Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

प्रचण्डलाई खुल्ला पत्र : जनपक्षीय गणतन्त्र र वास्तविक समाजवाद स्थापना गर्न तपाईंले आँट गर्नैैपर्छ !

प्रिय कमरेड,

लामो समयदेखि थाति रहेको नेपाली जनताको मुक्तिको चाहना सम्बोधनका लागि तपाईले नेपालको सन्दर्भमा निकै ठूलो आँट, साहस र दृढता देखाउनु भयो । कमरेड पुष्पलाललगायतका अग्रज संस्थापकहरुले रोपेको विरुवालाई हुर्काउँदै सहि उत्तराधिकारीका रुपमा आफूलाई स्थापित पनि गर्नुभयो ।

नेपाली जमिनमा नक्कली विरुवा हुर्कन दिनुु हुँदैन भनेर तपाईले नयाँ आँट गर्नुभयो । समाजको वर्गस्वरुप, राजनैतिक–सामाजिक संघर्ष तथा वर्गसंघर्षका प्रयास र अभ्यासको विशिष्ट शष्लेषण गर्दै दीर्घकालिन जनयुद्धको नेतृत्व गर्नुभयो । नेपाल मात्र होइन, संसारैलाई थर्काउने, हल्लाउने र देखाउने गरी राजनैतिक छलाङका दृश्य संप्रेषण गराउन सक्नु भयो । त्यतिमात्र होइन, तपाई आफैंले शान्ति प्रक्रियाको अर्को मोर्चा खोलेर दुनियालाई चक्मा पनि दिनु भयो ।

जिते संसार, हारे हत्कडी अर्थात् मृत्यु या मुक्तिको शपथ खाँदै र बलिदानीका अनेकौ किर्तीमानी कायम गर्दै रुदारुदै हाँस्ने र हाँस्दा हाँस्दै रुने प्रचण्डपथीय विशिष्टता संप्रेषण गरेर नेपालको वर्गसंघर्षलाई गणतन्त्रसम्म तपाईले नै ल्याएको हो । वर्तमान गणतन्त्र संवैधानिक गणतन्त्र मात्र हो वा सामान्तवादी गणतन्त्र हो वा पुँजीवादी गणतन्त्र हो वा दलाल गणतन्त्र हो वा प्रगतिशील गणतन्त्र हो भन्ने बारेमा हाम्रो समाजमा अहिले पनि मतभेद छन् । नेताहरुमा देखिएको कतिपय व्यक्तिवादीता तथा आचरण र व्यवहारले हामी कस्तो गणतन्त्रको अभ्यास गर्दैछौं भन्ने प्रश्नलै सबैलाइ छौएको कामरेडलाइ विदितै छ । व्यवहारमा आएका अस्वभाविक दृश्यहरुले द्धिविधा बढाइरहेका छन् । नाउँ गणतन्त्र तर व्यवहार सामान्तवाद अझै हावी छ ।

यसको निदान गरेर गणतन्त्रलाई व्यवहारमै जनपक्षिय बनाउन तपाईले गरेका प्रयास र अभ्यास जनस्तरसम्म पुर्याउन जरुरी छ । झण्डै ३८ वर्षदेखि एउटै राजनैतिक यात्रामा हिँडेको र सबै प्रकारका जोखिम भोगिसकेको एक सहयात्रीका हिसावले तपाईको यो जन्मदिनका अवसरमा केही कुरा राख्न चाहेको मात्र हो ।

कमरेड प्रचण्ड देवता होइन । तपाईलाई देवता बनाउनेहरुले नै राक्षस पनि भने । कम्युनिष्टहरु देवता र राक्षसका दुवै अतिवाद मान्दैनन् भन्ने भौतिकवाद तपाइले नै सिकाएकोले मैले तपाईलाई देवता कहिल्यै पनि मानिन र पशुपतिनाथसम्मलाई पनि मानेको छैन । मैले कसैलाई देवता मान्दिनभन्दा खप्कि पनि कैयौंपटक खानु पर्यो होला तर २ वर्ष अगाडि देवता ठान्नेहरुले अर्को दुईवर्षमै राक्षस भनेको सुन्दा तपाई पनि पक्का हाँस्नु भयो नै होला । यस्ता यावत विज्ञान विरोधि चिन्तन र संस्कृृतिहरु हाम्रो आन्दोलनमा अहिले पनि उत्तिकै जव्बर छन् । नेतृत्व भनेको वास्तवमा आफ्नो वर्ग, जनता, राष्ट्र, क्रान्तिको बाँकी कामको मुटु र त्यसको योजना दिने मस्तिष्क हो । यहि भावनाका साथ कमरेडलाई मनका गुच्छा अर्पेको मात्र हो । तपाईको यो जन्मदिनको पावन अवसरमा हाम्रो आन्दोलन समाज र राष्ट्रमा थाँतीरहेका बाँकी कार्यभार छिचोल्न अझै बढि उत्प्रेरणा थपियोस् भन्ने मात्र हो ।

– हजारौको बलिदानी एवं लाखौको त्याग र सक्रियताबाट, तपाईको नेतृत्वमा प्राप्त गणतन्त्रलाई जनपक्षिय बनाउन मुख्यत: नेतृत्वको टिमबाटै रुपान्तरण देखाउने उर्जा अझ थपिने विश्वास गरेको छु ।

– पार्टीभित्र नीति, विधि र पद्धतिभन्दा माथि कोही नहुने कुरालाई स्थापित गर्न तपाईको रुची र क्रियाशीलता अझै बढ्ने तथा ‘कसैलाई कामै काम, कसैलाई ठण्डाराम’ बनाइदिने पुरानो प्रणाली भत्काएर एक व्यक्ति एक कार्यकारी जिम्मेवारीको अनुभुति सेलसम्म संप्रेषण गराउने तपाईको मिहिनेत अब छिटै परिणाममा पाइने विश्वास गरेको छु ।

– आन्दोलनको कुल योग जनहित भएको र समृद्धिबाटै मात्रै सुखी अनुभुती हुने भएकाले राष्ट्रको समृद्धि र जनताको सुखलाई प्रमुख कार्यभार ठान्नु भएका तपाईले बैज्ञानिक समाजवादको मार्ग स्पष्ट पार्दै माटोलाई माया गर्ने संस्कृतिको विकास, उत्पादनमैत्री वातावरणको निर्माण, उत्पादन, आत्मनिर्भरता, स्वाधीन पुँजीको निर्माण र समाजवादी राज्य प्रणाली निर्माणको विषयमा प्रष्ट मार्गचित्र संप्रेषण गर्ने जाँगर तपाईमा अझै बढ्ने विस्वास गरेको छु ।

– ‘नीजि पुँजी र निजी परिवार’ का विषयले हाम्रो आन्दोलनमा परेको नैतिक धब्बाका बारेमा नेतृत्व पंक्तिको तहगत रुपान्तरणको सिलसिला हुँदै आम मानव समुदायसम्मको संप्रेषण गर्ने नयाँ कोर्ष बनाउन तपाईमा थप उर्जा बढ्ने विस्वास गरेको छु ।

– वर्तमान निर्वाचन प्रणाली समाजवाद भन्दा उल्टो (धनी र पैसावाल मात्रै चुनाव लड्न सक्ने) रुपमा विकसित हुँदै गएकाले समाजबाद मैत्री निर्वाचन प्रणाली बनाउन र त्यसका लागि नयाँ तरंग फैलाउन उत्साहित गराउने विस्वास गरेको छु ।

– समाज, आन्दोलन र पार्टी जीवनमा देखिएको अपारदर्शि जीवन प्रणाली हाम्रो यात्राको आशंका भएकाले काम गरेर खाने संस्कार बनाउन तथा भेदभाव, अन्त्य र शोषण (भित्र तथा बाहिर) रोक्न तपाईको रुची र क्रियाशीलता अझै बढ्ने विश्वास गरेको छु ।

– अहिले देशमा जे जस्ता सकारात्मक सूचांकहरु देखा परेका छन् । त्यसमा मूलत तपाईको योगदान र सक्रियता छन् नै तर विचार र आचारका विचमा, संगठन र संघर्षको विचमा, राजनीति र संस्कृतिका विचमा तथा शब्द र कर्मको विचको अन्तर हटाएर सबै नेपालीको आत्मविस्वास बढाउन तपाईको भूमिका अझै बढ्ने विस्वास मैले गरेको छु ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies