Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन्ः सञ्चारमन्त्री शर्मा

खबरडबली संवाददाता

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन नसक्ने बताएको छिन् । 

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको १४औँ अधिवेशन तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले प्रेस स्वतन्त्रता राजनीतिक स्वतन्त्रतासँग जोडिएको उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन भनिन् । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा समावेशीताका आधारमा सबैको भावनालाई आत्मसात् गर्दै जानुपर्छ । यसका लागि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण छ”, उनले भनिन् । 

मन्त्री शर्माले प्रविधिमा आएको परिवर्तनलाई स्वीकार गर्दै निष्पक्ष पत्रकारिताको अभ्यासलाई स्थापित गर्न सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । प्रविधिसँगै आएको परिवर्तनलाई आत्मसात् गर्दै पुराना कानुनलाई परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले प्रक्रियागत ढिलाइका बाबजुद पनि मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयक संसद्मा पेस गर्ने तयारी भइरहेको बताइन् । 

नेपालको विज्ञापन बजारमा भएको अनियमितता, साइबर सुरक्षा र सामाजिक सञ्जालसम्बन्धी कानुन संसद्मा लैजाने तयारी भइरहेको मन्त्री शर्माले बताइन्। नीतिगत विषय समाधान गरेपछि समस्याको दिगो समाधान हुने उहाँले विश्वास व्यक्त गरिन्। मन्त्री शर्माले संविधानमा भएको त्रुटिलाई सच्याएर व्यवस्था परिवर्तनबाट अवस्था परिवर्तन गराउनमा मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै संविधानको व्यवहारिक कार्यान्वयन गर्दै कानुनी कुरा स्थापित गर्न मिडियाको व्यापक अभियान आवश्यक रहेको बताइन् । 

“संवैधानिक रुपमा वंशको अधिकार छोरीलाई भनिए पनि व्यवहारमा लागू हुन सकेको छैन । अझै पनि जिल्ला प्रशासन कार्यालयबाट आमाको नामबाट नागरिकता लिन कठिनाइ भइरहेकाले यसका लागि मिडियाले कमजोरी उजागर गर्दै सहज बनाउन सहयोग गर्नुपर्छ”, मन्त्री शर्माले भनिन्।

अहिलेको व्यवस्था र आन्दोलनप्रतिको नकारात्मक धारणाको विकास भइरहेको उल्लेख गर्दै मन्त्री शर्माले सकारात्मक धारणाको विकास गर्दै प्रशासनिक सुधारमा कलम चलाउन सञ्चारकर्मीहरुलाई आग्रह गरिन्। “व्यवस्थामा सञ्चालकले गरेको गल्तीलाई व्यवस्था कै गल्तीकै रुपमा लिन हुँदैन । गल्ती गर्ने ढिलोचाँडो कानुनी दायरमा आउँछ । व्यवस्थालाई उपयोग गरेर भएको व्यक्तिको बदमासीको उजागर गरौँ । तर व्यवस्थालाई भारी बोकाएर खराब बनाउने काम नगरौँ”, मन्त्री शर्माले भनिन् ।

लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडीले पत्रकार महासङ्घको सदस्यता शुद्धीकरणमा क्रियाशील पत्रकारको सदस्यता छुट्नु, विधान बमोजिम सदस्यको नामावली आएको ६ महिनापछि मात्रै अधिवेशन हुने व्यवस्था महासङ्घले लागू गर्न नसकेको आरोप लगाइन्। 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झा, ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेलगायतले पत्रकारितालाई व्यवस्थित गराउनु आवश्यक रहेको धारणा राख्नुभएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending