Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

हुम्लाको खार्पुनाथमा उपनिर्वाचनको रौनक, दलहरु घरदैलोमा चुनावी प्रचारमा

हुम्ला । उपनिर्वाचनको मिति नजिकिँदै गएपछि नेताहरु चुनावी प्रचार प्रसारमा सहभागि भएका छन् । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल र कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जीबनबहादुर शाही चुनावी प्रचारमा जुटेका छन् ।

कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दल नेता जीबनबहादुर शाही गत कार्तिक २७ उम्मेद्धारको मनोनयन दर्ता गरेसँग खार्पुनाथमा गाउँपालिकामा आयोजित चुनावी प्रसारमा सहभागि छन् ।
भने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल आज आइतबारबाट खार्पुनाथ गाउँपालिकामा चुनावी अभियानमा सहभागि रहेका छन् ।

कांग्रेसले आफनो बलियो ठानेको खार्पुनाथ गाउँपालिकामा जीबनबहादुर शाही सांसद रंगमती शाहीसहित उम्मेद्धार ताराकुमारी शाहीलाई विजय गराउन जुटेको छ । प्रमुख प्रतिक्ष दलका शाहीको तस्बिर र उम्मेद्धार तारा शाहीको तस्बिर सँगै राखेर प्रचार जुटेको छ । यता नेकपा जिल्ला इन्चार्ज बिजय भण्डारी जिल्ला अध्यक्ष लालकेश जैसी प्रचार जुटेपनि आइतबारबाट मन्त्री रावल यो अभियानमा सदरमुकाम सिमकोटबाट हिडेका छन् ।

कांग्रेस साख जोगाउने कसरतमा

अघिल्लो चुनावमा गाउँपालिका एक वडा अध्यक्ष बाहेक सबै कब्जा गर्न सफल नेपाली कांग्रेसलाई अहिले साख जोगाउने कसरतमा जुटेको छ । खार्पुनाथ गाउँपालिकाको नम्बर १ को वडाध्यक्ष बाहेक सबै सिट जितेका काँग्रेसलाई अहिले साख जोगाउन कसरतमा छ ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र कांग्रेसबिच ठुलो प्रतिस्पर्धा हुने देखिएको छ । पुर्व एमाले पुर्व माओवादी केन्द्र मिलेर नेकपा बनेको ठुलो दलको प्रभावले मजबुत बनेकाले नेपाली काँग्रेसको जित विगतको जस्तो सहज छैन् । काँग्रेसको वर्चस्व रहेको खार्पुनाथ गाउँपालिकामा नेकपाले पकड जमाउदै गएका छन् ।

अघिल्लो चुनावमा कब्जा गरेको खार्पुनाथमा यस पटक नेकपा आफनो हातमा ल्याउन लागि परेको छ । अघिल्लो चुनावमा खार्पुनाथ गाउँपालिकाबाट झिनो मतले पराजित भएकी रुपा शाही नेकपाको तर्फबाट उम्मेदार छन् । भने नेपाली काँग्रेसको तर्फबाट उम्मेदार ताराकुमारी शाही छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको तर्फबाट दीपबिक्रम शाहीलाई उम्मेदार दिएको छ ।

दल घरदैलोमा चुनावी प्रचारमा

अघिल्लो चुनाव जस्तो सहज किसिमले हेरेका छैनन् । आगामी मसिर १४ गते हुने उपनिर्वाचनमा आफनो पोल्टोमा पार्न दाउमा नेकपा र कांग्रेस जनताका घरदैलोमा चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

आफना नारा लिएर खार्पुनाथ गाउँपालिका ५ वटै वडाहरुमा नेकपा र कांग्रेस प्रचारमा जुटेका छन् । भोट तान्न गत २७ गतेदेखि खार्पुनाथ गाउँपालिका गाउँ गाउँमा जुटेका हुन् ।

कांग्रेस केन्द्रिय सदस्य एवम पूर्व मन्त्री जीबनबहादुरको नेतृत्वमा उम्मेदार ताराकुमारी शाहीसहित चुनावी प्रचारमा छ । भने नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रिय सदस्य एवम नेकपा जिल्ला इन्र्चाज बिजय भणडारीको नेतृत्वमा प्रचारमा छ । नेपाली कांग्रेसले खार्पुनाथमा आफनो बलियो उम्मेदार भएको बताएको छ भने नेकपाले आफनो उम्मेदार बलियो भएको दाबी छ ।

कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा सम्वृद्धि अभियान नारा बोकेर गाउँ गाउँ चुनावी प्रचारमा जुटेको छ । भने नेपाल कम्युनिष्ट पार्टी नेकपाले निरन्तरता,जुझारुपन र योग्यताको सम्मान, समृद्धि र सुशासनको लागि सुर्यमा मतदान भन्ने मुल नारा बोकेर प्रचारप्रसारमा जुटेको छन् ।

गत जेठ ३ गते सिमकोटबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र जाने क्रममा बोलेरो जिप दुर्घटना भई कर्णाली नदीमा खसेर ज्यान गएकी सोही गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीको निधन भएर उपाध्यक्ष पद रिक्त रहेको थियो ।

संघीय समाजवादीले समर्थक पाएन

उम्मेदवारी दिन आवश्यक प्रस्तावक र समर्थक नपाएपछि संघीय समाजवादी पार्टीले हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा मनोनयन दर्ता गर्न पाएको छैन । एक साताअघि नै जिल्ला पार्टीबाट सर्वसम्मत टिकट पाएका लिला जेठाराले मनोनयन दर्ता गर्ने प्रस्तावक र सर्मथक नपाएपछि मनानयन गर्न नपाएका हुन ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies