Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

आपराधिक राजनीतिको अर्को नाम : कांग्रेसी सांसद मोहमद आफताव आलम

काठमाडौं । राजनीतिकको घेराभित्र राम्रा र सबैको भलो चाहने मात्र होइन् डरलाग्दो आपराधिक अनुहारहरु पनि लुकेका हुन्छन् । अपराधको हदसम्म गिरेका उनिहरुले राजनीतिलाई जनताको सेवामा होइन् सर्वशक्तिमान बन्न र आफ्नो आपराधिक शक्तिलाई अझ विस्तार गर्न लागिपरेका छन् । ती आपराधिक मनोविज्ञानले भरिएका व्यक्तिहरु देख्दा सज्जन र दानी तर अन्तरमा डरलाग्दो अनुहारका छन् ।

आपराधिक व्यक्तिहरु विभिन्न पार्टीको ओतमा छन् भन्दा अतियुक्ति हुँदैन् । उनिहरु पार्टीलाई सहयोग गर्छन् र आफ्नो आपराधिक राजलाई विस्तार गर्छन् । त्यहि पार्टीभित्र आफ्नो वर्चश्व कायम राख्न पनि अपराधको कर्ममा लागिरहन्छन् । हो त्यस्तै डरलाग्दो र अपराधभित्रको पनि एउटा कथाभित्रका पात्र हुन् नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्रीसमेत भईसकेका मोहम्द आफताब आलम ।

रौतहट क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांगे्रस सांसद आलम राजनीति भित्रको डरलाग्दो आपराधिक अनुहार हुन् । राजनीतिलाई सर्वशक्तिमान बन्न प्रयोग गरेका उनले कतिपय आपराधिक घटना लुकाउन हदैसम्मको अपराधसमेत गरेका छन् ।

०६४ सालमा संविधानसभा निर्वाचनको बेला बम विस्फोट गराएर जित्ने ध्याउनमा पुगेका उनले बम घरमै पड्किएर २ जनाको ज्यान गएपछि त्यो घटनालाई लुकाउन बाँकी रहेका घाईतेसहित सबैलाई जिउँदै इट्टा भट्टामा हालेर जलाएका थिए । पूर्वमन्त्रीसमेत रहेका उनले बम काण्डलाई लुकाउन ०६४ चैत्र २७ मा २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेका थिए ।

घटना छोप्न २३ जनालाई जिउँदै जलाईयो, जाहेरी दिनेलाई रहस्यमय रुपमा मारियो

किटानी जाहेरीमा उल्लेख भएअनुसार ०६४ मा भएको संविधानसभा निर्वाचनमा संविधान सभा सदस्य पद जित्नको लागि उम्मेदारी दिएका आलमले माहोल बनाउन बम विस्फोटको योजना बनाए । तर बम बनाउँदै गर्दा ०६४ चैत्र २७ मा आफ्नै काका पूर्वमन्त्री शेख इद्रिसको घरमा बम विस्फोट भयो । विस्फोटमा त्रिलोकप्रताप सिंह र ओसीअत्तर मियाँसहित २१ भारतीय नागरिक घाईते भए । उक्त घटनाबाट आफुँ पक्राउ पर्ने र घटना खुल्ने डरले उनले घाइते सबैलाई जिउँदै इँटाभट्टामा हालेर जलाए ।

उनी विरुद्धको जाहेरी दिएका प्रत्यक्षदर्शीले घटनाका घाईतेलाई आततायी किसिमबाट भट्टामा हाली जलाएको बताएका थिए । प्रत्यक्षदर्शीले दिएको बयानअनुसार बम विस्फोट भएको घर नजिकै आगोमा हाली ती सबैलाई जलाईएको थियो ।

पछि उनिविरुद्ध जिल्ला प्रहरी कार्यालय रौटहटमा उजुरी दिने मृतक ओसीअत्तर मियाँकी आमा रोक्सना खातुनको रहस्यमय ढंगले मृत्यु भएको थियो । उनले कांग्रेस नेता आलमसहित मोहताप आलम, माविन आलम, शेषराज र शेष भदैसमेत गरि ५ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । पछि किटानी जाहेरी दिने रोक्सना खातुनको रहस्यमय रुपमा मृत्यु भएको थियो । खातुनलाई अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । मृतककी आमा खातुनलाई स्थानीयहरु मोहमद अफ्ताव आलमले नै मार्न लगाएको बताउँछन् ।

शक्तिको भरमा सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्विकार गरेको

सोक्सना खातुनले जिल्ला प्रहरी कार्यालय, रौतहटमा दर्ता गरेको किटानी जाहेरी कांग्रेसी सांसद मोहम्हद अफ्ताव आलमको दबाबका कारण सरकारी वकिल कार्यालय मुद्दा चलाउन अस्विकार गरेका थियो । सरकारी वकिल कार्यालयले आरोप प्रमाण र तथ्यगत नभएको बताएको थियो ।

पहुँच र शक्तिकेन्द्रको दबाबमा आलमविरुद्धको मुद्दा फिर्ता भएपछि पीडित सर्वौच्च पुगेका थिए । त्यससमय न्यायाधीशद्धय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले आरोपितलाई पक्राउ गर्न र कारबाही प्रक्रिया अगाडि बढाउन परमादेशको आदेश जारी गरेको थियो । घटना भएको करिब ५ वर्षपछि अर्थात ०६९ जेठ १६ मा सर्वौच्चको परमादेश आदेशले पक्राउ गरि कारबाही थाल्नु भनेपनि हालसम्म जिल्ला प्रहरी कार्यालय रौतहटले खोजी भईरहेको जवाफ दिँदै आएको थियो तर आलमले भने त्यहिबीच प्रतिनिधि सभामा सांसद बनी माननीय बनेर सलामी खाईसकेका थिए ।

सर्वौच्चको आदेशपछि पनि दुईपटकसम्म चुनावी मैदानमा

सर्वौच्चले पक्राउ गर्न परमादेशको आदेश जारी गरेपनि जिल्ला प्रहरी कार्यालय खोजी भन्दै टारीरह्यो । शक्तिकेन्द्रको आडमा पक्राउ नपरेका आलमले ०७० सालमा भएको दोस्रो संविधानसभामा निर्वाचनमा पनि उम्मेदवारी दर्ता दिएर चुनावी मैदानमा उत्रिएका थिए । आलम ७० सालको निर्वाचनमा हारेपनि ०७४ को सालको प्रतिनिधि सभाको निर्वाचनमा भने जित हाँसिल गरेका छन् ।

कांग्रेसी नेता मोहम्मद आफताव आलमले गत ०७४ मंसिरमा भएको प्रतिनिधिसभा तर्फको निर्वाचनमा रौटहट क्षेत्र नं. २ बाट फोरम सांसद किरणकुमार शाहलाई हराएका थिए । उनले करिब २ हजारको मतअन्तरले हराउँदै जीत हाँसिल गरेका थिए ।

पटकै विच्छे सांसद र मन्त्री बने आलम

आलम ०५४ सालमै मन्त्री बनिसकेका थिए । उनि तत्कालीन प्रधानमन्त्री सुर्यबहादुर थापाको मन्त्रिपरिषदमा श्रम तथा यातायात सहायक मन्त्री थिए । पछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा ०५७ सालमा सरकार बन्दा वनमन्त्री बनेका थिए । पछि शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्दा उनि भूमिसुधार मन्त्री बनेका थिए ।

०६४ मा भएको संविधानसभा निर्वाचनमा आतंक फैलाएर जितेका आलमले सांसद मात्रै होइन मन्त्री पनि बनेका थिए । आलम ०६६ मा माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषदमा श्रममन्त्री बनेका थिए ।

अन्ततः १२ वर्षपछि पक्राउ परे आलम

०६९ जेठ १६ को सर्वौच्चको आदेश र गत चैत्र ८ मा फैसला कार्यान्वयन निर्देशनालयको आदेश अनुसार बमकाण्डका मुख्य दोषी मोहम्द आफताव आलमलाई रौतहट प्रहरीले गत आइतबार बिहान पक्राउ गरेको छ । प्रतिनिधि सभा सदस्य रहेकै अवस्थामा आलमलाई प्रहरीले १२ वर्षअघि भएको बमकाण्ड र २३ जनाको हत्याको अभियोगमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । प्रमाण नपुगेको भन्दै सरकारी वकिल कार्यालयले फिर्ता गरेको मुद्दामाथि पुनः अनुसन्धान सुरु भएको छ । कांग्रेसका पूर्व केन्द्रीय सदस्यसमेत रहेका आलमलाई सर्वौचले आदेश दिएको झण्डै सात वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

रोक्सना खातुनले ०६५ सालमा आफ्ना छोराको हत्या गर्नेविरुद्ध दिएको जाहेरी

\"\"
\"\"
\"\"

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies