Khabar Dabali Logo
  February 28, Fri

रिचार्जरको एप डाउनलोड गर्नेलाई दुई वटा क्रिसमस क्याप निशु:ल्क

काठमाडाैं । मोबाइल एप रिचार्जरले क्रिसमस अफर सार्वजनिक गरेको छ । एण्ड्रोइड तथा गूगल प्लेबाट रिचार्जरको एप डाउनलोड गर्नेहरुलाई रिचार्जरले दुईवटा क्रिसमस क्याप निशु:ल्क उपलब्ध गराउने भएको हो ।

डिसेम्बर २३ तारिख अर्थात पुस ७ गते सोमबार साँझ ३ बजेदेखि ४ बजेसम्मको अवधिमा रिचार्जर एपबाट क्रिसमस क्याप अर्डर गरिसक्नु पर्ने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत विशाल आचार्यले बताए ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले १०० क्यास प्वाइन्ट पाउने छन् । यसरी आउने १०० क्यास प्वाइन्ट खर्चेर प्रयोगकर्ताले सोमबार एक घण्टाको अवधिमा दुईवटा क्रिसमस क्याप अर्डर गर्न सक्ने छन् । क्याप अर्डर गर्दा अरु शुल्क लाग्ने छैन । प्रयोगकर्ताले दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको रिचार्जरको कार्यालयबाट क्याप संकलन गर्नु पर्ने हुन्छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा रिचार्जरले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै रिचार्जर बिग सेल २०२० को तयारी अन्तिम चरणमा पुर्याएको छ ।

अहिले विदेशी प्रयोगकर्ताहरुले रिचार्जरबाट २४ सै घण्टा नाईट फुड सर्भिस अर्डर गर्न सक्छन् भने स्वदेशी बिदेशी पर्यटकलाई लक्षित गर्दै अफरहरु सार्वजनिक हुने क्रममा छन् । विश्भरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफर रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्ने छन् । स्वदेशी तथा पर्यटकहरुले रिचार्जरबाट २० हजारदेखि २ लाख रुपैंयासम्ममा आकर्षक भ्रमण प्याकेजहरु पाउने छन् ।

अहिले डाउनलोड गर्नुस्, समय र पैसाको बचत गर्नुस् भन्ने नारा सहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरु एकैस्थानमा उपलब्ध गराउँदै आएको छ । रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्यो त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।

सेवा र किनमेलका लागि उपयोगी रिचार्जरमा ७० प्रतिशतसम्मको छुटमा सामानहरु किन्न सकिन्छ । त्यसै गरी विभिन्न बैंकहरुसँगको सहकार्यमा शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा ग्याजेट, ईलोक्ट्रोनिक्स, टुर प्याकेज, फर्निचर लगायतका घरायसी उपयोगका सामानहरु पनि किन्न सकिन्छ ।

पुस ६ गते, २०७६ - १७:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईरानमा उप–स्वास्थ्यमन्त्री पछि उपराष्ट्रपतिमा देखियो कोरोनाको संक्रमण

काठमाडौं । ईरानका उपराष्ट्रपति मैसुओहेम इब्टेकर कोरोना भाइरसबाट संक्रमित भएका छन् । ईरान सरकारले...   
७० बर्ष नाघेका पर्यटकलाई चन्द्रागिरिमा केवलकार सेवा निशुल्क

७० बर्ष नाघेका पर्यटकलाई चन्द्रागिरिमा केवलकार सेवा निशुल्क

काठमाडौं । ज्येष्ठ नागरिकहरुको सम्मानका लागि चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि...   
प्रधानमन्त्रीलाई सुझाव पत्र लेख्दै कांग्रेस प्रवक्ताले भने, ‘बाँस्कोटाको प्रवक्ता बन्न छोड्ने कि ?’

प्रधानमन्त्रीलाई सुझाव पत्र लेख्दै कांग्रेस प्रवक्ताले भने, ‘बाँस्कोटाको प्रवक्ता बन्न छोड्ने कि ?’

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पूर्वमन्त्री...   
अर्थमन्त्री खतिवडालाई बाबुराम भट्टराईको कटाक्षपूर्णँ जवाफ : किताब भुँडी भर्ने वस्तु होइन !

अर्थमन्त्री खतिवडालाई बाबुराम भट्टराईको कटाक्षपूर्णँ जवाफ : किताब भुँडी भर्ने वस्तु होइन !

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादीका नेता डा. बाबुराम भट्टराईले पुस्तकमा लगाईएको...   
टेलिकमको टावर ढल्दा तीन घाइते

टेलिकमको टावर ढल्दा तीन घाइते

कैलाली । कैलालीको भजनीमा टेलिकमको टावर ढल्दा तीन जना घाइते भएका छन् । भजनी नगरपालिका–१ स्थित नेपाल...   

फ्रान्स पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ

काठमाडाैं । फ्रान्स पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले...   

अहिलेको विवादबाट तर्सिनुपर्ने अवस्था छैन्, हामी छिट्टै समाधान निकाल्छौं : प्रचण्ड

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र देखिएको विवादबाट तर्सिनुपर्ने...   
आन्तरिक बबण्डर मच्चिएको बेला नेकपाको राजनैतिक प्रशिक्षण कार्यक्रम, शीर्ष नेताहरु देखिए एकै मञ्चमा

आन्तरिक बबण्डर मच्चिएको बेला नेकपाको राजनैतिक प्रशिक्षण कार्यक्रम, शीर्ष नेताहरु देखिए एकै मञ्चमा

काठमाडौं । आन्तरिक बबण्डर मच्चिरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बागमती प्रदेश स्तरीय...   

इश्वर पोखरेललाई जनार्दनको प्रश्न –‘मन्त्री नै नभएको मैले कसरी निर्णय गरे ?

काठमाडौं । पूर्वगृहमन्त्री एंव नेकपाका सांसद जर्नादन शर्मा ‘प्रभाकर’ ले सरकारले जारी गरेको नेपाल...   

नागरिकता विधेयक छिटो पारित गर्न लालबाबुको आग्रह

काठमाडौं । सत्तारुढ नेकपाका सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले नागरिकता विधेयक छिटो पारित गर्न...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top