Khabar Dabali Logo
  February 19, Wed

प्रचण्डले घाेषणा गरेकाे निःशुल्क २० किलो चामल कार्यक्रम प्रभावकारी बन्दै

जुम्ला । सरकारले कर्णालीलगायतका हिमाली जिल्लामा दिँदै आएको जन्म र मृत्यु भएका प्रतिघरपरिवारलाई २० किलो चामल कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यो कार्यक्रमअन्तर्गत सेवाग्राहीले चामल लिन आएबापत ज्यालासमेत पाउने गरेका छन् ।

घोषणा हुँदा अर्थात तीन वर्षअघि कार्यक्रम निकै आलोचना भएको र विवादमासमेत आएको थियो, तर पछिल्लो समय जन्म र मरणमा निःशुल्क २० किलो चामलसहित ज्याला लिनेको भीड बढेसँगै उक्त कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

वि.सं. २०७३ भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका संसद्मा ४८ बुँदे कार्यक्रम प्रस्तुत गर्दै बुँदा नं २७ मा कर्णाली क्षेत्रमा जन्म र मरणमा प्रतिपरिवार निःशुल्क २० किलो चामल दिने घोषणा गरेका थिए । घोषणापछि कर्णालीवासीले आफूलाई अपमान र मगन्ते बनाएको भन्दै तत्कालीन प्रतिपक्षलगायत अन्य व्यक्तिले आपत्तिसहित चौतर्फी विरोध पनि जनाए । कर्णालीलाई सडक, सञ्चार, विद्युत्, शिक्षा, स्वास्थ्यको आवश्यकता हो, २० किलो चामल होइन भन्दै यहाँका राजनीतिकर्मीले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई चामलको पोकोसमेत फिर्ता पठाए ।

अन्ततः राजनीतिकर्मीको चर्को विरोधले न त यो कार्यक्रम स्थगन नै भयो न त गरीब विपन्न नागरिकले सेवा लिन नै छाडे । चौतर्फी विरोधका कारण शुरु शुरुमा विपन्न नागरिकले जन्ममरणमा २० किलो चामल र ज्याला लिनसमेत निकै अप्ठ्यारो महसुस गरे तर अप्ठ्यारो महसुसले मात्रै समस्या समाधान नभएपछि विपन्न नागरिकले विस्तारै जन्म र मरणमा खाद्य संस्थानमार्फत चामल लिन शुरु गरेका हुन् । अधिकांश ठूलाबडा तथा हुनेखानेले यो कार्यक्रमको बढी आलोचना गरे पनि विपन्नलाई सेवा लिनबाट भने कसैले रोक्न सकेन ।

वि.सं. २०७३ फागुन १८ गते पहिलो पटक चन्दननाथ नगरपालिका– ८ कि रूपा रावतले सन्तान जन्मिदा २० किलो चामल निःशुल्क बुझेपछि लगातार सेवा लिनेको सख्या बढ्दै गएको तथ्याङ्क खाद्य संस्थान जुम्लामा अभिलेख छ । हुनेखानेले यो कार्यक्रमको आलोचना गरे पनि निम्नआयस्तर भएका गरीबलाई यो कार्यक्रमले निकै राहत गरेको छ, सेवा लिएपछि तिला गाउँपालिका–४ का लङ्क दमाइँले भने, “काम गरेर भोको पेट पाल्ने हामीजस्तालाई २० किलो चामल र एक हजार रुपैयाँ सित्तैमा पाउनु भनेको ठूलै कुरो हो ।”

नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाका प्रमुख तिलक सुनारका अनुसार जन्म र मुत्युमा चन्दननाथ नगरपालिकाभित्रका प्रतिपरिवार २० किलो चामल, पातारासी, गुठिचौर र तातोपानी गाउँपालिकाभित्र २० किलो चामल र पाँच सय रुपैया ज्याला उपलब्ध गराउने गरेको छ । त्यसैगरी हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकाभित्र २० किलो चामल र एक हजार यातायात खर्चस्वरुप उपलब्ध गर्दै आइएको छ । उनले भने, “मृत्युभन्दा जन्ममा सेवा लिनेको सङ्ख्या बढ्दो छ ।”

संस्थानको तथ्याङ्कअनुसार जुम्लामा मात्रै यस कार्यक्रमबाट चालू आर्थिक वर्षको माघ अन्तिमसम्म २८१ जनाले ५६ क्विन्टल २० किलो चामल र रु एक लाख २५ हजार रकम ज्याला निःशुल्क बुझेका छन् । आर्थिक वर्ष ०७३/७४ मा ४० जनाले आठ क्विन्टल चामलसहित ज्याला लिएका थिए । तर त्यसको सङ्ख्या ह्वात्तै बढेर आर्थिक वर्ष ०७४/७५ मा ३१३ जनाले ६ हजार २६० किलो चामल र ज्याला बुझेका छन् भने चालु आर्थिक वर्ष ०७५/७६ को हालसम्म ३५९ जनाले ७१ क्विन्टल ८० किलो चामल र पाँच लाख २६ हजार ५०० ज्याला बुझेको तथ्याङ्क छ ।

यो सेवा लिनका लागि नेपाल खाद्य संस्थान हुम्लाले छ महिनाको अवधि राखेर जन्मको हकमा बच्चा अस्पतालमा जन्मेको जन्मको प्रतिवेदन तथा बच्चाको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडापालिकाको सिफारिश र मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडापालिकाको सिफारिश र सेवा लिन आउने सेवाग्रहीको नागरिकता लिएर सेवा प्रवाह गर्दै आएको छ ।

सरकारले कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा २० किलो चामल निःशुल्क दिने गरेपछि हुम्लाका बासिन्दालाई सहज भएको नेपाल खाद्य संस्थान कार्यालय हुम्लाले बताएको छ । २० किलो चामल उपलब्ध हुँदा गरीब घरका मृतकका परिवारलाई केही हदसम्म भए पनि राहत भएको र जन्ममा सुत्केरी महिलाको खाद्य सुरक्षामा सहयोग पुगेको सिमकोट गाउँपालिका–२ का नवराज भण्डारीले बताए । रासस

माघ २८ गते, २०७६ - १७:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्रम्पलाई नदेखाउन मोदीले ४५ गरिब परिवारलाई घर छोड्न निर्देशन गरे

ट्रम्पलाई नदेखाउन मोदीले ४५ गरिब परिवारलाई घर छोड्न निर्देशन गरे

काठमाडौं । अहमदाबाद नगर निगमले सोमबार नवनिर्मित मोटेरा स्टेडियमको नजिकै रहेको झुग्गी बस्तीका ४५...   

बाँके–बर्दिया तत्काल कर्णालीमा गाभिने सम्भावना छैन : अध्यक्ष दाहाल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालै बाँके र...   
डोरमणी त मुख्यमन्त्री नै होइन्, उनी त मुखमन्त्री हुन् : केशव स्थापित

डोरमणी त मुख्यमन्त्री नै होइन्, उनी त मुखमन्त्री हुन् : केशव स्थापित

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीको भूमिकालाई लिएर नेकपा बागमती कमिटीभित्र तिव्र मतभेद शुरु...   
सुपरस्टार रजनीकान्त ‘म्यान भर्सेस वाइल्ड’को शोमा, यस्तो देखियो उनको इन्ट्री

सुपरस्टार रजनीकान्त ‘म्यान भर्सेस वाइल्ड’को शोमा, यस्तो देखियो उनको इन्ट्री

काठमाडौं । भारतीय सिनेमाका सुपरस्टार रजनीकान्त चर्चित टेलिभिजन शो ‘म्यान भर्सेस वाइल्ड’मा देखिने...   
ट्रम्पलाई देखाउन यमुनामा नहरबाट पानी, झुपडी बस्ती नदेखाउन पर्खाल बनाईंदै

ट्रम्पलाई देखाउन यमुनामा नहरबाट पानी, झुपडी बस्ती नदेखाउन पर्खाल बनाईंदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणलाई लक्षित गरि भारतीय सरकारले यमुना नदि...   

पुनर्बीमा कम्पनीको आइपिओ आउँदै, भर्ने होइन त शेयर ?

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लागि रहेको बेला चालू आर्थिक...   
भेरी बबईको निरिक्षणमा पुगे उपराष्ट्रपति पुन

भेरी बबईको निरिक्षणमा पुगे उपराष्ट्रपति पुन

सुर्खेत । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय...   
यस्तो बन्यो ‘धुलो’को ट्रेलर, बुद्धि र अग्रज बने रिक्सा चालक (भिडियोसहित)

यस्तो बन्यो ‘धुलो’को ट्रेलर, बुद्धि र अग्रज बने रिक्सा चालक (भिडियोसहित)

काठमाडौं । ‘धुलो’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ । नेपाल टेलिभिजनमा बरिष्ट क्यामेरापर्सनका रुपमा...   
एनआईसी एशियाको नयाँ शाखा धनुषाधाममा

एनआईसी एशियाको नयाँ शाखा धनुषाधाममा

काठमाडौं । एनआईसी एशिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिकामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा...   
बागमती प्रदेशभित्र चुलिँदो नेकपा विवाद, संकटतिर डोरमणीको पद

बागमती प्रदेशभित्र चुलिँदो नेकपा विवाद, संकटतिर डोरमणीको पद

काठमाडौं । दुईतिहाई बहुमतसहित निर्माण भएको नेकपाको बागमती सरकार संकटतिर पर्दै गएको छ । मुख्यमन्त्री...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top