काठमाडौँ । बागमती प्रदेशले यही बैशाख २४ गते बागमती प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरिएको छ । प्रदेश सरकारले विहिबार बसेको बैठकको निर्णय अनुसार प्रदेश सरकारले कामकाजी भाषा ऐन २०८० कार्यान्वयन यही बैशाख २४ गते सोमबारदेखि गर्ने भएकोले सो दिन विदा दिने निर्णय गरेको हो ।
यसै गरी उक्त निर्णयको कार्यान्वय गर्ने दिन बागमती प्रदेशले दिवसको रुपमा मनाउने निर्णय सँगै यस खुसीयालीमा बसन्तपुरमा “बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा समारोह” को आयोजना गर्ने तयारी रहेको छ ।
बागमती प्रदेश संस्कृती पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यको संयोजकत्वमा “बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा मुल समारोह समिती” गठन गरी बसन्तपुर डबलीमा उक्त घोषणा समारोह कार्यक्रम सम्पन्न गर्न लागेको छ भनी नेवाः देय् दवुका केन्द्रिय अध्यक्ष पवित्र बज्राचार्यले बताए ।
यसै गरी उक्त कार्यक्रमको लागि मुल आयोजक समारोह समिती, सचिवालय लगायत विभिन्न समिति, उपसमिती गठन गरेर कार्यसम्पादन गर्ने तयारी गरी रहेकोले सोही अनुसार अघि बढी रहेको समेत अध्यक्ष बज्राचार्यले बताए ।
यसबारेमा नेवाः देय् दवुका स्वनिगः विशेष प्रदेशका उपाध्यक्ष उमेश स्थापितले कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न नेवाः देय् दवु र नेपाल तामाङ घेदुङसंघका केन्द्रिय सदस्यहरु, बिभिन्न खलपुचः जातीपुचः र संघ–संस्थाको प्रतिनिधीहरुबाट मुल आयोजक समारोह समिती बनाउने र उक्त समिती भित्रबाट सचिवालय बनाउने यसपछी सचिवालयका सदस्यहरुको संयोजकत्वमा विभिन्न समिती उपसमितीहरु गठन गर्ने तयारी रहेको समेत उनले बताए ।
यसरी बैशाख २४ गते सोमबार विहान ७ बजेबाट र्याली शुरु हुने हुँदा सम्पूर्ण नेवाः देय् दवुसँग र तामाङ घेदुङ संघसँग आवद्ध संघ–संस्था र प्रतिनिधी एवं शुभचिन्तक नेपाली दाजुभाई दिदीबहीनीहरुलाई र्यालीमा सहभागी हुनको लागि विहानको ६स् ३० बजे आ–आफ्नो जातिय स्थानिय बाजागाजा र भेषभूषामा उपस्थिती हुनु पर्ने समेत उपाध्यक्ष स्थापितले बताए । यसबारेमा विस्तृत विवरण मुल आयोजक समारोह समितीको औपचारीक बैठक पश्चात कार्यक्रम सार्वजनिक गर्ने समेत उनले बताए ।
यसरी हुन गईरहेको ऐतिहासिक “बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा कार्यक्रम” को महत्व विशेष हुने भएकोले सम्वन्धीत सम्पूर्ण महानुभाव, संघ–संस्था प्रतिनिधीहरुले आ–आफ्नो ठाउँबाट व्यापक प्रचार प्रसार सहभागी हुन पनी उपाध्यक्ष स्थापितले आग्रह सहित अनुरोध गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १८:०५
काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...
आषाढ़ २३ गते, २०८३ - १७:२०
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...
आषाढ़ २३ गते, २०८३ - १७:०४
काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...
आषाढ़ २३ गते, २०८३ - १६:५६
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...
आषाढ़ २३ गते, २०८३ - १६:३६
काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...
आषाढ़ २३ गते, २०८३ - १६:२१
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...
आषाढ़ २३ गते, २०८३ - १६:०७
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ । ...
आषाढ़ २३ गते, २०८३ - १५:४६
समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ
आषाढ़ २३ गते, २०८३ - १५:२८
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...
आषाढ़ २३ गते, २०८३ - १५:२०
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...



प्रतिकृया लेख्नुहोस्: