Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

प्रधानमन्त्री ओलीको सल्लाहमा नक्सा फेरिएको भनेपछि देउवा विवादमा, सामाजिक सञ्जालमा चर्को आलोचना

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति सामाजिक सञ्जालमा निकै विरोध भएको छ । नक्सा परिवर्तनमा प्रधानमन्त्री केपि शर्मा ओलीले भूमिका खेलेको भन्दै गम्भिर आरोप लगाएपछि सभापति देउवाको निकै विरोध भएको हो ।

पोखरामा शनिबार भएको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले नक्सा परिवर्तन गर्न ओलीले भित्रि रुपमा भूमिका खेलेको भन्ने आरोप लगाएका थिए । उनले ओलीसँग भित्री रुपमा सल्लाह गरेरै भारतले नक्सा छापेको बताएका थिए । उनले भनेका छन्, “ओलीसँग भित्रीरुपमा सल्लाह गरेरै भारतले नक्सा छापेको हो, यो त्यस्सै छाप्छ ? ओलीको सहमतिबिना छाप्नै सक्दैन् भारतले ।”

देउवाले चुनाव जित्न प्रयोग भएको राष्ट्रवादी नारा कालापानीमा पुगेर घुँडा टेकेको पनि बताएका थिए । उनले भनेका छन्, “अघिल्लोपल्ट राष्ट्रवादी नारा लाएर जितेको होइन ? कहाँ छ त्यो राष्ट्रवाद ? ओलीको राष्ट्रवाद आज कालापानी पुगेर घुँडा टेकेको छ । ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको छ । यसकारण ओली राष्ट्रवादी नै होइन ।”

देउवाको बोली अत्यन्त घातक र अक्षम छ : नेकपा प्रवक्ता

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपि शर्मा ओलीप्रति देउवाले गम्भिर आरोप लगाएपछि नेकपाका नेताहरुले आपत्ति जनाएका छन् । नेकपाका प्रवक्ता समेत रहेका नेता नारायणकाजी श्रेष्ठले देउवाको भनाई अति तुच्छ र भत्र्सना योग्य भएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत देउवाको भनाईको भनाईप्रति टिप्पणी गर्दै लेखेका छन्, “पूर्वप्रम देउवाले पोखरामा बोलेको कुराको जति निन्दा र भत्र्सना गरेपनि कम हुन्छ । तात्कालिक तुच्छ स्वार्थ (चुनाव)का राष्ट्रियता जस्तो संवेदनशील विषयमा यसरी बोल्नु घातक र अक्षम्य छ ।” श्रेष्ठले देउवाले पछिल्लो अवस्थासम्म आउँदा पनि नचेतेको आरोप लगाएका छन् ।

\"\"

देउवासँग राज्य सञ्चालनका न्युनतम सीप पनि छैन् : साझा प्रवक्ता

ओलीप्रति देउवाको टिप्पणी अति कमजोर राजनीतिक क्षमताको प्रतिबिम्ब भएको साझा पार्टीका प्रवत्ता डा. सुर्यराज आयार्चले टिप्पणी गरेका छन् । उनले देउवामा राज्य सञ्चालनका न्युनतम मुल्य, मान्यता, मर्यादा र सीप नभएको बताएका छन् ।

आचार्यले सामाजिक सञ्जालमार्फत भनेका छन्, “राजनीतिको शिर्ष तहमा रहेका पुराना दलका नेताका व्यवहार र अभिव्यक्तिमा राज्य सञ्चालनका न्युनतम मुल्य, मान्यता, मर्यादा र सीप प्रतिबिम्बित नभएको यथार्थ हो। नेकां सभापतिको भारतीय गलत नक्सा बारेको पछिल्लो अभिव्यक्ति त्यसैको निरन्तरता मात्र हो।”

देउवाको भनाई कसरी आयो अच्चमित छु : डा. शेखर कोइराला

सभापति शेरबहादुर देउवाले गरेको टिप्पणी प्रति आफुँ अच्चमित परेको नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले बताएका छन् । एक राष्ट्रिय दैनिक पत्रिका नयाँ पत्रिकासँग कुराकानी गर्दै कोइरालाले देउवाको अभिव्यक्ति कुटनीतिक शैली भन्दा बाहिरको भनि टिप्पणी गरेका छन् । उनले देउवा जस्तो व्यक्ति अत्यन्त संवेदनशील कुरामा यसरी बोल्नु राम्रो नभएको बताएका छन् ।

उनले भनेका छन्, “प्रधानमन्त्रीजीले नै पूर्वप्रधानमन्त्रीहरू, परराष्ट्रमन्त्रीहरू र परराष्ट्र मामलाका जानकारहरू राखेर सर्वदलीय बैठक गरी कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे सहमति बनाउनुभएको हो । तर, कांग्रेस सभापतिको भनाइ कसरी र किन आयो म अचम्मित छु । म यति भन्न सक्छु– कुनै पनि विषय केन्द्रीय समितिमा छलफल भएर पारित भएपछि मात्रै पार्टीको आधिकारिक र संस्थागत धारणा हुन्छ ।”

देउवालाई सरकार प्रवक्ताको जवाफ : नाकाबन्दीमा म्याउँ गर्न नसक्न अहिले ढाडे ?

देउवाको अभिव्यक्ति चुनावी तुच्छ मसला मात्रै भएको सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले टिप्पणी गरेका छन् ।

आईतबार नेपाल पत्रकार महासंघ कास्की शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने, “आरोप लगाउँदा त्यति मात्र लगाउनुपर्छ, जुन सत्यमा आधारित हुन्छ । यहाँहरु सबैलाई थाहा छ, भारतले अहिले जारी गरेको राजनीतिक नक्साप्रति इतिहासमै पहिलोपटक नेपालको बहालबाला प्रधानमन्त्रीले म यो मान्दिनँ, नेपालका लागि यो स्वीकार्य छैन भनेर बोल्यो । तर शेरबहादुर देउवाले देशमा संविधान जारी भएपछि भ्रमणमा जाँदा भारतीय नेतृत्वसित बसेर, सार्वजनिक समारोहमा ‘बाबा म त्यो संविधान पनि तिमीले भनेबमोजिम नै गर्छु’ भनेर बक्बकाएर आएको त अहिले पनि देखिन्छ । त्यो ओपन कुरा हो, मैले लगाएको आरोप होइन ।”

उनले नेकपा सरकार सीमा विवादमा पूर्वप्रम देउवा जस्तो अलमलमा नपर्ने पनि बताए । बास्कोटाले चुनावमा देउवाको शैली ढाडे बिरालो मात्रै भएको टिप्पणी गरे । उनले भने, “हाम्रो भाषा लर्बरिँदैन देशभक्तिको प्रश्नमा । नाकाबन्दीमा एक शब्द बोल्न नसक्ने, म्याउँ गर्न नसक्ने अहिले चाहिँ चुनाव आयो भनेर ढाडे बनेर कुर्लिएर हुन्छ रु चुनाव हार वा जितसँग यस्ता विषय ल्याएर जोड्नु हुँदैन ।”

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies