Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

अमेरिकासँग वार्ता गर्न तयार रहेको इरानी राष्ट्रपतिको भनाई

इरानी । इरानका विरुद्धमा लगाइएको नाकाबन्दी हटाउने हो भने इरान अमेरिकासँग वार्ताको टेबलमा बस्न तयार रहेको इरानी राष्ट्रपति हसन रौहानीले बताएका छन् ।

उनले भने – यदि अमेरिकाले इरानका विरुद्धमा लगाइएका नाकाबन्दीहरुलाई हटाउँछ भने हामी उनीहरुसँग वार्ताको टेबलमा बस्न तयार छौँ ।

हामी सधैँ वार्ताकै पक्षमा हो र जुनसुकै समयमा पनि वार्तामा बस्न हामी तयार नै छौँ तर पनि अरुलाई होच्याउने काम छोड्नुपर्छ र हामीमाथि लगाइएका नाकाबन्दीहरु सबै खारेज हुनुपर्छ– राष्ट्रपति रौहानीले आइतबार जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ ।

अमेरिका तर्कका साथ प्रस्तुत हुनुपर्ने पनि उनले बताएको उनलाई उद्धृत गर्दै इरानी समाचार समिति मेहर न्युज एजेन्सीले जनाएको छ ।

सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौताका पक्षराष्ट्रहरु जर्मनी, फ्रान्स र युरोपेली युनियनका अरु नेताहरुले पनि आइतबार पछिल्लो समयमा इरानमा बढ्दो बिवादबाट आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।

उनीहरुको सो प्रतिक्रियापछि आइतबारै इरानी राष्ट्रपति रौहानीको सो भनाई बाहिर आएको छ । उहाँले यसअघि जस्तै आइतबार पनि इरान सधैँ वार्ताको पक्षमा रहेको धारणा राखेको हो ।
गएको मे महिनामा अमेरिकाले इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौता एकतर्फी रुपमा तोडेको थियो । सो वार्ता तोडेपछि अमेरिकाले इरानमाथि एकलौटी रुपमा नाकाबन्दी लगाएको थियो ।

अमेरिकाको सो निर्णयपछि इरानले पनि ६० दिनको चेतावानी दिएको र त्यतिबेला पनि युरोप र अमेरिकाले उक्त निर्णय नसच्याएपछि इरानले पनि सो सम्झौता तोडेको घोषणा गरेको थियो ।
यसैकारण गएका केही महिनायता अमेरिका र इरानबीचको विबाद झन बढ्दै गएको छ । इरानमाथि युरोपेली राष्ट्रहरुले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरिरहेका छन् ।

यसै दबाबका कारण पनि इरानका राष्ट्रपति रौहानीले यो पछिल्लो वार्ताको प्रस्ताव गरेको अनुमान गरिएको छ । इरानको यो वार्ताप्रस्तावपछि अमेरिकाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।सिन्ह्वा

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies