Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

लालबाबुको दुःखेसो : निधाईरहेको बेला पदमुक्त भएछु, जानकारी पनि भएन

काठमाडौं । पदमुक्त भएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफुँलाई थाहै नदिई बर्खास्ती गरेको भन्दै दुःखेसो पोखेका छन् । पदमुक्त गराउँदै गर्दा अन्तिम समयमा पनि आफुँलाई जानकारी नगराइएको मन्त्री पण्डितको भनाई छ ।

प्रधानमन्त्री केपि शर्मा ओलीले राम्रो भन्दै समिक्षा गरिरहँदा पनि पदमुक्त गराइएकोमा पण्डितले आश्चर्य जनाएका छन् । मन्त्री लालबाबु पण्डितले आफुँलाई पदमुक्त गराउन माफियाहरुले चाल चालेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

खबर डबलीसँगको कुराकानीमा पण्डितले भनेका छन्, “संविधान, ऐन, नियममा भएको व्यवस्थाअनुसार मैले काम गरेको हुँ, विधि र प्रकृयामा हिँडेपछि यसलाई नमान्नेहरुले असहमति राख्ने कुरा हुन्छ नै, माफियाहरुको संजाल बलियो भएकोले मलाई गिराउन यस्तो चाल चालेको हुनसक्छ, यसबाट म कहिल्यै विचलित हुन्न ।”

यो व्यवस्थामा जनताले राम्रो भनेर हुँदैन, प्रधानमन्त्रीलाई राम्रो लाग्नु पर्छ

मन्त्रिपरिषदमा कसलाई ल्याउने नल्याउने अधिकार प्रधानमन्त्री जीको अधिकारको कुरा हो । राम्रो लाग्छ ल्याउनु हुन्छ, नराम्रो लाग्छ हटाउनुहुन्छ । संसदीय व्यवस्थामा यस्तै हुन्छ । जनताले राम्रो भनेर हुँदैन, प्रधानमन्त्रीलाई राम्रो लाग्नु पर्छ ।

जनताले जिताएर पठाए । जनताको नजरमा कहिल्यै पनि नगिरुँ, मेरो चाहना यहि छ । बाँचुन्जेल जनताको नजरमा आँखाको नानी भएर बाँच्न पाउँ, यो नै मेरो अन्तिम इच्छा हो ।

अरुले न्याय–अन्याय बुझ्ने कुरा एउटा हो । सामान्यतयाः अहिले न्याय–अन्याय छुट्याउने जिम्मेवारी प्रधानमन्त्रीकै हातमा रहेकोले यसमा अरुको न्याय र अन्यायको के अर्थ हुन्छ र ? कार्यसम्पादन मूल्याङक हेर्ने जिम्मा पनि प्रधानमन्त्रीको नै भएकोले यस्तोमा अरुले के गर्न सक्छ र ?

अहिले मेरो ठाउँमा नयाँ मन्त्रि आएका छन् । आशा छ, मेरोभन्दा राम्रो काम गर्नु होला । मेरो यहि शुभकामना छ ।

निधाईरहेको बेलामा पद गएछ

मनमा अनेकौं तर्कना आएपनि यस अवस्थामा दुःख र सुखको के अर्थ छ र ? म पदबाट हटेको कुरा मलाई पनि थाहा थिएन । बुधबार राति सुत्नु अघिसम्म प्रधानमन्त्री वा प्रधानमन्त्री कार्यालयबाट मलाई कुनै सूचना आएको थिएन । बाहिर विभिन्न किसिमको हल्ला चलिरहेको थियो । म निधाइसकेको थिएँ । राति नै मलाई हटाइएको बारे मिडियामा आइसकेको रहेछ ।

म निदाईरहेको अवस्थामा साथीभाईले फोन गरेर पदबाट हटाइसकेको जानकारी गराए । अबश्य मनमा अनेकौं तर्कना त आउँछ नि । यो मानवीय स्वभाव हो । बिहानैदेखि क्वाटरको सामान प्याग गर्दै छु । कोठा पाइएको छैन । खोज्दै छु । अब छिट्टोभन्दा छिट्टो यहाँबाट सर्छु ।

म पदबाट हटेपनि देश र जनताको हितको पक्षमा निरन्तर काम गर्छु । कतिसम्म सेवा गर्न सक्छु निरन्तर गर्छु । एउटा कुरा के हो भने, समाजमा राम्रो र नराम्रो दुवै पक्ष छन् । राम्रो गर्न खोज्ने र नराम्रोसँग साँठगाँठ गर्ने पनि हुन्छन् । कसैसँग नझुक्ने र नराम्रोसँग साँठगाँठ नगर्ने मानिसको विरोधी हुदैन र ?

माफियाहरुले गिराउन चाल चाले

हामी राम राज्य भन्छौं, त्यहाँ पनि रामको विरोध भएको थियो । महादेवलाई हामी पूज्छौं उनलाई पनि सिध्याउन खोजेका थिए ।

त्यसकारण यो त समाजको नियम हो नि । नराम्रोसँग सहकार्य गरेर राम्रो देखिन खोज्ने त राम्रो भएन नि । मैँले जे गरें जति गरें, त्यो जनताको नजरमा छँदै छ । मैले कुनै अपराध गरेको थिएन । गर्दिन पनि । जन स्तरमा पनि अपराध गरेको कसैले भन्न सकेको छैन ।

केन्द्रिय प्रणालीबाट संघीय प्रणालीमा रुपान्तरण गर्ने जिम्मेवारी मेरो हो । संविधान, ऐन, नियममा भएको व्यवस्थाअनुसार मैले काम गरेको हुँ । विधि र प्रकृयामा हिँडेपछि यसलाई नमान्नेहरुले असहमति राख्ने कुरा हुन्छ नै । माफियाहरुको संजाल बलियो भएकोले मलाई गिराउन यस्तो चाल चालेको हुन सक्छ । यसबाट म कहिल्यै विचलित हुन्न । निरन्तर जनताको सेवामा समर्पित हुन्छु ।

(निवर्तमान संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितसँग लिइएको प्रतिक्रिया जस्ताको तस्तै)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies