Khabar Dabali Logo
  July 17, Wed

ट्रम्पले दुई दिने दक्षिण कोरियाको भ्रमण गर्ने

सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्न लाग्नु भएको छ । दक्षिण कोरियाको राष्ट्रपति भवन ब्लु हाउसले सोमबार उक्त जानकारी दिएको छ ।

ब्लु हाउसमा प्रवक्ता को मिन जुङ्गले एक पत्रकार सम्मेलनमा ट्रम्पले अगामी शनिबारबाट दक्षिण कोरियाको दुई दिने भ्रमण गर्न लाग्नु भएको बताएका छन् । सो भ्रमणको क्रममा ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग आइतबार भेटवार्ता गर्न हुने जनाइएको छ ।

यस भेटवार्ताको क्रममा दुई देशबीच अझै गहिरो सम्बन्ध र सहयोगलगायत कोरियाली प्रायद्वीपमा निसश्त्रिकरणको विषयमा छलफल हुने प्रवक्ताले जानकारी दिनु भएको छ ।
मुन र ट्रम्पकोबीच तीन महिना भन्दा पनि कम समयमा पुनः भेटवार्ता हुन लागेको बताइएको छ । यसअघि गत अप्रिलमा यी दुई नेताबीच भेटवार्ता भएको थियो ।

ट्रम्पले सन् २०१७ को नोभेम्बरमा दक्षिण कोरियाको राजधानी सोलको भ्रमण गर्नु भएको थियो । दक्षिण कोरियाको भ्रमण गर्नुअघि जापानको ओसाकामा हुने जि२० सम्मेलनमा शुक्रबार र शनिबार ट्रम्पले सहभागीता जनाउनु हुने जनाइएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनको निमन्त्रणामा ट्रम्पको यो भ्रमण हुने लागेको ब्लु हाउसका प्रवक्ताले जानकारी दिएका छन् । सिन्हवा

असार ९ गते, २०७६ - १५:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इलाममा हतियारसहित २ जना पक्राउ

इलाम । इलाम नगरपालिका–३ मकैबारीमा चार नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...   

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ७८ पुग्यो, अझै यी स्थानहरुमा भारी बर्षाको संभावना

काठमाडौं। देशको पहाडी तथा तराईका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । फलस्वरुप देशका पहाडी...   

चितवनमा हात्तीको आक्रमणबाट घटनास्थलमै एक जनाको मृत्यु

चितवन । पूर्वी चितवनको रत्ननगरमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

हेटौंडाबाट फाखेल हुँदै काठमाडौँ जाने सडक अवरुद्ध

काठमाडौं । वर्षाको कारण हेटौंडाबाट फाखेल हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग अवरुद्ध भएको छ । वर्षाका...   

उद्धार र राहतमा केन्द्रित हुन मन्त्री यादवको निर्देशन

सिरहा । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त...   

वडासचिव कार्यालयमै मदिरामा पिएर लठ्ठ अवस्थामा भेटिएपछि…

काठमाडौं । कञ्चनपुरमा कार्यालयमै मदिरामा लठ्ठ अवस्थामा भेटिएका एकजना वडा सचिवलाई प्रहरीले पक्राउ...   
खुट्टा ढोग्न निहुरिएकी गर्भवती छोरीमाथि चक्कु प्रहार, शव फुटपाथमा भेटियो

खुट्टा ढोग्न निहुरिएकी गर्भवती छोरीमाथि चक्कु प्रहार, शव फुटपाथमा भेटियो

काठमाडौं। भारतको मुम्बईस्थित घाटकोपरक्षेत्रमा दुई दिन अघि भएको २० वर्षे गर्भवती युवतीको हत्याको...   

बजारमा सुनको मुल्य कति छ ?

काठमाडौं । पछिल्लो केहि दिनदेखि सुनको मुल्य नेपाली बजारमा स्थिर रहेको छ । गत शुक्रबारदेखि सुनको मुल्यमा...   

मंगलबार बिहानै ६.० म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको बालीमा मंगलबार बिहानै ६.० म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले...   
अमेरिकी राष्ट्रपति ट्रम्प र चार महिला सांसदबीच आरोप प्रत्यारोप

अमेरिकी राष्ट्रपति ट्रम्प र चार महिला सांसदबीच आरोप प्रत्यारोप

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देश फर्कन भनेका आप्रवासी मूलका चार महिला सांसदहरूले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top