Khabar Dabali Logo
  December 6, Fri

श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि मतदान

श्रीलङ्का। श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि आज शनिबार मतदान भइरहेको छ । सुरक्षा र आर्थिक सुधारको विषयलाई मुख्य एजेण्डा बनाएर उम्मेदवारहरुले मतदातासँग मत मागेका थिए । स्थानीय समयानुसार विहान ७ बजे मतदान सुरु भएको थियो भने, बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

मतदानका लागि देशभरी १२ हजार भन्दा बढी मतदान केन्द्रहरु राखिएको छ । निर्वाचनलाई स्वतन्त्र, पारदर्शी, निष्पक्ष र भयरहित बनाउन ६८ हजार सुरक्षाकर्मीहरु परिचालन गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

मतदान सकिना साथ शनिबार नै मत गणना सुरु गरेर आइतबारसम्ममा मत परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ । राष्ट्रपति चयनका लागि एक करोड ६० लाख मतदाता रहेका छन् भने ३५ जना उम्मेदवार चुनावी प्रतिश्पर्धामा रहेका छन् ।

राष्ट्रपतिमा निर्वाचित हुन उम्मेदवारले कुल मतदाता मध्ये कम्तीमा ५० प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था रहेको छ ।

यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाएनन् भने शीर्ष स्थानका दुई उम्मेदवारमध्ये मतदाताले दोस्रो प्राथमिकतामा हालेको मतको आधारमा विजेता घोषणा गराउने व्यवस्था रहेको छ । वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई प्रतिस्थापन गर्नेगरी हुन लागेको निर्वाचनमा दुई जना उम्मेदवारहरुका बीचमा मुख्य प्रतिश्पर्धा हुने देखिएको छ ।

पूर्व रक्षा सचिव गोतावाया राजापाक्षे र आवास मन्त्री सजिथ प्रेमादासका बीचमा प्रतिश्पर्धा हुने देखिएको हो ।दुवै जनाले राष्ट्रिय सुरक्षा, असल शासन, आर्थिक विकासलगायतका विषयलाई मुख्य चुनावी एजेण्डा बनाएका छन् ।

राजापाक्षेले रक्षा सचिव हुदाँ लिबरेसन तमिल टाइगरस (लिट्टे)सँग भइरहेको झण्डै तीन दशक लामो गृहयुद्ध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेकाले उहाँले जित्ने संभावना बढी रहेको धेरैको भनाई छ ।

अर्कातर्फ ५२ बर्षीय प्रेमादास पनि हत्या गरिएका पूर्व राष्ट्रपति रानासिंघे प्रेमादासको छोरा भएकाले त्यो सहानुभूति मत मार्फत् प्रकट हुने विश्वास गरिएको छ । उहाँ सत्तारुढ दलका उम्मेदवार छन् । रानासिंघेको सन् १९९३ मा आत्मघाती हमलामा परी मृत्यु भएको थियो ।

सन् २००९ मा गृहयुद्ध अन्त्य भएपछिको यो तेस्रो निर्वाचन हो । प्रतिस्पर्धामा वर्तमान राष्ट्रपति मैत्रीपाल सिरिसेना भने सहभागी भएका छैनन् । श्रीलङ्कामा २ सय ५० जना भन्दा बढी मानिसको मृत्यु भएको आतङ्कवादी हमलाको सात महिनापछि अहिले निर्वाचन भएको हो । सो घटनाका कारण राष्ट्रपति सिरिसेनाको आलोचना भएकाले उहाँ अहिले उम्मेदवार नबन्नु भएको विश्लेषण गरिएको छ ।

इस्लामिक स्टेट समूहसँग सम्बद्ध व्यक्तिहरूले श्रीलङ्का गिर्जाघर र होटलहरूमा शृङ्लाबद्ध विस्फोटन गराउँदा कम्तीमा २ सय ५३ व्यक्तिको मृत्यु भएको थियो । सरकारले त्यो घटना हुनुमा गुप्तचरी निकाय तथा सुरक्षा निकायको कमजोरी रहेको स्वीकारेको छ ।

अहिले श्रीलङ्कामा राष्ट्रिय सुरक्षा सबैभन्दा ठूलो मुद्दा बनेको छ । त्यसैले उम्मेदवारहरुले अल्पसंख्यको समानता, बेरोजगारी, अन्य सामाजिक विषय, गरिबी अन्त्य, गुणस्तरीय घर निर्माण लगायतका विषयलाई सवै उम्मेदवारहरुले उठाएका छन् ।

अन्तर्राष्ट्रिय विषयमा भने दुई प्रमुख प्रतिश्पर्धीले फरक फरक धार समातेका छन् । राजापाक्षले श्रीलङ्कालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्नु पर्ने पक्षलाई लिनु भएको छ भने प्रेमादासले भारत र अमेरिकासँग थप सम्बन्ध विस्तार गर्नु पर्ने तर्क गरेका छन् ।एएनआई

कात्तिक ३० गते, २०७६ - २२:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बीग मर्जरको सुरुवात : आजदेखि ग्लोबल आइएमइ र जनता बैंक एकीकृत काराेबारमा

बीग मर्जरको सुरुवात : आजदेखि ग्लोबल आइएमइ र जनता बैंक एकीकृत काराेबारमा

काठमाडौं । निजी क्षेत्रका दुई ठूला अग्रणी वाणिज्य बैैक ग्लोबल आइएमइ बैंक र जनता बैक एकीकृत भएका छन्...   

राजधानीको यी स्थानहरुमा भोली सवारी साधन चलाउन नपाइने

काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार...   
गल्फमा नेपाललाई दुई स्वर्ण

गल्फमा नेपाललाई दुई स्वर्ण

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत गल्फ खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको...   

समृद्धिका लागि पाँच आधार तय गरिएको छ : उपप्रम पोखरेल

काठमाडाैं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कृषिमा आधुनिकीकरण, उद्योगको विकास, ऊर्जा,...   
बलात्कार आरोपी सिद्धबाबालाई एम्बुलेन्समा हालेर अदालत लगियो

बलात्कार आरोपी सिद्धबाबालाई एम्बुलेन्समा हालेर अदालत लगियो

विराटनगर । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदासजी महाराजलाई विराट नर्सिङ होम बाट एम्बुलेन्समा...   
पाँच हजार मिटर दौडमा नेपाली धावक पार्कीलाई स्वर्णपदक

पाँच हजार मिटर दौडमा नेपाली धावक पार्कीलाई स्वर्णपदक

काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ((साग) अन्तर्गत एथ्लेटिक्सको पाँच हजार मिटर दौडमा...   

जङ्गली हात्तीको डरले रातभर जाग्राम बस्न बाध्य गाउँले

झापा । झापाको मेचीनगर नगरपालिका–१३ स्थित कालीझोडा र १५ नं वडाको ज्यामिरगढीका बासिन्दालाई जङ्गली हात्तीले...   
एनसेलद्वारा रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिगुलाई २ लाख पुरस्कार हस्तान्तरण

एनसेलद्वारा रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिगुलाई २ लाख पुरस्कार हस्तान्तरण

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्र...   
यस्तो रह्यो आजको बिदेशी विनिमय दर

यस्तो रह्यो आजको बिदेशी विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३...   
डाक्टरको बलात्कार र हत्याका चार आरोपीको प्रहरी इन्काउन्टरमा मृत्युु

डाक्टरको बलात्कार र हत्याका चार आरोपीको प्रहरी इन्काउन्टरमा मृत्युु

भारत । दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार सन्दिग्ध...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top