Khabar Dabali Logo
  July 7, Tue

हेपाहा छिमेकी अनि लम्पट सरकार

नेपालको स्वाधीनतालाई बचाई राख्ने हो भने नेपालले शैन्य हिसावले आफूलाई उत्तरकोरीया बनाउनु पर्छ । हामीले बदलीदो विश्वपरीवेश अनुसारको शैन्य विकासमा जोड दिनु पर्दछ । शैन्य विकास गर्न सकेनाै भने हामी आफ्नो अस्तित्वलाई बचाउन सक्दैनौँ ।

देशै नरहे न पार्टीहरु रहन्छन् न त सरकार । अब हामीले बेलैमा सोंच्नुपर्छ र एकताबद्ध हुनुपर्छ । हाम्रो तितो र नमिठो ईतिहास बोल्छ, “नेपालका जनता राष्ट्रवादी छन् तर शासकहरु आत्मसमर्पणवादी, जनताले बलिदान गर्छन् शासकहरुले गद्धार ।” अब यो बिडम्बनाको अन्त्य गर्नैपर्छ ।

सर्वदलीय वैठकमा नाममा सरकारले गरेको कसरत पनि देखाउने शैली मात्रै हो भन्ने पुष्टि हुन्छ । वैठकबाट बाहिरिएका नेताले भनेकै आधारलाई हेर्दा पनि वैठकमा राय लिने मात्र काम भयो तर कुनै रणनीति तयार गर्नेतर्फ सरकारले अग्रसरता देखाएन् । सरकारले राय लिने काम गर्नु अनि बाँकी पहलकदमी आफैं गर्छु भन्ने भन्ने शैली परराष्ट्रले सार्वजनिक गरेको जस्तो बेनामे पत्र जस्तै हो । जसको आधिकारितासमेत अत्यन्तै अन्यौलमा छ ।

भारतीय साम्राज्यवाद

भारतीय सत्ताको साम्राज्यवादी नीति पुरै दक्षिण एशियाका लागी खतराको विषय वनेको छ । छिमेकी साना र कमजोर राष्ट्रका अगाडि भारतको दादागिरी र हेपाहा प्रवृति खतरनाक ढंगले अगाडि बढेको छ । ‘महान भारत’का नाममा साना देशका भुगोलहरुमाथी अतिक्रमण गर्ने उसको अभियान निरन्तर चलिरहेको छ । भारतको त्यस्तो नीतिको चपेटामा नेपाल सबैभन्दा बढी पीडामा छ । वीर गोर्खालीहरुले भारतको रक्षाको लागि अनी उसको स्वतन्त्रताको लागी लडीदिएको गुनको बदलामा उ पटक–पटक हाम्रा सीमास्तम्भहरु भत्काउने र एकलौटी रुपमा नयाँ स्तम्भ बनाउने काम गरी रहेको छ । भारतीय हस्तक्षेपका शिकार हुन हामी विवश छौँ । भारत एकातर्फ विभिन्न सन्धी सम्झौताको माध्यमबाट हाम्रा नदीनालाहरुमाथी एकलौटी नियन्त्रण गर्न खोजी रहेको छ भने अर्कोतर्फ राजनीतिक हस्तक्षेपको माध्यमबाट पुरै सत्तामाथी नै नियन्त्रण गर्ने प्रयास गरिरहेको छ ।

महाकाली सन्धी, टनकपुर, कोशी, गण्डकी सम्झौताहरुले नेपालको अस्मितालाई जबरजस्ती लुट्ने काम गरीरहेको छ । भारतद्धारा गरीएका पटक–पटकका नाकाबन्दीको सामना हामीले ब्यहोरिसकेका छौँ । हाम्रो राष्ट्रवादी नेताहरु जस्तै मदन भण्डारी र जीवराज आश्रीतको हत्या, राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डमा भारतीय गुप्तचर संस्थाहरुको संलग्नता भएको आधारहरु पनि देखीएकै हुन् । नेपालभित्र भारतीय सेना र प्रहरीको नाङ्गो हस्तक्षेप र दादागिरीलाई पटकौँ पटक अनुभुती गरीरहेकै छौँ । अतः भारतीय सत्ताले साम्राज्यवादी नीति नत्याग्दासम्म उ असल छिमेकी वा असल मित्र हुन सक्दैन । उ हामीलाई सिक्किम बनाउन चाहन्छ भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ ।

भारतको नयाँ नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरा

भारतले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतभित्रै गाभीएको छ । वास्तवमा भारतको यो कदम नेपालको सार्वभौम सत्तामाथीको नाङ्गो हस्तक्षेप र अतिक्रमणको पराकास्ठा हो । भारतको यो पछिल्लो कदमले फेरी एकपटक नेपाली जनतालाई आक्रोशीत बनाएको छ । आम नेपाली मनलाई उद्ेलीत बनाएको छ । हुन त हाम्रा थुप्रै गाउँहरु राती सुत्दा नेपाली अनि बिहान उठ्दा भारतीय बनाईएका छन् । हाम्रा गाउँहरुलाई नै रातारात निलीएका ईतिहास साक्षी छन् ।

पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म नै हाम्रो भुगोल भारतसँग जोडीएको छ । उसले चारैतिरबाट सीमा मिच्ने र सीमा स्तम्भहरु सार्ने काम निरन्तर गरीरहेको छ । जब भारतले नयाँ राजनीतिक नक्सा प्रकाशित गरि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतभित्रै समावेश गर्यो तब नेपालभित्र त्यसको विरोध भएपछी आएको भारतको प्रतिक्रियाले जनतालाई झनै आक्रोशित बनाएको छ । भारतले आफ्नो गल्ती स्वीकारेको छैन र आफ्नो नक्साबाट नेपालको सिमा नमिचिएको भनेको छ । यो निश्चित छ कि मैले तिम्रो सीमा मिचेको हुँ भनेर भारतले भन्नेवाला पनि छैन ।

साम्राज्यवादविरुद्ध आत्मसर्मपणवादी चरित्र

हाम्रो भौगोलीक अवस्थितिले पनि हामी स्वाधीनताका लागी साम्राज्यवाद वा विस्तारवादसँग लड्नुपर्छ । भारतीय सत्ताको साम्राज्यवादी नीतिसँग लडेर वा संघर्ष गरेर मात्र हाम्रो स्वाधीनता जोगीन सक्छ । तर, बिडम्वना हाम्रो सत्ता सधै आत्मसमर्पणवादी छ । हाम्रा शासकहरुको आत्मसमर्पणवादी नीतिकै कारण इतिहासमा हामीले धेरै नेपाली भुभाग गुमाएका छौँ । “पूर्वमा टीस्टा पुगेथ्यौँ, पश्चिममा किल्ला काँगडा” भन्ने गितले नै हाम्रो गुमेको भूगोललाई प्रस्ट पार्दछ । हामीले जती पनि भूगोल गुमाएका छौँ, त्यो सबै हाम्रो आत्मसर्मपणवादी शासकहरुका कारण गुमाएका छौँ । अंग्रेजको उपनिवेशबाट भारत स्वतन्त्र हुने बेला अंग्रेजले फिर्ता गरेका नेपाली भुमी फिर्ता लिने हिम्मत पनि नगर्ने शासकहरुका कारण नेपालको भुगोल मेची र महाकालीमा सिमित भएको तथ्य स्पष्ट नै छ ।

हाम्रो सिमा मिचिँदा चुँसम्म बोल्न नसक्ने हाम्रो राज्यसत्ता नै राष्ट्रको हीतमा छैन । भारतलाई चिढ्याएर हाम्रो बेग्लै अस्तित्व छैन भन्ने मनोविज्ञानले हामीलाई सधै मिचीरहेको छ । हाम्रा पूर्खाहरुले वीरतापूर्ण लडेर रक्षा गरेको हाम्रो भुगोललाई खुम्चाउँदै खुम्चाउँदै हाम्रा शासकहरुले हामीलाई राष्ट्रियताको पाठ पढाएकै छन् । हाम्रो राष्ट्रलाई युगौँयुगसम्म स्वतन्त्र र स्वाधीन बनाउने हो भने एकपटक राष्ट्रिय मुक्तीयुद्ध गर्नुको विकल्प हामीसँग छैन ।

सत्ता जोगाउन वा सत्तामा पुग्न दिल्ली चाहिने, सचिव र इन्सपेक्टरको सरुवा बढुवा गर्दा भारतीय दुताबासमा बिन्तीभाउ गर्ने आत्मसमर्पणवादी नेताहरु सत्तामा भएसम्म हाम्रो राष्ट्रियताको रक्षा हुन सक्दैन । सन् १८१६ को सुगौली सन्धीले किटान गरेको नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो देशको नक्शामा गाभेपछी अब भारत वैद्यानिक र घोषीत रुपमा नै सिमा अतिक्रमणको मिसनमा अडिग देखिएको छ ।

नेपाल उत्तरकोरीया बनेर उभिनु पर्छ

नेपालको स्वाधीनतालाई बचाई राख्ने हो भने नेपालले शैन्य हिसावले आफूलाई उत्तरकोरीया बनाउनु पर्छ । हामीले बदलीदो विश्वपरीवेश अनुसारको शैन्य विकासमा जोड दिनु पर्दछ । शैन्य विकास गर्न सकेनाँै भने हामी आफ्नो अस्तित्वलाई बचाउन सक्दैनौँ । हामीले भारत, चीन वा पाकिस्ताको हाराहारीमा शैन्य शक्तिको विकास गर्ने राष्ट्रिय नीतिको विकास गर्नु पर्छ । कुनै देशका विरुद्ध हैन, तर आफ्नै शुरक्षाका लागी वा राष्ट्रिय स्वाधीनताका लागी हामीले आफ्नो नयाँ राजनीतिको विकास गर्नु अपरीहार्य छ । विदेशीहरुका सामु भीख मागेर खाने, विदेशीहरुको गुलाम बनेर उनीहरुलाई रिझाएर खाने सत्ताधारीलाई ध्वस्त वनाउदै नयाँ राष्ट्रिय सत्ताको निर्माण गर्नेतर्फ सबैले बेलैमा सोच्नुपर्छ ।

राष्ट्रियता जोगाउने एउटै विकल्प

आर्थिक र शैन्य विकासमा नेपालले आफ्नो स्वाधिनता जोगाउनका लागि हाम्रा छिमेकीहरु चीन, भारत र पाकिस्तानको सापेक्षतामा शैन्य विकास गर्नुपर्दछ । आर्थिक विकासका हिसाबले स्वीजरल्याण्ड र सिङ्गापुर बन्न सक्नुपर्छ भने शैन्य हिसाबले उत्तर कोरिया बन्नुपर्छ । नेपाल रहेमात्र हामी रहन्छौं । देशै नरहे न पार्टीहरु रहन्छन् न त सरकार । अब हामीले बेलैमा सोंच्नुपर्छ र एकताबद्ध हुनुपर्छ । हाम्रो तितो र नमिठो ईतिहास बोल्छ, “नेपालका जनता राष्ट्रवादी छन् तर शासकहरु आत्मसमर्पणवादी, जनताले बलिदान गर्छन् शासकहरुले गद्धार ।” अब यो बिडम्बनाको अन्त्य गर्नैपर्छ ।

हामीले विदेशीहरुलाई नेपालमा ल्याएर भीख मागेर स्वाधीनताको रक्षा हुन सक्दैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ल्याएर संसद वैठकमा सम्बोधन गराएर बुद्ध नेपालमा जन्मेका हुन भनेर भन्न लगाउँदैमा स्वाधीनताको रक्षा हुँदैन । अमेरिका, युरोपियन युनियन, चीन वा भारतका मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई भ्रमणका लागि ल्याउँदैमा नेपालको स्वाधिनताको रक्षा हुँदैन । यो सत्य हो कि नेपाललाई वैदेशीक क्रिडास्थल बनाएर वा नेपाली भूमीलाई विदेशीहरुको रणमैदान बनाएर नेपालको हीत हुनेवाला छैन् । यस्तो शासकहरुको चेतनाले नेपाल विश्वमान चित्रमा कमजोर बन्दै गईरहेको दृष्टान्तलाई हामीले बदल्नैपर्छ ।

हाम्रो परराष्ट्रनीतिमा पूर्नविचार गर्नुपर्छ

हामीले सधैं “दुई ढुङ्गाबीचको तरुल नेपाल” भनेर हाम्रो राष्ट्रिय मनोविज्ञानलाई कमजोर बनायौं । कसैले चीन र भारतबीचको पुल बन्नुपर्छ पनि भनीरहेका छन् । यो भनाईले पनि केवल व्यापारिक दृष्टिकोणलाई मात्र सम्बोधन गरेको छ । आजको विश्वमा हामी बलियो बन्यौं भने भारत र चीनलाई पनि साईजमा ल्याउँदै एउटा नवउदयीमान शक्तिको रुपमा उभ्याउन सक्ने सम्भावनाको ढोका खुल्न सक्छ । संसारभरका साम्राज्यवादीको हस्तक्षेप र हैकमका विरुद्ध हामीले एउटा न्यायपूर्ण हस्तक्षेप गर्ने वा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुनसक्छ । तसर्थ हामीले हाम्रो एउटै मात्र देशसँगको परनिर्भरतालाई हटाउनु पर्छ ।

स्वतन्त्रता र समानताका आधार सबैसँग सम्मानजनक र मित्रतापूर्ण सम्बन्धको विकास गर्नेतर्फ सोंच्नुपर्छ । मूलतः हाम्रो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर हाम्रो परराष्ट्र नीतिको विकास गर्नुपर्छ । अनावश्यक वैदेशीक हस्तक्षेपलाई अस्विकार गर्ने राष्ट्रिय प्रतिबद्धताको आवश्यक भएको छ । कुनैपनि प्रकारको हस्तक्षेपबाट हैन कि पारस्परीक सम्बन्ध सहअस्तित्व र मित्रराष्ट्रका आधारमा परराष्ट्र सम्बन्धलाई पूर्नपरीभाषित गर्न जरुरी देखिन्छ ।

राष्ट्रिय सहमतीको पहल भएन

लिपुलेक, कालापानी हुँदै लिम्पियाधुरासम्को करिब ३७२ वर्ग किमी क्षेत्रफल भारतमा गाभिएको नक्शा आएको छ र नेपालको सार्वभौमसत्तामाथि गम्भीर थ्रेट उत्पन्न भएको छ । यस्तो गम्भिर अवस्थामा सरकार भने परराष्ट्र मन्त्रालयको बेनामे व्यक्तव्य त्यो पनि ‘काईते’ शब्दमा जारी गरेर झारा टारेको छ ।

सर्वदलीय वैठकमा नाममा सरकारले गरेको कसरत पनि देखाउने शैली मात्रै हो भन्ने पुष्टि हुन्छ । वैठकबाट बाहिरिएका नेताले भनेकै आधारलाई हेर्दा पनि वैठकमा राय लिने मात्र काम भयो तर कुनै रणनीति तयार गर्नेतर्फ सरकारले अग्रसरता देखाएन् । सरकारले राय लिने काम गर्नु अनि बाँकी पहलकदमी आफैं गर्छु भन्ने भन्ने शैली परराष्ट्रले सार्वजनिक गरेको जस्तो बेनामे पत्र जस्तै हो । जसको आधिकारिता अत्यन्तै अन्यौलमा छ ।

सरकारले सार्वजनिक गरेको बेनामे पत्रको जवाफमा भारतीय एकजना नेताले चुनौति पनि दिईसकेका छन् । उनले भनेका छन्, “नेपालले पनि आफ्नो दाबीसहितको नक्शा जारी गरे हुन्छ ।” जनताहरु सडकमा उत्रीएका छन् तर सरकार रमीते छ । यदि शासक राष्ट्रिय सहमित चाहन्थ्यो भने सबै राजनीतिक दल, सरोकारवाला र विज्ञलाई साथमा लिएर नयाँ पहलकदमीको घोषणा तर्फ लाग्थ्यो । त्यसको सम्भावना न्यून छ ।

सेना र प्रहरीको काम सत्ताधारीको सुरक्षा मात्रै

भ्रष्टाचारले हाम्रो राज्यलाई नै विघटनको दिशातर्फ लैजादैं छ । आज सत्तामा जानु वा सरकारमा जानु भ्रष्टाचारमा डुबी कालो धन थुपार्नका लागि मात्र हो भन्ने आम संस्कार बनेको छ । सरकारको काम राष्ट्रवादी, प्रगतिशील, क्रान्तिकारी र सच्चा लोकतन्त्रवादीहरुलाई दमन गर्नु मात्र हो भन्ने प्रवृत्ति हाबी भएको छ । आज गणतन्त्र, लोकतन्त्र भनीएको छ तर राष्ट्रवादी शक्तिमाथि प्रतिबन्ध लगाईएको छ । प्रहरी त भ्रष्ट संरचनाको मुख्य रक्षाकवच बनेको प्रष्ट छ । सेनालाई पनि बदलींदो विश्वपरिस्थितिअनुसार सुद्धढ गर्नुको सट्टा केवल आन्तरीक द्वन्दमा मात्र सिमित गर्ने काम हुँदैछ ।

नेपाली सेनालाई राष्ट्रिय सेना बनाउन सक्नुपर्दथ्यो । पाकिस्तान, भारत वा चीनमा जस्तै नेपाली सेनाले आफ्नो राष्ट्रियता जोगाउनका लागि पहल कदमी लिने आँट गरोस भन्ने नेपालीहरुको चाहना थियो । तर अहिले हाम्रो सेनालाई सडक, पुल, भवन बनाउने जस्ता ठेकेदारी काम दिन थालिएको छ । हाम्रा सेनालाई द्वन्दग्रस्त क्षेत्रमा शान्ति सेनाको रुपमा खटाउने मात्रै काम गरिएको छ । हाम्रो सिमा सुरक्षा र राष्ट्रियताको जर्गेना गर्नको लागि सेनालाई भूमिका नै दिइएको छैन् ।

निष्कर्ष

वर्तमान विश्व बहुधुव्रमा विभक्त हुने क्रम जारी छ । वर्तमान विश्व रंगमञ्चमा नयाँ–नयाँ देशहरुले पनि आफुँलाई शक्तिराष्ट्रका रुपमा उभ्याउने कसरत गरीरहेका छन् । उत्तरकोरीया, भारतजस्ता देशहरु नयाँ रंगमञ्चमा देखा पर्दैछन् । भारत र चीनको बीचमा पनि कतै मित्रता त कतै संघर्ष छ । भारतले साम्राज्यवादी नीति अंगीकार गर्दैछ । विशाल भारतका नाममा दक्षिण एशियामा उसको साम्राज्य फैलाउन चाहन्छ । भरत दाहालले भने जस्तै, यदि चीनसँग मात्र हामी नजोडिएको भए नेपाल उहिल्यै भारतमा गाभिसक्थ्यो । नेपाली जनतामा भएको राष्ट्रवादी चेतनाका कारण पनि हाम्रो अस्तित्व रहेको हो ।

आजको विश्वमानचीत्रमा स्वाधीन राष्ट्र बनेर उभिनका लागि दुईवटा मुख्य आधारहरु छन् – पहिलो हो आर्थिक विकास वा अर्थतन्त्र र दोस्रो हो शैन्य विकास वा शैन्य शक्ति । यी दुई आधारहरु नभएका देशहरु कुनैपनि बेला विघटित हुने खतरा रहन्छ । अरु कुनै शक्तिराष्ट्रले मेरो राष्ट्रको संरक्षण गरिदेला भनेर बस्नु केवल काल निम्त्याउनु मात्र हो । नेपालको ईतिहासलाई हेर्यौं भने हाम्रा पुर्खाहरुले वीरतापूर्वक लडेर देशको रक्षा र विस्तार गरे । आज हाम्रा वीर गोर्खालीहरु भारतीय, ब्रिटिश र सिङ्गापुर सेनामा गएर विदेशी भूमिका लागि समेत लडीरहेका छन् । हाम्रो यो गुनको बदला हामीले भने भारतबाट बारम्बार हस्तक्षेप, अतिक्रमण र नाकाबन्दी मात्र उपहार पाएका छौं ।

कुरा स्पष्ट छ, भारतीय साम्राज्यवाद एकातर्फ हाम्रा सिमाबाट अतिक्रमण गरी खुम्च्याउन चाहन्छ भने अर्कोतर्फ मधेश हुँदै पुरै नेपाललाई आफुमा विलय गराउने वा आफ्नो मुठीमा राख्न चाहन्छ । उसको यो साम्राज्यवादी नीति घट्दो अवस्थामा छैन् र बढ्दो अवस्थामा छ । अतः यसको समाधान एउटा बृहतर एकताबद्ध राष्ट्रिय जागरणबाट मात्र सम्भव हुन्छ । जालझेल र भ्रमबाट यसको समाधान छैन् ।

(लेखक पन्त सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकटका हुन्)

कात्तिक २४ गते, २०७६ - १३:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top