Khabar Dabali Logo
  May 30, Sat

जापानमा आँधी प्रभावितलाई सहयोग गर्न लाखौं डलरको बन्दोबस्त

टोकियो । जापान सरकारले हागिबिस नाम दिइएको आँधीबाट पुगेको जनधनको क्षतिका लागि दशौं लाख अमेरिकी डलर विनियोजन गरेको जनाएको छ । जापानको इतिहासमा निकै शक्तिशाली मानिएको यस आँधीबाट देशभर कम्तीमा ७४ जनाको मृत्यु भएको थियो ।

हागिबिस आँधी गत शनिबार शुरु भएर देशैभर फैलिएको थियो । तिब्र बेग र वर्षाका कारण जनजीवन तहसनहस भएको थियो । देशका विभिन्न भागमा बाढी, पहिरो आएको थियो ।

बुधबार मध्यसम्ममा आँधीका कारण मृत्यु हुनेको संख्या ७४ पुगेको छ । अझै पनि दर्जनौं मानिस बेपत्ता रहेको खोज तथा उद्धार निकायहरुले जनाएका छन् ।

प्रधानमन्त्री शिन्जो आबेले आँधी प्रभावित क्षेत्रका लागि आपतकालीन कोषबाट खर्च गर्नेगरी तत्काल ६५ लाख अमेरिकी डलर विनियोजन गरिएको जानकारी दिए। सरकारले आँधी प्रभावित ३०० भन्दा बढी नगरपालिकालाई अनुदानको रुपमा उक्त रकम वितरण गर्न लागेको हो ।

प्रधानमन्त्री आबेले जनजीवन जतिसक्दो चाँडो सामान्य बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरेका छन् । बुधबार बिहानसम्म १० हजारभन्दा बढी घरपरिवारमा विद्युत सेवा उपलब्ध हुन सकेको छैन भने एक लाख १० हजारभन्दा बढी घरमा खानेपानीको अभाव छ ।

सरकारका प्रवक्ता योशिहिदे सुगाले आँधी प्रभावित इलाकामा खोज तथा उद्धारका कार्यहरुलाई युद्धस्तरमा सञ्चालन गरिरहेको जानकारी दिए । निकै भारी वर्षा भएका कारण नदीहरुमा पानीको सतह बढेको र देखिएको जमिनमा पनि हिलो जमेको छ, उनले बताए ।

प्रवक्ता योशिहिदेले स्थानीयबासीलाई पहिरो आउन सक्ने खतराका बारेमा सचेत रहन सूचना गरिएको बताए ।

आँधीबाट खासगरी देशको उत्तरपूर्वी भेग नराम्रोसँग प्रभावित भएको छ । फुकुसिमा क्षेत्रमा मात्र २६ जनाको ज्यान गएको थियो । एएफपी

अशोज २९ गते, २०७६ - १६:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरहामा थप ११ जनामा कोरोना संक्रमण

सिरहामा थप ११ जनामा कोरोना संक्रमण

सिरहा । सिरहामा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित एघारै जना भारतको विभिन्न...   
अमेरिकाको दर्जनौं शहरमा हिंसा भड्किएपछि सैन्य प्रहरी तैनाथ

अमेरिकाको दर्जनौं शहरमा हिंसा भड्किएपछि सैन्य प्रहरी तैनाथ

New York City. Manhattan downtown skyline with illuminated Empire State Building and skyscrapers at sunset. जेम्स ल्यापोर्टा । संयुक्तराज्य अमेरिकाका दर्जनौं शहरहरूमा...   

सिमानामा क्वारेन्टिन निर्माण गर्न माग

जाजरकोट । कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहँदा दिनहुँ बाहिर जिल्ला र विदेशबाट आउनेले प्रहरीलाई झस्काउने...   

भारतमा रेल सेवा सञ्चालनमा आएसँगै स्वदेश भित्रिनेको चाप बढ्यो : तर क्वारेन्टिन बढेन

कञ्चनपुर । भारतमा रेल सेवा सञ्चालनमा आएसँगै स्वदेश फर्कने नागरिकहरुको सङ्ख्या दैनिक बढ्दो रहेको...   

कोरोना भाइरसबाट विश्वमा ३ लाख ६६ हजार भन्दा बढीको मृत्यु, ६० लाख ३५ हजार संक्रमित

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६६ हजार ९२८ पुगेको छ...   

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर १८ वर्षीय भुवन बोहराको मृत्यु

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–८ उदासीमा आज माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एकजनाको मृत्यु...   

कोरोना सङ्क्रमितलाई आयुर्वेदिक औषधि

स्याङ्जा । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार गराइएका...   

संविधान संशोधनबारे छलफल गर्न काँग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल गर्न...   

भारतमा अहिलेसम्मकै धेरै जनामा कोरोना सङ्क्रमण, पछिल्लो २४ घण्टामा ८ हजार सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएका छन् ।...   

एमसीसी अनुमोदन गर्ने/नगर्ने जिम्मेवारी संसदको भएको नेकपाको निर्णय

काठमाडौं । एमसीसी अनुमोदन गर्नेरनगर्ने निर्णय संसदले गर्ने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top