्वान

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि औषधि किन्न पुन: बोलपत्र आह्वान गरेको छ । स्वास्थ्य...   
सम्बोधन बुझिएन भन्दै प्रधानमन्त्री ओलीलाई गगन थापाले सोधे ११ प्रश्न

सम्बोधन बुझिएन भन्दै प्रधानमन्त्री ओलीलाई गगन थापाले सोधे ११ प्रश्न

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीलाई कांग्रेस नेता एंव सांसद गगनकुमार थापाले सामाजिक सञ्जालबाटै...   
क्षयरोगविरुद्ध लगाईने बीसीजी खोपले कोरोना संक्रमितमा देखायो असर, व्यापक परीक्षण गर्ने तयारी

क्षयरोगविरुद्ध लगाईने बीसीजी खोपले कोरोना संक्रमितमा देखायो असर, व्यापक परीक्षण गर्ने तयारी

काठमाडौं । क्षयरोगका लागि करिब एक शतक अगाडि अविष्कार गरिएको खोप काम आउन सक्ने भन्दै वैज्ञानिकहरुले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top