Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

के एग्जिट पोलको नतिजामाथि भर मान्न सकिन्छ ?

एजेन्सी । लोकसभा चुनावको मतदान सकिए लगत्तै विभिन्न सञ्चार माध्यममार्फत चुनावको हारजित बारे अनेकन खालका अड्कलबाजीहरु भएका छन् । मतदान सकिए लगत्तै गत आईतबारदेखि विभिन्न टेलिभिजन च्यानलले यसबारे एग्जिट पोलका मार्फत नतिजाहरु सार्वजनिक गरिरहेका छन् । साथै एग्जिट पोलको नतिजासँगै अनेकन राजनीतिक बहसहरु पनि चलाइएका छन् ।

एग्जिट पोलको नतिजाले भारतीय राजनीतिमा ठुलो तरंग पैदा गराएको छ । जसको कारण एग्जिट पोलबारे अनेकन गम्भीर टिप्पणी आएका छन् । आगामी ५ वर्षसम्मको देशको राजनीतिलाई सांकेतिक रुपमा देखाइएको एग्जिट पोलको अड्कलबाजी बारे कतिपयले यस्तो टिप्पणी गरे जसले एग्जिट पोल सञ्चालकमाथि नै गम्भिर आरोपसमेत लगाएको छ । ‘सबैभन्दा ठूलो नमुना’, ‘सर्वमान्य वैज्ञानिक तथ्य’ अनि अन्तिम नतिजा जस्तो भनि प्रचार गरिरहेको अवस्थामा आएका गम्भिर आलोचनालाई समिक्षा गर्न आवश्यक छ ।

एग्जिट पोलको नतिजालाई नै अन्तिम सत्य मानिरहेका बेला कतिपय भने यो सरासर मिथ्या तथ्य भएको बताएका छन् । भारतका उपराष्ट्रपति एम. बेकैंया नायडुले पोलको विश्वसनीयतामाथि नै गम्भिर खालको प्रश्न उठाएका छन । आफ्ना शुभचिन्तकहरुसँगको अनौपचारीक कुराकानीमा नायडुले विभिन्न मिडियाहरुले गरेको दाबी मिथ्या रहेको बताएका हुन् । उनले भने, ‘एग्जिट पोल वास्तविक परिणाम हुँदैन । हामीले बुझ्न आवश्यक छ कि १९९९ देखि अहिलेसम्म अधिकतम आकंलन गलत सिद्ध भएका छन् ।’

यसैबीच चर्चित कवि कुमार विश्वासले एक ट्वीटमा एग्जिट पोलको नतिजाबारे चर्को टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘यो एग्जिट पोल चलाउने पनि एकदमै बदमाश हुन्छन् । कमसेकम २३ मईसम्म चैनसँग सुत्न त दिनु । शैतान कहिँका !’ कविले आफ्नो भाषामा नतिजा सार्वजनिक गर्ने मिडियालाई एकदमै थुत्कारेर गाली गरेका छन् । उनले यो मिडियाको शैलीलाई केटाकेटीपना भएको टिप्पणी गरेका छन् ।

भारतमा यसैपनि न्यूज टिभी च्यानलहरु मनोरंजन च्यानलमा परिवर्तन भईरहेका छन् । तथापि यिनलाई गम्भीरतापूर्वक लिनेहरु कमै छन् । केहि मानिसहरु मिडियाको यस्तो शैलीको पछाडि सट्टा बजारको खेल भएको पनि मान्छन् । कतिपय मानिस विपक्षीलाई मनोवैज्ञानिक रुपमा कमजोर पार्न सरकारले दिएको दबाब भनि मान्दछन् ।

नतिजा नआउँदै भएको यस्तो अड्कलबाजीले बन्ने सरकारले विपक्षीलाई कमजोर बनाउने मनोवैज्ञानिक हतियारको रुपमा यसलाई प्रयोग गरेको पनि टिप्पणी छ । जसको उद्देश्य अस्पष्ट जनादेश आउँदै गर्दा विपक्षलाई दावेदारी गर्ने मौकासमेत नदिई मोदी सरकारले सपथ लिने बाटो सजिलो बनाएको भन्ने आरोप छ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले त टिभि च्यानहरुले देखाएको नतिजालाई हावा गफ भन्दै यसको पछाडि नतिजा गडबढ गर्न भाजपाले गरेको ‘गेम प्लान’ भनि संज्ञा दिएकी छिन् । उनले विपक्षहरूसँग यसको खिलाफ एकजुट संघर्ष गर्नुपर्ने अपिलसमेत गरेकी छन् ।

तरपनि यसमा कसैको कुरालाई नमान्ने र एग्जिट पोलको नतिजालाई ध्यानपूर्वक हेर्ने हो भने दुईवटा कुरा बुझ्न गाह्रो पर्ने देखिन्छ । पहिलो सबै एग्जिट पोल किन एउटै निष्कर्षमा केन्द्रित छ, कि भाजपा कै नेतृत्वमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन बहुमत पार गर्छ वा उसको नजिक पुग्छ ?

सर्वथा अलग–अलग, यहाँ तक कि परस्परविरोधी राज्यबाट नतिजा दिएपनि अन्ततः अलग–अलग बाटोबाट समुन्द्र पुग्ने नदि जस्तै नतिजा भाजपाको निकट नै किन पुगेको छ ?

यस कुरालाई देशको सबैभन्दा ठुलो राज्य उत्तर प्रदेश मार्फत बुझ्न आवश्यक छ । सपा–बसपा अनि रालोद गठबन्धनले राज्यको ८० मा ५८ सिट दिनेवाला एबीपी–नील्सनले पनि राजगको बहुमत नजिक पुर्याएको छ । जबकि यसको ठिक उल्टो राज्यका ५८ सिटमा भाजपाले जित्ने भविष्यवाणी गर्ने टाइम्स नाउ–वीएमआरले पनि आखिरिमा राजगको नै जयको गित गाईरहेको छ ।

भारत जस्तो विविधता र बहुलतामा रहेको देशमा चारैतिर एउटै खालको नतिजा आउनुमै आश्चर्य मान्न मिल्छ । किनकी भारतका प्रत्येक राज्यमा त्यहाँ राज्य स्तरका दलले पनि यसअघि राम्रो नतिजा ल्याएका थिए । साथै कतिपय राज्यमा त्यहिँका दलले नै राज्य चलाएका थिए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies