Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

इलाम–२ मा दलहरूका लागि आफ्नो वर्चस्व देखाउने प्रतिष्ठाको लडाइँ

पहिचानवादीका लागि अन्तिम परीक्षा

खबरडबली संवाददाता

काठमाडौं । आज इलाम–२ र बझाङ १ को ‘क’ मा उपनिर्वाचन हुँदैछ । बिहान ७ बजेबाट मतदान सुरु भएको छ । मतदान हुने क्षेत्रमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन् ।  राष्ट्रिय राजनीतिको ध्यान आकर्षित गरेको इलाममा सुवास नेम्वाङको अवसानपछि रिक्त हुन गएको स्थानमा हुन लागेको हो ।

सत्ता गठबन्धनका सत्ता साझेदारहरू फेरेर तेस्रोपटक विश्वासको मत लिएपछि हुन लागेको यो निर्वाचनले २०८४ को आम निर्वाचनका लागि आफ्नो भाष्य खडा गर्नका लागि प्रमुख तीन दलले आफ्नो वर्चस्व देखाउने प्रतिष्ठाको लडाइँ बनाएका छन् ।

यो उपनिर्वाचनले संसद्को सत्तागणितमा खास फरक नपरे पनि बाँकी तीन वर्षको लागि यो परिणामले दलको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिको भूमिकाबारे नयाँ मनोविज्ञानका लागि माहौल खडा गर्नेछ ।

यसमा पहिचानको राजनीतिले कोशी प्रदेशको नामकरणपछि नयाँ कोल्टे फेरेको पहिचान पक्षधरको पनि उत्साहजनक उपस्थितिले उपनिर्वाचनको सरगर्मी अझ रोचक बनेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउनका लागि तीन हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानसहित तीन हजार बढी प्रहरी परिचालन गरिएको हो ।

निर्वाचनको स्वच्छता र मर्यादामा प्रतिकूल असर पर्ने अवस्था देखिएमा अनुगमनमा खटिएका टोली र सम्बन्धित सुरक्षा निकायले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने छन् । सार्वजनिक सवारी समेत चलेका छन् ।

इलाममा नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू मूख्य प्रतिस्पर्धी मानिएका छन् ।

इलाम–२ र बझाङ–१ मा चुनाव भए पनि धेरैको ध्यान इलाममै केन्द्रित छ । किनभने इलाम पहिचानवादी र गैरपहिचानवादीसँगै नेपाली राजनीतिको समूल रूपान्तरको मुद्दासँग जोडिन पुगेको छ ।

पछिल्लो चरण आन्दोलनको केन्द्र बनेको पूर्वी नेपालको यो चुनावलाई कतिपयले पहिचानवादीका लागि अन्तिम परीक्षा भएकोसमेत बताएका छन् । एउटा सिटको हारजितले खासै अर्थ नराखे पनि पहिचानविरोधी र पहिचान पक्षधरका लागि जुँगाको लडाइँ बन्ने विश्लेषण गरीएकाे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशी मरिण डाइभर्सन सुरूङको ब्रेक थ्रू

काठमाडौं । सुनकोशी मरिण डाइभर्सन सुरूङको ब्रेक थ्रू भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्विच थिचेर बाँकी रहेको केही सेन्टिमिटर सुरूङको...

कम्युनिष्टहरूको अधिनायकवादका विरूद्ध लड्ने बेला आएको छः कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरूको अधिनायकवादका विरूद्ध लड्ने बेला आएको बताएका छन् । पार्टीका गण्डकी प्रदेश संसदीय ...

सुधार केन्द्रबाट भाग्ने क्रममा एक युवककाे मृत्यु

कैलाली  । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ भालुफाँटास्थित नयाँबाटो पुनर्स्थापना केन्द्रमा बस्दै आएका एक युवकको मृत्यु भएको छ । गयराती पुनर्स्था...

सुन मूल्य तोलाको एक लाख ३६ हजार

काठमाडौं । मंगलबार तोलामा ८ सय रूपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको छ। आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार चारसय रूपैयाँमा कारोबार भइरहेको छ...

पार्टी फुटाउने हल्ला सुनियोजित रुपमा चलाइयोः खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो नेतृत्वमा पार्टी फुटाउन लागिएको भनेर सुनियोजित प्रचारबाजी भएको भन्दै खण्डन गरेक...

२८ अर्बको बजेट ल्याउदै कोशी प्रदेश

काठमाडौं  । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को पूर्व–बजेट तयारी तीव्र पारेको छ । पूर्व बजेट तयारीका सम्बन्धमा प्रदेश सरकारका सचिवहरूसँग...

सांसद सुहाङले गरे सिंहदरबारमा शपथ ग्रहण

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्...

माओवादीले मन्त्रीको नाम दिन नसक्दा गण्डकीमा मन्त्रीपरिषद् विस्तार रोकियो

भागबण्डामा अझै रह्याे किचलो

राजनीतिक नेतृत्वले राज्यप्रति जनविश्वास बढ्ने काम गर्नुपर्छः सांसद दुर्गाकुमारी गुरुङ

काठमाडौं ।  मुलुकको वर्तमान संसदीय अभ्यासका सकारात्मक एवं नकारात्मक पक्ष छन् । नकारात्मक पक्षमा सुधारको ठूलो खाँचो छ । आगामी दिनमा सुधार्दै अघिबढ्नुपर...

सुहाङको प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौं । इलाम- २ को उपनिर्वाचनमा विजयी नेकपा एमालेका सुहाङ नेम्वाङको प्रतिनिधि सभा सदस्यको शपथ आज हुदै छ । नेम्वाङलाई सभामुख देवराज घिमिरेले आज ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies