Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

यसरी प्रगाढ बन्छ नेपाल–चीन सम्बन्ध, यी हुन् चिनियाँ राष्ट्रपति सीले प्रस्तुत गरेका चार आधार

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ भोलीदेखि दुई दिने राजकीय भ्रमणको शिलशिलामा नेपाल आउन लागेका छन् । करिब २३ वर्षको अन्तरालमा उच्च चिनियाँ नेतृत्वको रुपमा आउन लागेका सीले नेपाल–चीनसम्बन्धलाई प्रगाढ बनाउन केहि कुरा सुझाएका छन् । उनले नेपाल र चीन दुवैको उज्जल भविष्यको लागि केहि कुरालाई कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिएका छन् ।

नेपाल आउनुअघि नेपाली सञ्चार माध्यममार्फत राष्ट्रपति सीले लेख प्रकाशित गरि नेपाल–चीन सम्बन्धलाई प्रगाढ पार्ने आधारहरु प्रस्तुत गरेका छन् । सरकारी सञ्चारमाध्यम गोरखापत्र दैनिकमार्फत सीले नेपाल–चीनसम्बन्धबारे चार आधार पेश गरेका छन् । चिनियाँ राष्ट्रपतिले गोरखापत्र दैनिकमार्फत सार्वजनिक गरेको नेपाल–चीनसम्बन्ध बारेको चार आधार यस्ता छन् :

१. रणनीतिक सञ्चारलाई प्रगाढ बनाउनु

नयाँ युगमा चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु-याउन दुवै पक्षले दीर्घकालीन सम्बन्धका खाका तयार गर्नुपर्दछ । यसका लागि उच्चस्तरीय आदान–प्रदान कायम गर्नुपर्छ । आपसी राजनीतिक विश्वास बढाउनु पर्दछ, एकअर्काको मुख्य चासोका विषयहरूमा आपसी सहयोगलाई अझै सुदृढताका साथ जारी राख्नुपर्दछ । देशको सुशासन तथा विकासको अनुभवसम्बन्धी आदान–प्रदानलाई बढाई दुवै देशका जनतालाई अझ बढी फाइदा प्रदान गर्नुपर्दछ ।

२. व्यावहारिक सहयोगको विस्तार गर्नु

दुवै पक्षले हिमालय वारिपारिको बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माणलाई सक्रिय रूपमा अगाडि बढाउनु पर्दछ । चीनले चिनियाँ उद्यमीहरूलाई नेपालमा मुख्यतः व्यापार र लगानी, पुनःनिर्माण, ऊर्जा, पर्यटन यी चार क्षेत्रमा लगानी गर्न प्रेरित गरेको छ । दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा भाग लिई नेपालका विशिष्ट उत्पादनहरूलाई चीनमा निर्यात गर्न चीन नेपाललाई स्वागत गर्दछ, चीनले नेपाललाई पुनःनिर्माणका लागि सहयोगलाई निरन्तरता दिनेछ र नेपाली जनताको जीवनस्तर उकास्न सकेसम्म सहयोग प्रदान गर्नेछ ।

३. जनस्तरीय आदान–प्रदानलाई व्यापक पार्नु

दुवै पक्षले शिक्षा, युवा, पर्यटन र अन्य क्षेत्रहरूका आदान–प्रदान र सहयोगलाई प्रवद्र्धन गर्नुपर्दछ, दुवै देशका एयरलाइन्सका सीधा उडानहरू बढाई जनताको आवत–जावत बढाउन सहयोग पु–याउनु पर्छ । चीन नेपालको ‘२०२० नेपाल पर्यटन वर्ष’को पूर्ण समर्थन गर्दछ र अझ बढी चिनियाँ नागरिकलाई नेपालमा भ्रमण गर्न प्रोत्साहित गर्नेछ । चीनले नेपालका उत्कृष्ट युवाका लागि बढी सरकारी छात्रवृत्ति प्रदान गर्नेछ र नेपालको निर्माणका लागि बढी सङ्ख्यामा प्रतिभाशाली व्यक्तिहरूलाई प्रशिक्षण दिनेछ । चीन अझ बढी नेपाली विद्यार्थीलाई चीनमा अध्ययन गर्न आउन स्वागत गर्दछ ।

४. सुरक्षासम्बन्धी सहयोगलाई सुदृढ पार्नु

चीनले कानुनको कार्यान्वयन गर्ने क्षमताको निर्माणका लागि नेपाललाई सहयोग गर्नेछ र कानुनको कार्यान्वयन गर्ने प्रशिक्षण कार्यमा नेपाललाई सहयोग दिनेछ । सीमा वारपारका आपराधिक गतिविधिलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न र दुवै देशका नागरिकको सुरक्षा, आर्थिक तथा व्यापारिक आदान–प्रदान सुचारु बनाउनका लागि दुवै पक्षले सीमा रक्षाका लागि आपसी सम्पर्कलाई सुदृढ पार्नुपर्दछ । त्यसबाहेक हामीले सेनाको पारस्परिक भ्रमण, कर्मचारीको तालिम र उपकरण प्रविधिको क्षेत्रमा पनि व्यावहारिक सहयोगलाई सुदृढ पार्नुपर्छ ।

नेपालीमा एउटा भनाइ छ, ‘थोपा–थोपा मिलेर समुद्र बन्दछ’, चिनियाँमा पनि यस्तै भनाइ छ, ‘सबैले दाउरा थप्दै गएमा आगोको ज्वाला अझै ठूलो हुँदै जानेछ ।’ जबसम्म दुवै देशले मैत्रीपूर्ण परम्परालाई अगाडि बढाउने र निरन्तर रूपमा आदान–प्रदान र सहयोगलाई विस्तार गर्दै जानेछ, मलाई विश्वास छ– चीन र नेपालको हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पु-याउन सक्दछौँ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies