Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

चोरीको पोस्टरमा चर्चित बन्यो बाहुबली, हेर्नुहोस् कुन फिल्मले कसको पोस्टर चोरे

काठमाडौं । फिल्मको लागि उसको पोस्टर विशेष हुन्छ । पोस्टरमा फिल्मको नाम मात्रै नभएर फिल्मको कथा पनि झल्केको हुन्छ ।

कुरा चाहे बलिउड होस् या हलिउडको होस्, आजसम्म कति फिल्मको पोस्टर देख्नुभो ? तपाईंसँग हिसाब त छैन् तर, कहिलेकाँही फिल्मको पोस्टर हेर्दा पहिल्यै अर्के फिल्मको पोस्टर देखेको जस्तो त पक्कै पनि हुन्छ हाेला नि । ‘अरे पोस्टर त हलिउडको जस्तो पो छ’ भन्ने पनि कुरा हुन्छ । तर वास्तविकता यहि छ, धेरै बलिउड फिल्मले हलिउडका पोस्टर जस्ताको तस्तै चोरी गरेका छन् ।

फिल्मको पोस्टर चोरीमा चर्चित अभिनेता अक्षय कुमारदेखि शाहरुख खानसम्मका फिल्म सामेल छ । यस्तोमा केहि फिल्मका पोस्टरबारे हामीले आज चर्चा गर्दैछौं ।

चोरीको पोस्टरमा चर्चित बन्यो बाहुबली

बाहुबली र बाहुबली २ सर्वाधिक सफल भारतीय सिनेमा हुन् । फिल्मलाई धेरै विदेशी दर्शकले पनि रुचाएका छन् । फिल्मले विदेशी दर्शकको धेरै माया पनि पाएको छ । तर चाहे बाहुबली होस् या बाहुबली २ दुवैका पोस्टर भने हलिउड फिल्मबाट पुरै नक्कल गरिएको भेटिएको छ ।

\"\"/

बाहुबली फिल्मको पोस्टर ‘ट्रिपल एक्स : द रिटर्न अफ जेंडर केज’बाट र बाहुबली २ को पोस्टर फिल्म ‘ओंग बैक २’बाट लिइएको भेटिएको छ । बाहुबली २ को पोस्टर ‘ओंग बैक २’ बाट जस्ताको तस्तै कपी गरिएको देखिन्छ ।

शाहरुख खानको फिल्म ‘रावन’

चर्चित भारतीय अभिनेता शाहरुख खान र करीना कपूर अभिनित फिल्म रावन सन् २०११ मा रिलीज भएको थियो । फिल्म एक साइन्स फिक्शनमा आधारित थियो । जसमा शाहरुख खान सुपरहिरोको अवतारमा देखिएका थिए ।

\"हॉलीवुड

फिल्मको पोस्टरप्रति दर्शकले निकै तारिफ गरेका थिए । पोस्टरमा करीना कपूरलाई शाहरुख खानले काखमा उठाएको देखिएको थियो । सफल मानिएको फिल्म रावनको पोस्टर भने हलिउड सुपरहिरो फिल्म ‘बैटमैन’बाट कपि गरिएको हो ।

आमिरको फिल्म ‘गजनी’

चर्चित भारतीय अभिनेता आमिर खानको फिल्म गजनी २००८ मा रिलीज भएको थियो । फिल्मले बक्स अफिसमा धमाकेदार कमाई गरेको थियो । सुपरहिट बनेको यो फिल्म दक्षिण भारतीय फिल्मको रिमेक थियो ।

\"हॉलीवुड

दक्षिण भारतीय फिल्मबाट बनाइएको फिल्म गजनीको पोस्टर पनि हलिउड फिल्मबाट चोरिएको पाइएको छ । गजनीको पोस्टर सुपरहिट हलिउड फिल्म ‘हल्क’बाट कपि गरिएको थियो ।

अमिरको फिल्म ‘पीके’को पोस्टर पनि नक्कली

\"पुर्तगाली

त्यस्तै अमिरको चर्चित अर्को फिल्म पीकेको पोस्टर पनि चोरी गरिएको भेटिएको छ । फिल्मको पोस्टर पनि हलिउडबाटै कपि गरिएको थियो । पीकेको पोस्टर पुर्तगाली सिंगर क्विमको एक एल्बमबाट कपि गरिएको भेटिएको छ ।

ऋतिकको फिल्म ‘जिन्दगी मिलेगी न दोबारा’

चर्चित बलिउड कलाकार ऋतिक रोश अभिनित फिल्म जिन्दगी मिलेगी न दोबाराको पोस्टर पनि चोरिको भएको पाइएको छ ।

\"हॉलीवुड

सर्वाधिक सफल बनेको फिल्मले जिउने र देख्ने कुराको नजर बदलिएको थियो । फिल्मको पोस्टरमा नांगो अवस्थामा ऋतिकको साथमा अभय र फरहान देखिएका छन् । फिल्मको पोस्टर हलिउड फिल्म लड्स अफ डोगटाउनबाट कपि गरिएको थियो ।

अक्षयको फिल्म ‘राउडी राठौर’

सिर्जनशील फिल्म बनाउन खप्सिस चर्चित अभिनेता अक्षय कुमारको धेरै फिल्महरु सफल मानिन्छन् । दक्षिण भारतीय फिल्मको रिमेकको रुपमा अक्षयले बनाएको राउडी राठौर पनि निकै सफल भएको थियो । दक्षिण भारतीय फिल्मबाट बनाएको राउडी राठौरले बक्स अफिसमा सानदार प्रदर्शन गरेको थियो ।

\"हॉलीवुड

तर सफल मानिएको फिल्म राउडी राठौरको पोस्टर भने जस्ताको तस्तै हलिउड फिल्मबाट चोरी गरिएको भेटिएको छ । अक्षयले फिल्मको पोस्टर हलिउड फिल्म ‘द रिप्लेसमेन्ट किलर्स’बाट कपि गरेका थिए ।

टाइटैनिक फिल्मको नक्कल छ मौसम फिल्ममा

\"हॉलीवुड

शाहिद कपुर र सोनम कपुर अभिनित फिल्म ‘मौसम’लाई बक्स अफिसमा सामान्य सफल फिल्म मानिन्छ । नाफाको गएको फिल्मको कथा र प्रस्तुती भने राम्रो भएको टिप्पणी चल्छ । तर नयाँ कथामा बनेको फिल्मको पोस्टर भने निकै चर्चित हलिउड फिल्म टाइटैनिकबाट प्रभावित छ । फिल्मको पोस्टरको माथिल्लो भाग टाइटैनिकको करिब हुबहु छ । एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies