Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सयौं बालबालिकामा भेटियो एचआईभी एड्स रोग लगाउने भाइरस, के भन्छन् चिकित्सक ?

दक्षिणी पाकिस्तानको सानो सहर रात्तो देरोमा एउटा अस्वाभाविक परिस्थितिको लक्षण सर्वप्रथम फेब्रुअरी महिनामा देखा पर्‍यो।

आफ्ना बच्चालाई ज्वरो निको नभएको भन्दै केही अभिभावकहरू चिकित्सकलाई गुहार्न पुगेका थिए।

केही हप्तामै अरू बालबालिकामा पनि उस्तै समस्या देखा पर्‍यो। छक्क परेर डा। इमरान आरबानीले ती बालबालिकाको रगत जाँच्न पठाए।

रक्तपरीक्षणको परिणामले उनको शङ्का पुष्टि भयो। ती बालबालिकामा एचआईभीको सङ्क्रमण भएको थियो। कसैलाई त्यो कसरी भयो भन्ने थाहा थिएन।

स्थानीय अस्पतालमा कार्यरत ती चिकित्सकका अनुसार अभिभावकमा एचआईभी नभए पनि एप्रिल २४ भित्र १५ बालबालिकामा सो भाइरस भएको पुष्टि भयो।

समस्या कति गम्भीर ?
र, यो सङ्ख्या एउटा विकराल समस्याको सानो झल्को मात्र थियो। एचआईभी फैलिएको हल्ला चलेपछि रात्तो देरोको अस्पतालमा सिन्ध प्रदेशको सरकारले गत महिना एउटा स्वास्थ्य शिविर स्थापना गर्‍यो। त्यहाँ रक्तपरीक्षण गराउँदा ७५ प्रतिशत बालबालिकसहित ६०७ भन्दा बढी व्यक्तिमा एचआईभी भएको पुष्टि भयो।

केही वर्षयता सो क्षेत्रमा एचआईभी फैलिएको पहिलो पटक भने हैन।सिन्धको लार्कानामा सन् २०१६ मा सो भाइरसको सङ्क्रमण फैलिएको हल्ला चलेपछि हजारौँ मानिसको रक्तपरीक्षण गरिएको थियो। रात्तो देरो पनि लर्कानामा पर्छ।

सिन्ध एड्स नियन्त्रण कार्यक्रमका अनुसार त्यतिबेला १५ भन्दा बढी व्यक्तिमा एचआईभी भएको पुष्टि भएको थियो।सङ्क्रमण भएका अधिकांश व्यक्ति पुरुष थिए र तिनको सम्बन्ध लिङ्ग परिवर्तन गरेका स्थानीय यौनकर्मीहरूसँग थियो। त्यस्ता यौनकर्मीमध्ये ३२ जनामा एड्सको भाइरस पाइएको थियो।

पाकिस्तानमा वेश्यावृत्ति अवैध भए पनि लर्कानाका लजमा लुकीछिपी यौनकर्मीहरूले आफ्ना व्यवसाय सञ्चालन गर्ने गरेका थिए। एचआईभी फैलिएको पत्ता लागेपछि सरकारले त्यस्ता स्थानमा कारबाही गर्‍यो।

अहिले कसरी फैलियो ?

सिन्ध एड्स नियन्त्रण कार्यक्रममा कार्यरत डा। असद मेमोन प्रत्यक्ष नभए पनि सम्बन्ध हुन सक्ने बताउँछन्।

\'मलाई लाग्छ उच्च जोखिममा भएको समूहका सदस्यले (लिङ्ग परिवर्तन गरिएका र महिला यौनकर्मी) भाइरस बोकेका थिए। अनि स्थानीय तहमा काम गर्ने अदक्ष स्वास्थ्यकर्मीको असावधानीपूर्ण अभ्यासले सङ्क्रमण अरूमा सर्‍यो,\' उनले बीबीसीलाई भने।

त्यस्ता स्वास्थ्यकर्मीमा स्वास्थ्यसहायकदेखि चिकित्सकका रूपमा आफूलाई प्रस्तुत गरेर क्लिनिक चलाउने अप्रशिक्षित तथा चिकित्साशास्त्र अध्ययन गरेका तर अस्पतालमा काम गरेको अनुभव नभएका व्यक्ति पनि छन्।

एउटै सुई धेरै चोटि प्रयोग गर्दा पनि भाइरस सर्न सक्छ
पाकिस्तानका ग्रामीण क्षेत्रमा बिरामीहरू प्रायस् दक्ष चिकित्सककहाँ नगएर त्यस्ता व्यक्तिकहाँ जान्छन्। किनभने त्यस्ता अदक्ष स्वास्थ्यकर्मीहरूले कम शुल्क लिन्छन् तथा सजिलै उपलब्ध हुन्छन्।

बालबालिकामा कसरी फैलियो ?
एचआईभी भएका बालबालिकामा विशेषज्ञता भएकी आगा खान युनिभर्सिटी अस्पतालमा कार्यरत डा। फालिमा मिर अहिले रात्तो देरामा स्वयंसेवा गर्दैछिन्।

असावधानीपूर्वक गरिएको अभ्यासकै कारण बालबालिकामा एचआईभी फैलिएको र यसको सम्बन्ध सन् २०१६ को महामारीसँग हुन सक्ने उनको पनि धारणा छ।

ूबालबालिकालाई तीन तरिकाले सङ्क्रमण हुन सक्छ,\' उनी भन्छिन्, \'भाइरस भएकी र स्तनपान गराउने आमाबाट, बाहिरबाट रगत दिँदा वा शल्यक्रियामा प्रयोग हुने सङ्क्रमित उपकरण अथवा सुईबाट।\'

उनले हेरेका अधिकांश बिरामीमा आमामा एचआईभी छैन, तर केही बालबालिकामा भने रगत दिइएको थियो। यसको अर्थ स्थानीय स्वास्थ्यकेन्द्रमा धेरै बिरामीलाई एउटै सुई प्रयोग गरिएको हुनुपर्छ।

सरकार के गर्दैछ ?
सरकारी अधिकारीहरू पनि यसमा सहमत छन्। सिन्ध प्रान्तमा सरकारी नियमनबिना सञ्चालित झन्डै पाँच सय क्लिनिकहरू बन्द गरिएको बताइएको छ।

सुईबाट एड्स फैलाएको आरोपमा मुजफ्फर गाङ्रो नाम गरेका एक स्थानीय चिकित्सकलाई पक्राउ गरिएको छ।

सङ्क्रमित सबै व्यक्तिलाई आफूले नहेरेको भन्दै उनले आफूविरुद्ध लगाइएको आरोपको खण्डन गरेका छन्।

डा। मुजफ्फर गाङ्रोले आफूले एचआईभी नफैलाएको दाबी गरेका छन् । सिन्धमा एचआईभी सङ्क्रमणको दर पाकिस्तानमै सबैभन्दा उच्च छ।

त्यहाँ पुनः महामारी फैलिएपछि सरकारले कारण पत्ता लगाउन छानबिन सुरु गरेको छ। तर त्यसबाट सङ्क्रमण भइसकेका र आजीवन त्यसको असर खेप्नुपर्ने व्यक्तिलाई प्रत्यक्ष फाइदा पुग्दैन।

रात्तो देराको अस्पतालमा स्थापित शिविरमा एप्रिल २५ देखि अहिलेसम्म १८ हजारभन्दा बढी व्यक्तिले परीक्षण गराएका छन्।

के भन्छन् अभिभावक ?
अहिलेसम्म कम्तीमा ६०७ जनामा एचआईभी भेटिएको पुष्टि भएको छ। तीमध्ये तीनचौथाइ पीडितको उमेर एक महिनादेखि १५ वर्षको बीचमा छ।

यसको अर्थ के हो भने सयौँ बिरामीका अभिभावकहरू आफ्ना सन्तानको स्वास्थ्य र आफनो दैनिक जीविकोपार्जनको चिन्तामा छन्।आफ्नी तीन वर्षीया छोरीलाई एचआईभी भएको पत्ता लागेपछि एक महिलाले बीबीसीसँग आफ्नो त्यस्तै चिन्ता व्यक्त गरिन्।

उनले भनिन्, \'लार्कानामा ठूलो उमेरका मानिसलाई औषधि उपलब्ध छ। तर बच्चाको औषधि लिन कराची जानुपर्छ। त्यो भनेको प्रत्येक चोटि जाँदा हामीले हजारौँ रुपैयाँ खर्च गर्नुपर्छ।\'

\'मेरा श्रीमान् दैनिक ज्यालादारीमा काम गर्छन्। त्यसैले हामी लामो समय त्यत्रो खर्च गर्न सक्दैनौँ। बीबीसी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies