Khabar Dabali Logo
  February 25, Tue

चीनमा देखिएको नयाँ भाइरस मानिसमा सर्न सक्ने, अमेरिकामा पनि भेटियो

एजेन्सी । चीनमा देखा परेको नयाँ भाइरस स्वरूप परिवर्तन गरेर फैलन सक्ने चिनियाँ अधिकारीहरूले चेतावनी दिएका छन् । उक्त भाइरस फैलन नदिने प्रयास भइरहेका बेला चिनियाँ अधिकारीहरूले त्यस्तो चेतावनी दिएका हुन्।

चिनियाँ सरकारका अनुसार उक्त भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ। सङ्क्रमित हुनेको सङ्ख्या पनि ४४० पुगेको बताइएको छ।

राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारीले चीन रोकथाम र नियन्त्रणको ुसबैभन्दा महत्त्वपूर्ण चरणुमा रहेको स्वीकार गरेका छन्।

अधिकारीहरूले मान्छेबाट मान्छेमा त्यो भाइरस सरेको पुष्टि मङ्गलवार गरेका थिए।

अमेरिकामा पनि भेटियो
श्वासप्रश्वासमा सङ्क्रमण गराउने कोरोनाभाइरस पहिलो पटक आफ्नो भूमिमा फेला परेको अमेरिकाले पुष्टि गरेको छ।

द सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार पहिलो पटक चीनमा फेला परेको त्यो भाइरस चीनबाट सिएटल सहर आइपुगेका एकजना अमेरिकी नागरिकमा देखिएको हो।

चीनको वुहान सहरबाट उक्त भाइरस फैलन सुरु भएको हो। अहिलेसम्म नौजनाको ज्यान गइसकेको छ।

एकजना पर्यटन व्यवसायीका अनुसार उत्तर कोरियाले पनि अस्थायी रूपमा विदेशी पर्यटकहरूका लागि आफ्नो देशको सीमा बन्द गरेको छ।

सीडीसीका अनुसार उक्त भाइरसबाट सङ्क्रमित अमेरिकी पुरुष गत ज्यानुअरी १५ तारिखमा वुहानबाट फर्केका थिए।

‘ती बिरामी वासिङ्टनस्थित एउटा स्वास्थ्य सेवा केन्द्रमा उपचारका लागि पुगेका थिए, विज्ञप्तिमा भनिएको छ, ‘उनले यात्रा गरेको स्थान र रोगको लक्षण हेरेपछि उनी कोरोनाभाइरसबाट सङ्क्रमित भएको अनुमान गरिएको थियो ।’

त्यो भाइरसको सङ्क्रमण रहेको पुष्टि ज्यानुअरी २० तारिखमा भएको थियो।

गत हप्ता वुहानबाटै फर्किएका एक नेपाली विद्यार्थीलाई पनि भाइरसको सङ्क्रमण रहेको शङ्का गर्दै चिकित्सकहरूको निगरानीमा राखिएको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले जनाएको थियो।

के हो कोरोनाभाइरस ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो।

नयाँ प्रकारको कोरोनाभाइरस यसअघि मानवमा पहिचान गरिएको थिएन।

कोरोनाभाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो।

पहिचान भएका थुप्रै प्रकारका कोरोनाभाइरस जनावरहरूमा देखिए पनि मानिसहरूलाई तिनले सङ्क्रमित बनाएका छैनन्।

लक्षण के हुन् ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन्।

  • ज्वरो आउनु र खोकी लाग्नु
  • छिटोछिटो सास फेर्नु
  • श्वासप्रश्वासमा कठिनाइ हुनु-
  • गम्भीर भएमा निमोनिया हुनु-
  • सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु-
  • मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ

कसरी जोगिन सकिन्छ ?
यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छः

  • नियमित रूपमा हात सफा गर्ने
  • खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने
  • मासु र अण्डा राम्रोसँग पकाएर खाने
  • कोरोनाभाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने
माघ ८ गते, २०७६ - १२:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पौडेलको अनशनप्रति काँग्रेसको समर्थन छ : नेता खाँण

काठमाडौं । नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको...   

कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले दक्षिण कोरियामा कामदार पठाउन बन्द गर्याे

काठमाडौं । सरकारले दक्षिण कोरियामा नेपालबाट कामदार पठाउन बन्द गरेको छ । दक्षिण कोरियामा कोरोना भाइरसको...   

राजघाटमा पुगेर ट्रम्पले भने : महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा...   

ट्रम्प भारत भ्रमणमा रहेकै बेला दिल्लीमा हिंसात्मक प्रदर्शन : कम्तीमा सात जनाको मृत्यु (अपडेट)

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भ्रमणको केही घण्टाअघि विवादास्पद...   

कोरोना भाइरस प्रकोप : दक्षिण कोरियामा मृतकको संख्या ८ पुग्यो, ८ सय ९३ संक्रमित

सोल । दक्षिण कोरियामा कोरोनाभाइरस अर्थात् कोभिड–१९ का को कारण मृत्यु हुनेको संख्य ८ जना पुगेको छ ।...   
कर्णालीमा जीप खस्यो

कर्णालीमा जीप खस्यो

कालिकोट । कर्णाली जिल्लाको नरहरीनाथ गाउँपालिका १ जिते बजारको पुल पारी कर्णाली करिडोरमा जीप दुर्घटना...   

आज सुनको भाउ घट्यो, तोलाको कति छ ?

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु ३००...   
हलिवुडका चलचित्र निर्माता हार्भी वाइन्सटिन यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

हलिवुडका चलचित्र निर्माता हार्भी वाइन्सटिन यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

एजेन्सी । हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कारसहित कुटपिटको घटनामा दोषी पाइएका छन्। न्यू योर्कको...   

कोरोना भाइरस प्रकोप : सम्भावित महामारी विरुद्ध तयार रहन विश्व स्वास्थ्य सङ्गठनको आग्रह

एजेन्सी । सम्भावित कोरोनाभाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व...   

गोकुल बाँस्कोटाले अघि बढाएको स्याटेलाइट परियोजना पनि शंकास्पद

काठमाडौँ । सेक्युरिटी प्रेस खरिदमा घूस मागेको सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top