Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

आउ साईला एकैछिन भलाकुसारी गरम !

ए साईला उ त्यो हाम्रो देशको नक्सा जस्तै बिट उधृएको थर्कटी तानेर बस त तिमीसँग एकैछिन भलाकुसारी गर्नु छ ! कति लगाउछौ लिड्को अर्काको उबडखावड जिन्दगीको बारी सम्याउन ! कति समाउछौ कोदालो अर्काको नमिलेको भाग्य जस्तो कान्लो मिलाउन ! कति रोप्छौ आँफु हिलिएर दुस्खमा अर्काको भकारी भर्न धान आउ साईला आज धित मरुन्जेल बात मारम ! आकासको फैलावट हेरेर बिर्सिदिउँ हात फिँजाउन नदीको लम्बाई हेरेर बिर्सिदिउँ हात लम्काउन धर्तीको प्रेम हेरेर बिर्सिदिउँ हात थाप्न तिमी र म बसेर आजसम्म नमारेका बात मारम र, वर्षा बनेर बर्सिदिउँ हात थापेर बसेको न्यायको खडेरीमाथी ! फुकाल्देउ जोताराहरू र फुक्काफाल बनाईदेउ गोरुहरू आज मलाई तिनीहरू चरेको हेर्ने रहर छ खोलिदेउ हलो र जुवाहरू आज मलाई स्वतन्त्रताको नयाँ अभ्यास देख्न मन छ फालिदेउ खोलेर हडम्लो कान्लातिर आज मलाई ईतिहास गन्हाएको सुघ्न मन छ साईला! आज मलाई तिमीसँग भलाकुसारी गर्ने ठूलो धोको छ ! हिजो तिम्री ठुली छोरीको शीरमा फूल रोपेर आज उसको जिन्दगीको बगैँचा उजाड बनाउने को हो ? सानी छोरीलाई छाउगोठ नलगी हुँदैन भनेर तिमीलाई जबर्जस्ती गर्ने को-को हुन ? एउटा छोरो नपाई बैतर्नी तरिदैन भन्ने पण्डित को हो ? तिम्री श्रीमतीलाई बजारिया मूल्य तोक्ने को-को हुन ? कसले लगाएको हो पति गुमाएको बर्षदिन नपुग्दै तिम्री आमालाई बोक्सीको आरोप ? भनन साईला किन चुप बस्छौ आँखामा दरिद्रताको पट्टी लगाएर ! मुखमा ऋणको लुडी लगाएर ! किन चुडिएका छन तिम्रो दौराको तुनाहरू ? तिमीले लगाएको चप्पल जुन तिम्रा गोडासँग झगडा गरिरहेछन कस्को दया हो त्यो ? तिम्रो कम्मरसँग मिलेर बस्न नसकेको पाइन्ट कस्को दान हो त्यो ? भनन साईला क- कस्ले तिमीसँग के- कस्तो सर्त राखेका छन ? रातभर रोएर किन भिजाउछौ दुस्खको सिरानी ! दिनभर हाँसेझै गरेर किन सकाउछौँ एकबारको परानी ! किन काँस फुलेको देखेर टोलाउदैछौ ? किन उन्युको जिन्दगी हेरेर मुस्काउदैछौ ? नियतीको अचानोमा राखेर जीवन किन उचाल्दैछौ जिजीविषाको भुत्ते आँसी ? भनन साईला कसकसले धम्क्याएको छ तिमीलाई ? सामन्तीहरूले मन नपराउने पसिना आज तिमी र म सँगै बसेर सुँघौ आउ आउ साईला आज धित मरुन्जेल बात मारम ! मालिकहरूले आफ्नो धङधङी कायम राख्न नङको पिँधमा लगाईदिएको निलो मसी जस्ताको तस्तै रहेछ भगवानको चाकरी गर्न पल्केकाहरूले मन्दिर छोएको आरोपमा लगाएको कोर्‍आ ज्युँ का त्युँ रहेछ भनन साईला तिम्रो मौनता कहिले आँधी बन्छ ? तिम्रो सहनशीलता कहिले आगो बन्छ ? थाह छ साईला ! हिजो मैले खुर्पेटोबाट खुर्पा निकालेर हिँडेपछि नजिक आउन डराएका छन अर्काको जिन्दगी चिहाउन तन्किने घाटीहरू पिएर उन्मुक्तिको भाँङ नाँचेपछि ताण्डव नाँच रोकिएका छन समाजका नर्तकीहरूका गोडाहरू तरुनि साईला म एक्लैले यसो गर्दा उनीहरूको नजरमा म बहुलाहा हुने खतरा बढेको छ त्यसैले मिल्काएर आउ न भारी दैनिकी एकैछिन भलाकुसारी गरम ! (उक्त कविता \'राष्ट्रिय कविता प्रतियोगिता २०७५ \'मा प्रथम स्थान हाँसिल गर्न सफल भएको थियो )
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies