Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

विवाह समारोहमा बम विस्फोटः ६३ जनाको मृत्यु, १८० जनाभन्दा बढी घाइते

अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा गराइएको बम विस्फोटनमा परेर ६३ जना मारिएको र १८० जनाभन्दा बढी मानिस घाइते भएका छन्।

प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार एक आत्मघाती हमलाकारीले विवाह समारोहमा बम विस्फोट गराएका थिए। विस्फोटनपछि धेरै मानिस हताहत भएको देखेको उनीहरूले बताए।

स्थानीय समयअनुसार राती २२:४० बजे शहरको पश्चिम भागमा रहेको शिया मुस्लिम बहुल क्षेत्रमा उक्त विस्फोट भएको थियो।

कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

तालिबान, इस्लामिक स्टेट समूह र सुन्नी मुस्लिम विद्रोहीहरूले अफगानिस्तान र पाकिस्तानमा रहेका शिया हजारा अल्पसङ्ख्यकहरूलाई बारम्बार निसाना बनाउने गरेका छन्।

काबुलको एक प्रहरी चौकीमा १४ जनाको ज्यान जाने र १५० जनालाई घाइते तुल्याउने गरी ठूलो बम विस्फोटन गराइएको १० दिनपछि पछिल्लो हमला भएको छ।

तालिबानले पछिल्लो हमला आफूले गराएको बताएको छ।

शुक्रवार पाकिस्तानको क्वेटा सहरमा एक मस्जिद नजिकै राखिएको बम विस्फोट हुँदा तालिबान नेता हिबतुल्लाह अखुन्डजादाका भाइ मारिएका थिए। त्यो आक्रमणको कुनै समूहले जिम्मेवारी लिइसकेको छैन।

अफगानिस्तानको गुप्तचर निकायको एक सूत्रले बीबीसीलाई बताएअनुसार तालिबान नेता हिबतुल्लाह अखुन्डजादा आफैँ त्यो मस्जिदमा प्रार्थना गर्न जाने कार्यक्रम थियो। सायद उनैलाई निसाना बनाउने योजना थियो।

अफगानिस्तानमा हजारौँ सैनिक खटाएको अमेरिका र तालिबान शान्ति सम्झौताको नजिक पुगेको भनिएको बेला अफगानिस्तानमा तनाव बढेको छ।

पछिल्लो घटनाबारे के थाहा छ ?

आन्तरिक मन्त्रालयका प्रवक्ता नस्रत राहिमीले पुष्टि गरेअनुसार शनिवारको विस्फोटनमा गैरसैनिकहरू हताहत भएका छन् तर उनका अनुसार त्यसबारे विस्तृत विवरण सङ्कलन गर्ने काम अझै चलिरहेको छ।

अफगानिस्तानमा हुने विवाह समारोहमा सयौँ पाहुनाहरू सहभागी हुने गर्छन्। उनीहरू ठूला हलमा जम्मा हुन्छन्, जहाँ महिला र केटाकेटी तथा पुरुषहरू छुट्टाछुट्टै समूहमा बस्छन्।

विवाहमा सहभागी एक पाहुना मोहमद फार्हागले आफू महिला बस्ने खण्डतिर गएको बेला पुरुषहरू भएतिर ठूलो आवाजमा विस्फोट भएको सुनेको बताए।

त्यसपछि सबैजना रुँदै र कराउँदै बाहिर निस्किन थाले, उनले भने, २० मिनेट जति हलमा धुवाँ नै धुवाँ देखियो। पुरुषहरू भएतिर लगभग सबैजना मृत अवस्थामा वा घाइते भएर लडिरहेका थिए। घटनाको दुई घण्टापछि हताहत भएका मानिसलाई हल बाहिर लैजान थालियो।

तालिबानका एक प्रवक्ताले आफ्नो समूहले पछिल्लो आक्रमणको कडा निन्दा गरेको बताए।

सञ्चार माध्यमलाई पठाएको सन्देशमा जाबिउल्लाह मुजाहीदले लेखेका छन्, महिला र केटाकेटीलाई निसाना बनाउँदै उनीहरूको क्रुर हत्या गर्ने यस्ता कार्यको औचित्य कहिल्यै पुष्टि हुन सक्दैन।

शान्ति वार्ता कसरी चल्दैछ
तालिबान र अमेरिकी प्रतिनिधिहरूले कतारको राजधानी दोहामा शान्ति वार्ता गरिरहेका छन्। दुवै पक्षले वार्तामा प्रगति भएको बताइरहेका छन।

शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीटरमा सन्देश लेख्दै दुवै पक्षले ुसम्भव भएसम्म सहमति जुटाउने प्रयास गरिरहेकोु बताए।

त्यो सहमति अनुसार अफगानिस्तानमा खटिएका अमेरिकी सेनाहरू क्रमबद्ध रूपमा हट्न थाल्ने र तालिबानले अफगानिस्तानबाट कुनै पनि अतिवादी समूहले अमेरिकी निसानामा आक्रमण नगर्ने सुनिश्चित गर्नुपर्ने छ।

त्यसअनुसार तालिबानले अफगानिस्तानको सरकारी टोलीसँग वार्ता गर्दै शान्तिको खाका तयार पार्दै युद्धविराम गर्ने भनिएको छ। तर अमेरिकी सेना हट्ने समयतालिका नबनेसम्म तालिबानहरू अफगानिस्तान सरकारसँग वार्ता नगर्ने अडानमा छन्।

सन् २००१ मा सत्ताबाट हटाइएको तालिबानले अहिले आफ्नो पकड क्षेत्र निकै धेरै विस्तार गरिसकेको छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies