Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

लाज पचाएर अपमान डकार्ने सल्लाहकार !

काठमाडाैं । मंगलवार साँझ तेह्रौं दक्षिण एसियाली खेलकूद (साग)को समापन समारोहमा भिडियोमार्फत सन्देश दिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यसलगत्तै नियमित डायलासिसका लागि महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर लगियो ।

तर केही नाम चलेका सञ्चारमाध्यमहरूले ग्राण्डी अस्पताल लगेको भन्दै समाचार सम्प्रेषण गरे । जनतालाई सही सूचना दिन दिनरात मेहेनेत गरिरहेका सञ्चारमाध्यमहरूले प्रधानमन्त्रीलाई डायलासिस गर्न लगेको अस्पतालको नाम नै किन फरक पारेर समाचार लेखे त ?

यसमा सञ्चारमाध्यमहरूको दोष थिएन । भर्खरै नियुक्त प्रधानमन्त्रीका प्रेस सल्लाहकारले नै गलत सूचना दिएका थिए मिडियालाई । नयाँ सल्लाहकार अर्थात् सूर्य थापा । धेरै सञ्चारमाध्यमले उनलाई कोट गरेर प्रधानमन्त्री डायलासिसका लागि ग्राण्डी गएको समाचार लेखे ।

समाचार आएपछि उनै थापाले आफ्नो फेसबुक र ट्वीटर एकाउन्टमा प्रधानमन्त्री मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर लगिएको भन्दै लेख्न भ्याए । अनि पत्रकारहरूले पुनः फोन गरे, उनले आफूले फेसबुक र ट्वीटरमा सूचना दिइसकेको भन्दै झुट बोलेको मान्न तयार भएनन् ।

थापाले मिडियामा गलत सूचना दिएनन् मात्र, मंगलवारै बिहान फेसबुकमा स्ट्याटस लेख्दै आफ्ना आलोचकहरूलाई ‘ढेडु’को संज्ञा दिएका थिए । \'मेरो स्टाटस हो कि, अरूको लेख सेयर गरेको भनेर छुट्याउन समेत नसक्ने मनुवा हुन् कि ढेंडु ? कति असभ्य र घृणित रहेछन् एउटा लेखसम्म पढ्न औकात र हैसियत नराख्ने स्यालहरू ? छि: छि: ! मान्छे बन्न कति गाह्रो परेको तिनलाई ?’

सोमवार कान्तिपुरका लागि गङ्गा बीसीले लेखेको ‘ओली दाहाल एकत्व’ शीर्षकको लेखमा रहेको केही अंश तानेर फेसबुकमा सेयर गरेका थिए थापाले । उनले तानेको अंशमा पार्टी एकता नभएको भए नेकपाका अध्यक्ष प्रचण्ड सानो झुण्डको नेता बनेर बस्ने आशय थियो । त्यसपछि उनले सामाजिक सञ्जालमा आलोचनाको वर्षा खेप्नु परेको थियो ।

आलोचना सहन नसक्ने असहिष्णु व्यक्तित्वको परिचय बनाएका सूर्य थापालाई रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेलका असाध्यैनिकट मानिन्थ्यो । परिस्थितिवश उनी प्रधानमन्त्री ओलीको सल्लाहकार हुन आएका छन् । थापा नेकपाको प्रचार विभागको उपप्रमुख पनि हुन् ।

पूर्वमाओवादी पक्षको अस्तित्व स्वीकार्न नसक्ने थापा प्रचार विभागको उपप्रमुख सँगसँगै प्रधानमन्त्रीको सल्लाहकार रहनु कुनै पनि हालतमा उपयुक्त नरहेको नेकपाकै नेताहरू स्वीकार्ने गर्छन् । स्कूल विभागलाई लिएर पार्टी एकताप्रक्रियामा अवरोध आइरहेका बेला थापाले पोखरेलको पक्ष लिए बापत पुरस्कारका रूपमा प्रचार विभागको उपप्रमुख बनाइएको टिप्पणी पनि नेकपा वृत्तमा हुनेगर्छ ।

केही महिनाअघि प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले पार्टीकै नेता कार्यकर्ताहरूलाई ‘छौंडा’ शब्द प्रयोग गरेका थिए । पाँच महिनाअघि रिमालले ट्वीट गर्दै कवितात्मक शैलीलाई लेखेका थिए, ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन्, कसैले छोड्छन्, दु:ख दिन्छन् ! यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका ?\'

सल्लाहकारको यस्तो भाषाको चौतर्फी आलोचना भयो । तर गलत शब्द प्रयोग गरेकोमा उनले सार्वजनिक रूपमा कमजोरी स्वीकार्न सकेनन् ।

केही महिनाअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले जनयुद्धको नेतृत्व गरेको भएपनि शान्ति मन पराउने नेता रहेको र आजसम्म कसैलाई एक झापड पनि नहानेको अभिव्यक्ति दिए । प्रचण्डको यो अभिव्यक्तिको सन्दर्भ तोडमरोड गर्दै थापाले फेसबुकमा आफ्नै अध्यक्ष प्रचण्डमाथि अभद्र शब्द प्रयोग गर्दै अपमान गरे ।

त्यसपछि हाल राष्ट्रिय युवासंघका अध्यक्ष रहेका रामप्रसाद सापकोटा ‘दीपशिखा’ले थापालाई कुण्ठा बोकेको आरोप लगाउँदै पद त्याग गर्न चेतावनी दिएका थिए । दीपशिखाको टिप्पणीमाथि थापाले प्रतिटिप्पणी गर्दै थप अपमानजनक शब्दहरू प्रयोग गरे ।

थापा पूर्वमाओवादीमाथि किन तुष पोख्छन् ?

२०७५ सालको जेठमा नेपालकै इतिहासमा पहिलोपटक दुई ठूला कम्युनिस्ट पार्टीको एकता भयो । तत्कालीन माओवादी र तत्कालीन एमालेको एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । एकीकरणका लागि वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले भरपूर मेहेनेत गरेका थिए ।

केही नेताहरूको मेहेनेत र दुवै पार्टीका तत्कालीन अध्यक्षद्वय ओली र प्रचण्डको अठोटले दुई पार्टी एकीकरण हुन सम्भव भएको थियो । जेठ २ गते दुई अध्यक्षबीच केही महत्त्वपूर्ण विषयहरूमा सहमति भयो । सरकारको नेतृत्व आलोपालो गर्ने (जुन मङ्सिर ४ गते बसेको सचिवालय बैठकको नयाँ निर्णयले खारेज गरिसकेको छ)लगायत पार्टीमा दुई अध्यक्ष र एक महासचिव हुने सन्दर्भमा महत्त्वपूर्ण निर्णयहरू भए ।

त्यतिबेला रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेल तत्कालीन एमालेका महासचिव थिए । उनी ‘उरन्ठे’ पाराका भएकाले ओलीले पनि खासै विश्वास गर्दैनथे । त्यतिबेला एकताप्रक्रिया भाँड्ने तत्वको नेतृत्व पोखरेलले नै गरिरहेका थिए । अन्तिम समयमा आएर उनको महासचिव पद खोसियो ।

जेठ ३ गते बालुवाटारमा भएको दुई ठूला पार्टीहरूको एकता हुने अन्तिम समयसम्म पनि पोखरेललाई आफ्नो महासचिव पद खुस्किएको छ भन्ने जानकारी भएन । उनलाई हटाएर तत्कालीन एमालेका सचिव रहेका विष्णु पौडेललाई महासचिव बनाइयो ।

पोखरेलको बुझाइमा प्रचण्डका कारण उनको महासचिव पद खुस्किएको थियो । त्यसयता पोखरेल र थापा दुई दाजुभाई मिलेर प्रचण्डलाई खुइल्याउने अभियान शुरू गर्न थाले । यथार्थमा पोखरेलले ओलीको विश्वाससमेत जित्न सकेका थिएनन । उनलाई हटाएर पौडेललाई ल्याउने गुरूयोजना ओलीकै थियो ।

त्यही घटनाक्रमपछि थापा पूर्व माओवादी पक्षप्रति सामाजिक सञ्जालमा असहिष्णु बन्ने गरेका छन् । यद्यपि थापा अहिले प्रधानमन्त्रीका प्रेस सल्लाहकार बनेका छन् भने पोखरेल प्रचण्डनिकट बन्न पुगेका छन् । स्कूल विभागको जिम्मेवारी पोखरेलले पाएपछि दुवै दाजुभाई चुप लागेका थिए । पछिल्ले समय पोखरेल अध्यक्ष प्रचण्डलाई भेट्न प्रचण्डनिवास खुमलटार पुग्ने गरेका छन् ।

पूजारी बनेर भेटी लुट्ने सल्लाहकारहरू !

प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा बाहिर गलत सूचना फैल्याएको आरोपमा सचिवालय टीम पनि हेरफेर गरिएको थियो । तर अहिले झन् बढी गैर-जिम्मेवार र असहिष्णु बनेर थापा सल्लाहकारका रूपमा बालुवाटार छिरेका छन् ।

सल्लाहकारहरूलाई प्रधानमन्त्रीको स्वास्थ्यस्थितिको गलत फाइदा उठाएको आरोप बेलाबेलामा लाग्ने गर्छ । प्रधानमन्त्रीलाई मृगौला रोगले मात्र नभएर निमोनिया, मेनेन्जाइटिस र एपेन्डिक्सले पालैपालो आक्रमण गरेका छन् । यसैलाई प्रमुख कारण बताउँदै प्रधानमन्त्रीका सल्लाहकारहरूले मन्त्रीहरूलाई समेत बालुवाटार छिर्न दिएका छैनन् ।

प्रधानमन्त्रीको प्रतिकूल स्वास्थ्यस्थितिको फाइदा उठाउँदै सल्लाहकारहरूले आफूलाई बालुवाटारको ‘सर्वेसर्वा’ सम्झेर बसिरहेका जस्ता देखिन्छन् । आवश्यक सूचना प्रधानमन्त्रीसम्म पुग्न नदिने, प्रधानमन्त्रीको निर्णय गर्ने क्षमतालाई म्यानुपुलेट गर्ने, भेट्न गएका मन्त्री र पार्टीका नेताहरूलाई गेटमै कुराउने, गलतै भएपनि आफू अनुकूलका सूचनाहरू बाहिर चुहाउने र प्रधानमन्त्रीलाई ‘भगवान’को दर्जामा राखेर आफूलाई पूजारी बताउँदै ‘भेटी लुट्ने’ काममा सक्रिय रहेको आरोप नेकपाकै कतिपय नेताहरूले लगाउँदै आइरहेका छन् ।

जनताले दुईतिहाइ मत दिएर प्रधानमन्त्रीलाई देशको कार्यकारी बनाएर पठाए । जनताका अपेक्षाहरू अनन्त: भएपनि प्रधानमन्त्रीले त्यसलाई बिस्तारै सम्बोधन गर्दै गइरहेका छन् । पछिल्लो समयमा ‘नयाँ ढंग’ले अघि बढ्ने प्रतिबद्धता प्रधानमन्त्रीबाट आएको छ जुन सह्रानीय छ । जनताले चुनेका प्रधानमन्त्री जनताप्रति जिम्मेवार बन्दै जानुपर्छ र ओलीले केही हदसम्म त्यो कार्यशैली देखाउन खोजेका छन् ।

तर जनताले भोट हाल्दै नहालेका, चाकडीका भरमा माथि पुगेकाहरूबाट जनता कहिलेसम्म अपमानित भएर बस्ने ?

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies