Khabar Dabali Logo
  January 29, Wed

दक्षिण एसियाको बढ्दो रणनीतिक महत्व

  • कात्तिक २५ गते, २०७६ - १३:२२

मानव जातिको प्राचीनतम् सभ्यताको विकासको केन्द्र रहेको दक्षिण एसिया वर्तमानमा विश्व राजनीतिको केन्द्रीय महत्वको भूभागको रुपमा रहेको छ । वैदिक सभ्यता, धर्म–दर्शन र विज्ञानको जन्मभूमि मानिएको दक्षिण एसियाले आधुनिक राजनीतिक, धार्मिक, सांस्कृतिक, आर्थिक र सामरिक दृष्टिले विश्वका शक्तिशाली देशहरुको निम्ति रणनीतिक महत्वको क्षेत्रको रुपमा पहिचान बनाइरहेको छ । हिमालयको सर्वोच्च शिखरदेखि दक्षिणी पाटोतिर फर्किएको हिन्दमहासागर र अरेबियनसागरसम्म विस्तारित भएको दक्षिण एसियाली क्षेत्रमा ६ वटा देश र हिन्द महासागरको द्वीपहरुका दुई देश गरी ८ वटा देश रहेका छन् ।

प्राकृतिक तथा जातिगत भाषा, धर्म–संस्कृति र आर्थिक विविधताले भरिपूर्ण रहेको दक्षिण एसियाका देशहरुमा पूँजीवादी संसदीय शासन प्रणाली अपनाइएको छ । भारत र पाकिस्तानजस्ता आणविक शक्तिसम्पन्न दुई देश यही क्षेत्रमा रहेका भएपनि केही अपवादहरुलाई छोडेर हेर्दा दक्षिण एसिया राजनीतिक तथा गैर–राजनीतिक द्वन्द्वहरुले अशान्त रहेको देखिन्छ भने विश्वका विद्यमान महाशक्ति र उदाउँदा शक्ति राष्ट्रहरुको निम्ति रणनीतिक दृष्टिले पनि यही क्षेत्र निकै महत्वपूर्ण मानिन थालेको छ ।

मानव जातिले निर्माण गरेका प्राचीनकालीन विशाल साम्राज्यदेखि आधुनिककालीन साम्राज्यको पददलनमा परेको दक्षिण एसियाली क्षेत्र आधुनिक विकास र प्रगतिको दृष्टिले निकैपछि परेको छ । राजनीतिक अस्थिरता, शासक वर्गमा झ्याङ्गिदै आएको भ्रष्टाचारी मनोवृत्ति, समाजमा व्याप्त बेरोजगारी र गरिबी, धार्मिक अन्धता र रुढीवाढिताले ग्रस्त बन्दै आएको यो क्षेत्र विशाल जनसङ्ख्यासहित प्राकृतिक स्रोत र साधनको व्यापक प्राप्यता, आर्थिक तथा सामरिक दृष्टिले अत्यन्तै महत्वपूर्ण भूअवस्थितिको कारणले विश्वशक्ति र उदायमान शक्ति राष्ट्रहरुको सफल भविष्यको निम्ति निर्णायक महत्वको क्षेत्र हुने देखिंदै आएको छ । २० औं शताब्दीमा विश्वको राजनीतिक, आर्थिक र सामरिक केन्द्र युरोप भएजस्तै एक्काइसौं शताब्दीको उदयसँगै विश्व राजनीतिक, आर्थिक र सामरिक केन्द्र दक्षिण एसिया नै बनिरहेको छ । यसैले विश्वका प्रमुख शक्ति राष्ट्रहरु आफ्नाे आर्थिक तथा सामरिक हैसियत विकास गर्नको लागि दक्षिण एसियामाथि आप्mनो पूर्ण प्रभाव स्थापनाको निम्ति प्रतिस्पर्धापूर्ण खेलमा सहभागी हुँदै आएका छन् ।

दक्षिण एसियाका नेपाल बाहेक सबै देशहरु १९ औं शताब्दीदेखि बेलायती साम्राज्यको उपनिवेश बन्न पुगेका थिए भने सन् १९४५ पछि मात्रै यहाँका उपनिवेशिक देशहरुले साम्राज्यवादी शासन र शोषणको जुवाबाट मुक्त भइ स्वतन्त्रताको सास फेर्न पाएका हुन् । करिब २०० वर्षसम्म बेलायती साम्राज्यको उपनिवेशिक शासनको जाँतोमा पिसिएको यस क्षेत्र युरोप तथा पूर्वी एसियाका कतिपय देशहरुको तुलनामा विकास र समृद्धिको दृष्टिले निकै पछि परेको छ ।

साम्यवादी राजनीतिक सिद्धान्तबाट प्रभावित जनसङ्ख्याको ठूलो हिस्सा दक्षिण एसियाली क्षेत्रमा भएपनि पश्चिमी प्रजातान्त्रिक ढाँचाको शासन व्यवस्था अङ्गालिरहेका यस क्षेत्रका देशहरु गुट निरपेक्ष वा असंलग्न आन्दोलनमा आबद्ध हुनुका साथै परराष्ट्र सम्बन्ध स्थापनाको निम्ति ‘‘पञ्चशीलको सिद्धान्त” लाई प्रमुख आधार बनाइउँदै आइरहेका छन् । यसकारण यस क्षेत्रमा शीतयुद्धका मुख्य प्रतिद्वन्द्वी अमेरिका र सोभियत सङ्घ दुवैले नेतृत्व गरेको गुटले आफ्नाे प्रभाव विस्तारको निम्ति प्रयास गर्नु स्वभाविकै थियो । उनीहरुका यही प्रयासको प्रतिफल बेलायती उपनिवेशबाट स्वतन्त्र राष्ट्रको हैसियत प्राप्त गरेको पाकिस्तान दक्षिण–पूर्वी एसिया सन्धि सङ्गठन—सिटो (South–East Asia Treaty Organization—SEATO) र केन्द्रीय सन्धि सङ्गठन—सेन्टो (Central Treaty Organization—SENTO) को सदस्य बन्न पुगेको थियो । पाकिस्तान सिटो र सेन्टोको सदस्य बनेपछि दक्षिण एसियाली क्षेत्रमा शीत युद्धको अवधिमा अमेरिका र सोभियत सङ्घका सामरिक रणनीतिले प्रवेश पाएको हो ।

पिछडिएको सामाजिक चेतना, आर्थिक दूरावस्था, धार्मिक तथा सांस्कृतिक रुढीवाढीताको तुवाँलोका धब्बा पोतिएको दक्षिण एसियाली क्षेत्र २१ औं शताब्दीको प्रारम्भदेखि नै विश्वका शक्ति राष्ट्रहरुको आर्थिक, राजनीतिक तथा सामरिक उद्देश्य प्राप्तिको निम्ति क्रिडास्थल बन्न गइरहेको छ । प्राकृतिक साधन र स्रोतका साथै सस्तो मानवीय श्रम र महँगो बजार कब्जाको निम्ति मात्र नभै आफ्नाे दीर्घकालीन रणनीतिक लक्ष्य हासिल गर्न शक्तिशाली राष्ट्रहरु फणा फिजाउँदै आइरहेका छन् । दक्षिण एसियाली क्षेत्रमा रहेका देशहरुले आफ्नाे राष्ट्रिय तथा क्षेत्रीय हित र उन्नतिको निम्ति स्थापना गरेका गैर–सैनिक सङ्गठन सार्क करिब–करिब मुर्छित अवस्थामा पुगेको छ । यसले दक्षिण एसियाली मुलुकहरु आपसी हित, उन्नति र क्षेत्रीय शान्तिको निम्ति मिलेर सहकार्य गर्न सक्ने सामथ्र्य र रुची दुवै दृष्टिले कत्ति धेरै कमजोर छन् भन्ने कुरा उजागार गरिरहेको छ । आपसमा आशङ्का, बेमेल र बैरभावको शृङ्खला निर्माणमै व्यस्त रहँदै आएका दक्षिण एसियाली राष्ट्रहरुको चरित्रलाई राम्रोसँग बुझेका विश्वका अरु शक्ति राष्ट्रहरुले आफ्नाे हित अनुकूल निर्माण गरेका विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरका सैनिक र गैर–सैनिक गठबन्धनमा आबद्ध हुनको निम्ति उत्साहित बनाउँदै आइरहेका छन् । यसरी दक्षिण एसियाली क्षेत्रका देशहरुमाथि केन्द्रित हुँदै आइरहेको उनीहरुको यस किसिमको प्रवृतिले दक्षिण एसियाली क्षेत्रको निकट भविष्यको अनुहारलाई प्रतिविम्बित गरिहेको छ ।

करिब ७० वर्षदेखि साम्यवादी व्यवस्थाको अभ्यास गर्दै अघिबढिरहेको र पूर्वी एसियाबाट २१ औं शताब्दीको विश्वको नेतृत्व गर्नसक्ने हैसियतमा देखा परिरहको चीनले सोभियत सङ्घको विघटनपछि पनि शीतयुद्धको अवधीलाई पुनर्जीवित गरिरहेझैं परिदृश्यहरु विश्व राजनीतिक, आर्थिक तथा सामरिक क्षितिजमा देखा पर्न थालेका छन् । दक्षिण एसियामा आफ्नाे राजनीतिक, आर्थिक तथा सामरिक प्रभाव जमाएर बसेको भारत पनि चीनकै समानान्तर भएर अघिबढ्न प्रयत्नशील रहेझैं देखिएको छ । यसरी पूर्वी एसिया र दक्षिण एसियाली भूमिबाटै शक्तिशाली देशहरुको उदयले वर्तमान परिस्थितिमा अमेरिकाले आर्जित गरेको हैसियतलाई ठाडै चुनौती दिइरहेको अवस्था देखिन आएको छ । यसबाट क्षेत्रीय, महादेशीय शक्ति हुँदै विश्व राजनीतिक, आर्थिक र सामरिक शक्ति सन्तुलनमा बन्न सक्ने नयाँ समीकरण र स्वरुपका सम्भावित चित्र देखेर अमेरिका नराम्ररी झस्किन पुगेको छ । किनभने सोभियत सङ्घको विघटनपछि अमेरिका (Unite States of America–USA) को एकल नेतृत्वमा विश्वको राजनीतिक, आर्थिक र सामरिक चक्रहरु घुमिरहेको अवस्थामा उदाउँदै गरेका एसियाली शक्ति राष्ट्रहरुको आकार, सामथ्र्य र लक्षणले अमेरिका चिन्तित पुग्नु स्वभाविक पनि हो ।

प्रथम र द्वितीय विश्व युद्धताका विश्व राजनीति र शक्तिको केन्द्र जसरी युरोप हुन पुगेको थियो, त्यसरी नै दोस्रो विश्व युद्ध लगत्तै सुरु भएको शीतयुद्धकालमा पनि विश्वको आर्थिक र सामरिक केन्द्र युरोप नै भएको थियो । शासन व्यवस्थामा आएको परिवर्तनको कारणले पूर्व सोभियत सङ्घको पितृदेश रुसको आर्थिक र सामरिक हैसियतमा निकै गिरावट आउने छ र पूर्व सोभियत सङ्घको प्रभाव क्षेत्रमा निर्धक्कसँग आफैंले पखेंटा फैलाउन पाउने सपना अमेरिकाले देखेपनि यो दुःसपनामा परिणत हुन पुग्यो । पूँजीवादी राजनीतिक प्रणाली अपनाएर पनि रुसले आफ्नाे आर्थिक तथा सामरिक हैसियतमा गिरावट आउन दिएन । पछिल्लो चरणमा आफ्नाे समग्र हैसियतको विकास गरिरहेका चीन, भारत र रुसको बढ्दो निकटता र सहकार्यको भावना तथा सुदुर पूर्वका देशहरुमा पनि बिउँझँदै गरेको राष्ट्रवादी राजनीतिक जागरण र नेतृत्वको प्रवृतिका दृश्यले सिङ्गो एसिया महादेशमा अमेरिकाको प्रभावको छवि मेटिंदै गएको आभास अमेरिका स्वयम्ले प्राप्त गर्दै आएको देखिएको छ ।

विगतमा तुलनात्मक हिसाबले पूर्वी एसिया, दक्षिण–पूर्वी एसिया र पश्चिम एसिया (मध्यपूर्व) मा आफ्नाे रणनीतिक उपस्थिति कायम गरिसकेको अमेरिकाको कमजोर प्रभाव रहेको क्षेत्र दक्षिण एसिया नै थियो । सोभियत सङ्घको विघटनपछि पनि आफ्नाे प्रभाव र नेतृत्व स्थापना गर्दै आप्mनै नेतृत्वमा एकल ध्रूवीय विश्व व्यवस्था कायम गर्ने अमेरिकी सपनालाई सपनामै सीमित रहनुपर्ने परिस्थिति दक्षिण एसियाली क्षेत्रमा यथावत रहेको भए पनि आर्थिक तथा सामरिक कुटनीतिको दृष्टिले निकै सिपालु र अनुभवी अमेरिकाले आफ्नाे प्रतिस्पर्धी— रुस र चीनको कमजोर प्रभाव रहेको दक्षिण एसियामा आफ्नाे प्रभावलाई जुनसुकै हालतमा पनि स्थापित गर्न चाहिरहेको छ । दक्षिण एसियामा कायम हुन पुग्ने आफ्नाे एकल आर्थिक तथा सामरिक वर्चश्वले रुस, चीन र भारतलाई कम्तिमा पनि यथास्थानमै सिमित गर्न र एसियाभर आफ्नाे प्रभाव सुदृढ गर्न सजिलोपर्ने छ भन्ने बुझाई अमेरिकाको मनमा व्युतिरहेको छ ।

सन् १७७९ मा बेलायती उपनिवेशबाट मुक्त भएदेखि यताको अमेरिकी चरित्र भनेको युद्ध–व्यापारबाट असीमित नाफा कमाउने र आफ्नाे भूमिमा सकभर युद्धको बाछिटा पर्न नदिने नै रहँदै आएको छ । विभिन्न देशहरुमा आन्तरिक विद्रोह भड्काएर हुन्छ कि आपसी युद्धको भुँवरीमा लपेटिदिएर हुन्छ, युद्धरत पक्षहरुलाई तत्कालीन र दीर्घकालीन नाफा–घाटाको हिसाब गरेर महङ्गो व्याजमा ऋण प्रवाह गर्नु र महङ्गो दरमा युद्धरत पक्षलाई हतियार बेचेर अकुत सम्पत्ति थुपार्नु नै अमेरिकाले विगतभरि अवलम्बन गर्दै आएको अर्थ नीतिको उद्देश्य हो । यो नीतिलाई उसले वर्तमानमा झन परिमार्जित गरेर अघि बढेको देखिन आएको छ ।

आपसमा जतिसुकै विवाद भए पनि भारत र चीन सहकार्य गर्दै अघि बढिरहेका छन् भने दक्षिण एसियाको आणविक शक्तिसम्पन्न दुई देश भारत र पाकिस्तानबीच जतिसुकै तनाव रहे पनि यी दुवै देश आपसी युद्धको मानसिकताबाट निकै पर सरेको देखिन आएको छ । सन् २०१९ फेब्रुअरी १४ मा भारत र पाकिस्तानको सीमा नजिक पुलवामा अज्ञात व्यक्तिले गराएको आत्मघाती विस्फोटमा परी भारतको ‘‘सेन्ट्रल रिजर्भ पुलिस फोर्स”का ४० जना अर्धसैनिक जवानको मृत्यु भएको विषयलाई लिएर भड्किन खोजेको दुई देशबीचको युद्धलाई पाकिस्तानको तर्फबाट टार्न प्रयास गरेपछि भारतको आक्रामक स्वभाव पनि शान्त हुन पुगेको अवस्थाले बाह्य शक्तिको चाहनाले अब भारत र पाकिस्तानको बीचमा कास्मिरकै विषयमा युद्ध भइहाल्छ भन्ने अनुमान निस्प्रभावी देखिन थालेका छन् ।

२० औं शताब्दीमा विश्व राजनीतिक, आर्थिक र सामरिक केन्द्र युरोप भएजस्तै एकाइसौं शताब्दीको उदयसँगै सबै दृष्टिले महत्वपूर्ण क्षेत्र दक्षिण एसिया बनिरहेको छ । दक्षिण एसियामा विकसित यस्तो परिवेशको कारणले विश्वव्यापी चासो र आकाङ्क्षाको निम्ति निर्णायक महत्वको भूराजनीतिक र सामरिक क्षेत्र दक्षिण एसिया नै हो भन्ने कुरा अमेरिकाले पनि महसुस गरिरहेको छ । आर्थिक रुपले इतिहासमै सबैभन्दा बढी जरजर, सामरिक शक्ति सञ्चय र सन्तुलनको दृष्टिले पनि ओरालो लागेको मृगको अवस्थामा पुगेको अमेरिका दक्षिण एसियामा आफु अनुकूल प्रभाव विस्तार गर्नु सजिलो नभए पनि नयाँ रणनीतिकासाथ अघि बढिरहेको छ ।

(लेख केशव पुडासैनी ‘विमल’द्वारा लिखित प्रकाशोन्मुख पुस्तक ‘‘दक्षिण एसिया र अमेरिकी रणनीति” को एक अंश हो)

कात्तिक २५ गते, २०७६ - १३:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी र सरकारविरुद्ध डरलाग्दो गरि प्रचार युद्ध छेडियो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले कम्युनिष्ट पार्टी र सरकारविरुद्ध डरलाग्दो गरि प्रचार युद्ध...   
सभामुखको मर्यादाक्रममाथि बाबुरामले उठाए प्रश्न, ‘आमा ठूलो कि बच्चा ठूलो ?’(भिडियोसहित)

सभामुखको मर्यादाक्रममाथि बाबुरामले उठाए प्रश्न, ‘आमा ठूलो कि बच्चा ठूलो ?’(भिडियोसहित)

काठमाडौँ । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सभामुखको मर्यादाक्रम तल पारिएको भन्दै...   

लाहोरमा ग्यास सिलिन्डर विस्फोट, १२ को मृत्यु

एजेन्सी । पाकिस्तानको उत्तरपूर्वमा रहेको लाहोर सहरमा ग्यास विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु...   
प्रोभिडेन्ट मर्चेन्टको छैठौं साधारणसभा, चुक्तापूँजी १० करोड पुर्याइने

प्रोभिडेन्ट मर्चेन्टको छैठौं साधारणसभा, चुक्तापूँजी १० करोड पुर्याइने

काठमाडौं । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौं साधारणसभा कम्पनीको केन्द्रीय कार्यालय...   
रिचार्जरमा सिनेमाको टिकट काट्दा २२० रुपैंयाँ नगद फिर्ता अफर

रिचार्जरमा सिनेमाको टिकट काट्दा २२० रुपैंयाँ नगद फिर्ता अफर

काठमाडौं । जनवरी २० देखि बिगसेल मेला सञ्चालक गरिरहेको मोबाइल एप रिचार्जरले एफक्युब सिनेमाको टिकटमा...   

सभामुख सापकोटालाई प्रधानमन्त्री ओलीको आग्रह : सहमतिबाटै संसद चलाउनुस्, पूर्ण सहयोग रहनेछ

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले सहमतिबाटै संसद चलाउन नवनियुक्त सभामुख अग्नीप्रसाद सापकोटालाई...   

निर्भया हत्या मुद्दा : फाँसीको दोस्रो रिहर्सल, चारै जना दोषीको डमीलाई दिइयो फाँसी

काठमाडौं । निर्भया हत्या मुद्दाका दोषीलाई दिइने फाँसीको प्रक्रिया तिव्र रुपमा अगाडि बढाइएको छ । भारतीय...   
‘प्रचण्ड ‘किङ्ग मेकर’ बन्ने अवस्था तयार हुँदैछ’

‘प्रचण्ड ‘किङ्ग मेकर’ बन्ने अवस्था तयार हुँदैछ’

काठमाडाैं । पार्टी एकता भएको लामो समयपछि सत्तारुढ दल नेकपाको केन्द्रिय समिति बैठक माघ १५ गते बस्दै...   
बन्चरेलाई दुहुनो गाई बनाउन खोज्नेको नाम सार्वजनिक गर्छु : मन्त्री मानन्धर

बन्चरेलाई दुहुनो गाई बनाउन खोज्नेको नाम सार्वजनिक गर्छु : मन्त्री मानन्धर

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माणधिन बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइट...   
सपथग्रहण लगत्तै सभामुख सापकोटा र चिनियाँ राजदूतबीच भेट, के भयो कुुराकानी ?

सपथग्रहण लगत्तै सभामुख सापकोटा र चिनियाँ राजदूतबीच भेट, के भयो कुुराकानी ?

काठमाडौं । नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छीबीच भेटवार्ता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top