Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

पतिपत्नी बीच जति धेरै झगडा, उति धेरै माया ! धेरै झगडा गर्ने जोडीको सम्वन्ध दिगो हुन्छ: एक अध्ययन

श्रीमान र श्रीमतीबीच ठाकठुक पर्नु र नोकझोक हुनु दाम्पत्य सम्वन्धकै एउटा हिस्सा हो । तर, यस्तो प्रकारको झगडा प्राय अल्पकालिन नै हुन्छन् । ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भन्ने त भनाई नै छ ।हालै गरिएको एक सर्भेक्षणले विवाहित जोडीहरुबीच झगडाले सम्वन्धलाई अझै कसिलो र मायालु बनाउने देखाएको छ ।

उक्त सर्भेक्षणमा सहभागी ४४ प्रतिशत विवाहित जोडिहरुले सातामा एक(पटकभन्दा बढी झगडा गर्ने गरेका थिए । यस्तो झगडाले सम्वन्धले कुनै दिर्घकालिन असर परेको देखिएन ।कहिलेकाँही झगडा गर्ने जोडीहरु स(साना भ्रमका बाबजुद पनि लामो समयसम्म सँगै बस्छन् ।

किनभने उनीहरुलाई आफ्नो माया चोखो र पवित्र छ भन्ने थाहा हुन्छ ।आफ्नो सम्बन्धलाई दिगो र रमाइलो बनाउने हो भने मनमा तुष पालेर बस्नु हुँदैन । मनको कुरा आफ्नो जोडीसँग पोखिहाल्नुपर्छ । यदि तपाईं आफ्नो पार्टनरसँग खुल्ला दिमागले राम्रोसँग बोल्न सक्नुभयो भने सम्बन्धमा प्रगाढता आँउछ ।कहिलेकाहीँ हुने स(साना झगडापछि तपाईंलाई आफ्नो गल्तीको महसुस हुन्छ र यसले तपाईं आफ्नो प्रेमलाई अर्को तहमा पुर्याउन चाहनुहुन्छ भन्ने देखाउँछ ।

पार्टनरको कुनै बानी तपाईंलाई नराम्रो लाग्छ भने आँखा चिम्लि दिन सजिलो हुन्छ । तर पनि यदि तपाईं त्यो बानी सुधारियोस भन्ने चाहनुहुन्छ र राम्रो नतिजा ल्याउनको लागि पिडा र झगडा बेहोर्न तयार हुनुहुन्छ भने यो तपाईंको साँचो मायाको संकेत हो ।

अर्को शब्दमा भन्नुपर्दा कहिलेकाँही एकआपसमा झगडा गर्नु भनेको तपाईंहरु अझै एकअर्काप्रति धेरै प्रतिबद्ध हुनुहुन्छ भन्ने हो ।एकपटक सोच्नुहोस् त, तपाईं आफ्नो आमाबुबा र दाजुभाई दिदीबहिनीसँग कति झगडा गर्नुहुन्छ ? पार्टनरसँगको सम्बन्धमा पनि यस्तै हुन्छ । यदि तपाईंहरु धेरै झगडा गर्नुहुन्छ भने यसको अर्थ तपाईंहरु एकअर्कालाई धेरै माया गर्नुहुन्छ ।

तपाईंले चुप बसेर आफ्नो जोडीको विश्वास जित्न सक्नुहुन्न । यसको लागि तपाईंले खुल्ला दिमागले कुरा गर्नुपर्छ । आफ्नो कार्यहरुको जिम्मेवारी बहन गर्नुपर्छ र एकअर्काको कुरा राम्रोसँग सुन्नुपर्छ ।झगडा वा वादविवाद गर्नु पनि सञ्चारको प्रमुख र सबैभन्दा प्रभावकारी रुप हो ।

यसले आत्मियता, विश्वास र लगावको भावना बढाउन मद्धत गर्छ र पार्टनरलाई तपाईंसँग अझै राम्रो तरिकाले कुरा गर्न सिकाउँछ ।मनोवैज्ञानिकहरुले स्वस्थ र सुखी सम्बन्धका ७ मुख्य तत्वहरुमा झगडालाई पनि एक मानेका छन् । यदि जोडीले कहिल्यै पनि झगडा गरेनन् भने त्यसले उनीहरु दुईजना बीचमा केही राम्रो नभएको संकेत गर्छ ।

झगडाले जोडीलाई उनीहरुको मान्यता र भावनालाई फेरि सोचेर पार्टनरको मागलाई फेरि सम्बोधन गर्न वा वार्ता गर्न सहयोग गर्छ ।तर, विचार गर्नुपर्ने कुरा तपाईंको बहस अस्वस्थ र हिंस्र क हुनुहुँदैन । त्यसैले आफ्नो कुराहरु नाम नबोलाई वा ठुलो स्वर नबनाइकन राख्ने गर्नुहोस् ।

जब तपाईं आफ्नो पार्टनरसँग झगडा गर्नुहुन्छ, यसमा जीत(हार कुरा ठूलो होइन । सबैभन्दा मुख्य कुरा तपाईंहरुले एक अर्कालाई राम्रोसँग बुझ्न पाउनुहुन्छ ।बेलाबखत हुने साना झगडाले दुवैलाई एकअर्काको प्रकृति र स्वभाव बुझ्न सहयोग गर्छ । यसले आफ्नो पार्ट नरसँग कसरी व्यवहार गर्ने भन्ने सिकाउँछ ।झगडाले सबै चुनौतीहरुलाई सँगै मिलेर सामना गर्न सिकाउँछ ।

अझै महत्वपूर्ण त तपाईंलाई पार्टनरसँग सम्झौता गर्न र दुईजना बीचमा बलियो सम्बन्ध स्थापना गर्न सघाउँछ ।सुखी दाम्पत्य जीवनको लागि सम्बन्ध दिगो र स्वस्थ हुनुपर्छ । सम्बन्धमा रहन सजिलो कुरा होइन र यदि तपाईं आफ्नो पार्टनरलाई माया गर्नुहुन्छ भने आफ्नो सीमाहरु तय गर्नुपर्छ ।

कहिलेकाहीँ आफूले अपेक्षा गरेजस्तो व्यवहार आफ्नो पार्टनरबाट नपाउँदा क्रोध उत्पन्न हुन सक्छ । र, क्रोधलाई तपाईंले मनभित्रै दबाएर राख्नुभयो भने तपाईंको रीस झनै बढ्दै जान्छ जसले एक अस्वस्थ सम्बन्धतर्फ डोर्याउँछ ।त्यसैले यस्ता समस्यासँग लड्ने सबै भन्दा राम्रो उपाय बहस गर्नु हो ।

नकारात्मक भावनाहरुलाई हटाउन र दुवैजनाको भावना र आवश्यकताहरु समान छन् भन्ने बोध गराउन कहिलेकाहीँ विवादले पनि काम गर्छ ।केही अध्ययनहरुका अनुसार सबैभन्दा ठूलो गल्ती पार्टनरहरुले एक(अर्कालाई बेवास्ता गर्नु हो । कहिलेकाहीँ हामीले कुनै कुरा गलत भएको महसुस गर्छौं, तर पार्टनर रिसाउने डरले केही पनि भन्दैनौं ।

तर, यसरी नै कुराकानीमा कमी हुनु नै ब्रेकअप हुने सबैभन्दा ठूलो कारण बन्न सक्छ ।संवेदनशील कुरामा एक(अर्कासँग बहस गर्नाले सम्बन्धलाई राम्रो गर्छ । झगडाले नै तपाईंलाई आफ्नो समस्याहरुमा केन्द्रित हुन दिन्छ र समस्या हुन अगाडि नै त्यसलाई समा धान गर्न सघाउँछ ।

त्यसैले जुन जोडीहरु प्राय झगडा गर्छन् उनीहरु लामो समयसम्म सँगै रहन्छन् ।केही जोडीहरुले गम्भिर बहस गर्न मनपराउँछन् किनभने त्यसले उनीहरुको हार्मोनको स्तर बढाउँछ ।त्यसैगरी ती मानिसहरुलाई थाहा हुन्छ कि झगडा उनीहरुको उत्साहको संकेत हो ।

यसले एक(अर्काको विचारलाई स्थान दिन र सम्मान गर्न सिकाउँछ । उनीहरुको फरकपनाले सम्बन्धलाई झनै रोमाञ्चक बनाउँछ ।यदि तपाईंहरु धेरै वर्षदेखि सँगै रहनुभएको छ भने पक्कै पनि पार्टनरका केही कुराहरु मन नपर्न सक्छन् र त्यो गलत पनि होइन। र चनात्मक द्वन्द्वले तपाईंको सम्बन्धलाई झनै प्रगाढ बनाउँछ ।

पार्टनरले तपाईंले भनेको सबै कुरा मान्ने र उनले भनेको पनि सबै तपाईंले मान्ने हो भने जीवन कति दिक्कलाग्दो हुन्छ होला, एकपटक सोचेर हेर्नुहोस् त ।त्यसैले पार्टनरसँग अर्कोपटक झगडा भयो भने धेरै नआत्तिनुहोस् । बरु आफ्नो असमतिलाई प्रष्टसँग व्यक्त गरेर झगडालाई भविष्यको सम्बन्ध राम्रो बनाउने प्रयास गर्नुहोस् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies