Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

चर्चित अभिनेता नवाजुद्दीन सिद्दीकी, कुनै समय अटो भाडा नभएर पैदल हिंड्थे

एजेन्सी । बलिउड फिल्मी उद्योगमा कहिले नायक त कहिले खलनायकको भूमिकामा अनौठो गरि देखिने चर्चित अभिनेता नवाजुद्दीन सिद्दीकी व्यक्तिगत जीवनमा पनि रोचकै रोचक कथाले भरिएका पात्र हुन् । पछिल्ला चर्चित फिल्म ‘मंटो’ र ‘ठाकरे’मा सिद्दिकीले शानदार भूमिका निभाएका छन् । पछिल्ला चल्तिका अभिनेता सिद्दीकीको बारेमा केहि रोचक तथ्य थाहा पाउँ ।

१. नवाजले सन् १९९६ मा दिल्लीको नेशनल स्कुलबाट ड्रामा अभिनयको एउटा कोर्ष पुरा गरेका थिए । त्यसपश्चात उनि कामको खोजीमा मुम्बई हानिएका थिए । अभियन सुरु गर्दाका समयमा उनले कहिल्यै पनि अहिलेको चर्चाको कल्पना गरेका थिएनन् ।

२. अभियन पढ्दा पैसाको अभावमा छुट्टै डेरा लिई भाडा र खानाको व्यवस्था गर्न नसकेपछि सिद्दिकीले एक सिनियर साथीको खाना पकाउने, लुगा धुने लगायतका कामहरु गरेका थिए ।

\"\"/

३. फिल्मी क्षेत्रमा काम गर्दाका सुरुका दिनमा सिद्दिकी एकदमै अप्ठ्यारोमा थिए । उनलाई खान लाउनकै कुरामा एकदमै समस्या थियो । यतिसम्म की उनीसँग अटोभाडासम्म हुँदैनथ्यो । जसको कारण उनी कहिले साना होटलहरुमा वेटर, कहिले पाले जस्ता कामहरु गर्थे । उनलाई एकदमै छोटो भूमिकाको लागि मात्रै फिल्ममा काम दिइन्थ्यो । जसबाट उनको सामान्य गुजारासमेत चल्ने अवस्था थिएन् । उनले चर्चित फिल्म मुन्नाभाई एमविविएसमा पनि एकदमै छोटो भूमिका निभाएका छन् ।

४. कुनै समय पैसा नै तिरेर चौकिदारीको नोकरी गरेका उनले शारिरिक कमजोरीको कारण फेरि पैसा नै तिरेर जागिर छोडेका थिए । ड्युटी समयमा बसेको कारण मालिकले उनलाई कामबाट निकालेको थियो । त्यससमय साथीबाट उधारो लिएर उनले पैसा बुझाएका थिए ।

५. नवाज सिद्दिकी अहिलेका चर्चित अभिनेता हुन् । उनका धेरै फिल्महरुले बक्स अफिसमा राम्रो प्रदर्शन गरेका छन् । यति चर्चित हस्ति बनिसकेपछि पनि उनको पुरानो शैलि फेरिएको छैन् । भनिन्छ, उनले कुनै सहयोगी राखेका छैनन् । जे काम गर्छन् पुरै आफ्नै निर्णयमा नै गर्छन् ।

\"Related

६. उनले एक अन्तवार्तामा भनेका छन् कि उनि मुम्बई फिल्ममा खेल्न नभई सामान्य टिभी एक्टर बन्न आएका थिए । अभिनयको पाँच छ वर्षसम्म उनि सी–ग्रेडको फिल्ममा काम गर्दथे ।

७. ‘तलास’, ‘बदलापुर’ र ‘गैंग्स आफ वासेपुर’ फिल्मले उनलाई चर्चामा ल्याउन विशेष भूमिका खेल्यो । यी फिल्ममा देखिएको उनको अभियनसँगै बलिउड फिल्ममा उनको खोजी हुन थाल्यो । सलमान खानसँगको फिल्म ‘बजरंगी भाईजान’ले उनलाई एकदमै चर्चित बनायो ।

८. ‘माझी : द माउन्टेन मैन’ मा उनको कलाकारिताको खुबै चर्चा गरेको पाइन्छ । उनको बेग्लै पहिचान समेत दशरथ माझीको जीवनमा आधारित माझी : द माउन्टेन मैन’ बाट भएको छ । जसपश्चात उनलाई धेरै फिल्महरुको अफर आएको बताइन्छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies