Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

योनीका आकार थरिथरिकाः यसले यौनसन्तुष्टिमा के फरक पर्छ ?

व्यक्तिपिच्छे मानिसको अनुहार आकारप्रकार फरक फरक हुने गर्छ । सबै मानिसहरुको आकारप्रकार र रुप एकै हुने गर्दैन । ठीक यही कुरा योनी अर्थात् महिलाका प्रजनन अंगको मुख्य भागको हकमा पनि लागू हुन्छ ।
महिलाको योनीको आकारले के फरक पर्छ रु यो युगौंदेखि उठ्दै आएको प्रश्न हो । यो प्रश्नबारे बढी चासो राख्नेहरुमा पुरुष रहने गर्छन् तर स्वयं महिलाको हकमा पनि यो कुरा कम चासोको विषय चाहिँ होइन ।

महिलाहरुले यो विषयमा खासै कुरा गर्न नचाहन पनि सक्छ, कतिपय महिलाहरुले तिनका योनीको आकारका बारेमा चिन्ता गर्न पनि सक्छ र त्यसले यौनान्दमा वा बच्चा जन्माउने सन्दर्भमा के कस्तो असर पार्न सक्छ भन्ने चासो र चिन्ता पनि तिनमा रहने गर्छ ।

तर यस क्षेत्रमा खासै अनुसन्धानहरु भएका छैनन् । किनभने, महिलाको यौन गतिविधिमा थुप्रै पक्षहरुले भूमिका खेल्ने गर्छन् । त्यसमाथि थप, योनीको आकार र यौनान्दका बीच के सम्बन्ध हुन्छ भन्नेबारेमा भन्नै कठिन पनि छ ।

‘‘यौनक्रियामा योनीको आकारको सम्बन्धका बारेमा बुझ्ने हाम्रो क्षमतालाई सही ढंगले बुझिएको छैन’’, क्रिस्टोफर टार्नेले वेवमेडसँगको कुराकानीमा यसो भन्छन् । उनी उक्ला मेडिकल सेन्टरका फिमेल मेडिसिन एण्ड रिकन्स्ट्रक्टिभ सर्जरी विभागका डाइरेक्टर हुन् । उनका अनुसार ‘‘बितेका १० देखि १५ वर्षमा यौन औषधी विज्ञानका क्षेत्रमा धेरै चासोहरु दिइएका छन् ।’’

ग्रहण गर्ने र परिवर्तन हुन सक्ने क्षमता
‘‘योनी अत्यन्तै लचिलो, इलास्टिक जस्तो खुम्चने र तन्कने क्षमता भएको अंग हो’’, बाल्टिमोरस्थित मर्सी मेडिकल सेन्टरका एडोल्सेन्ट गाइनोकोलोजी एण्ड वेल वुमेन केयरका डाइरेक्टर क्रिश्टाइन ओ कोनोर भन्छन् । यो आफ्नो ठाउँमा टेम्पोन ९महिनावारी भएको बेला रगत सोस्न योनीभित्र राखिने रुवा वा कपडाको सामान, जुन भिजेपछि फैलिने गर्छ र रगतलाई चुहिन दिँदैन० लाई अड्याएर राख्न सक्ने गरी सानो हुन सक्छ भने एउटा सिंगो बच्चालाई त्यसबाट पार गराउन सक्ने गरी फैलिन सक्ने पनि हुन्छ । यस्तो किन हुन्छ भने योनीका भित्री भित्ताहरु हाम्रा आमाशयसँग मिल्दोजुल्दो हुन्छ, त्यो प्रयोग नहुँदा एकअर्कामाथि खप्टिएर पत्रपत्र बनेर बसेको हुन्छ, जुन आवश्यक पर्दा फैलिन सक्छ ।

“त्यो एउटै निश्चित आकारमा रही रहँदैन”, ओ कोनोर भन्छन्, “यो तत्क्षण त्यसक्षेत्रबाट पार भइरहेको वस्तु वा चीजलाई ग्रहण गर्न सक्ने गरी परिवर्तित भइरहेको हुन्छ ।”

महिलाको योनीको आकारलाई नाप्ने काम सामान्यतः सबैभन्दा पहिले सन् १९६० को दशकमा मास्टर एण्ड जोनसनले गरेको कार्यबाट थालनी भएको पाइन्छ । उनीहरुले कहिल्यै गर्भवती नभएका १०० महिलाहरुमाथि परीक्षण गरेर हेर्दा सामान्य अवस्थामा महिलाहरुको योनी २।७५ इन्चदेखि ३।२ इन्चसम्म हुने गरेको पाएका थिए । तर तिनै महिलाहरु कामोत्तेजित हुँदा त्यो बढेर ४।२५ देखि ४।७५ इन्चसम्म भएको पाएका थिए । तर योनी कत्रो छ भन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ यौनक्रियामा योनीको बाहिरी एक तिहाई हिस्साले मात्रै महत्त्वपूर्ण भूमिका खेल्ने मानिएको छ ।

तर महिलाको योनीको लम्बाईले यौन सन्तुष्टिमा कसरी भूमिका खेल्छ भन्नेबारे कसैलाई पनि यकीन थाहा छैन ।

टार्नेका अनुसार, उनले महिलाहरुमा पाएको मुख्य समस्या भनेको यौनक्रियाका दौरानमा महसूस गर्ने असहजतापन नै हो । यो त्यस्तो बेलामा विशेष गरेर हुने गर्छ जब महिलाको योनी छोटो हुन्छ, कसिलो हुन्छ वा मुख्यतः बच्चा जन्माएपछि उनीहरुको अंग (पाठेघर, ब्लाडर वा अरु भित्री अंगहरु) खसेको हुन्छ । उनका अनुसार, “अंग खसेको अवस्थामा बाहेक, योनीको लम्बाईले यौन सन्तुष्टिमा कुनै असर पार्दैन ।”
टार्नेका अनुसार, “योनीको प्रवेशद्वारको आकारले चाहिँ फरक पार्न सक्छ ।” बच्चा जन्मेपछि उनीसमक्ष मानिसहरुले गर्ने सबैभन्दा बढी गुनासो यही विषयसँग सम्बन्धित हुने गर्छ ।

“महिलाहरु आफ्नो यौनक्रियामा परिवर्तन आएको जनाउँदै त्यसले आफ्ना योनी खुकुलो भएको र कम सन्तुष्टि प्राप्त भएको गुनासो गर्दै आउँछन्”, टार्ने भन्छन् । सन् १९९६ देखि चिकित्सकहरुले बच्चा जन्मेलगत्तै उनीहरुको योनीभित्रका भागहरु कसरी मर्मत तथा पुनःनिर्माण भइरहेको हुन्छ भन्ने थाहा पाउन पेल्भिक अर्गान प्रोल्याप्स क्वान्टिफिकेसन सिस्टम भनिने विशेष खालको प्रणाली उपयोगमा ल्याउन थाले ।

टार्नेका अनुसार, यो नै महिलाको योनीको बच्चा जन्मनुअघि र जन्मेपछिको अवस्था सही ढंगले नाप्ने प्रणाली हो । डाक्टरहरुले थुप्रै महिलाहरुमाथि गरेको अनुसन्धानपछि सामान्य प्रसवको दौरान योनीमार्गबाट बच्चा जन्माउने महिलाहरुको योनीको प्रवेशद्वार केही बढेको पाएका थिए । त्यसो हुनुको कारण चाहिँ त्यस दौरानमा त्यस क्षेत्रका मांसपेशीहरुमा कमजोरी आउनु वा चोट पटक लाग्नु पनि हुन सक्छ”, टार्ने भन्छन् ।

“आफ्नो यौनाङ्ग क्षेत्रका मांसपेशीहरुलाई खुम्चाउन सक्ने महिलाले योनीको आकारलाई बढाउन वा घटाउन सक्छ, उनी भन्छन्, “त्यसो गर्न सक्नेले योनीको खुकुलोपनाको समस्यालाई कम गर्न सक्छ ।”
“केगल एक्सरसाइज भनेर चर्चित यौनाङ्ग क्षेत्रको मांसपेशीलाई फैलाउने तथा खुम्चाउने अभ्यासले यो क्षेत्रको मांसपेशीलाई कसिलो बनाउन मद्दत गर्छ” भन्दै टार्ने अगाडि भन्छन्, “यसो गरिए सामान्यतः यौनान्दमा पनि बृद्धि हुन सक्छ ।” सन् २००८ मा अस्ट्रेलिन एण्ड न्यूजिल्याण्ड जर्नल अफ अब्सटेट्रिक एण्ड गाइनोकोलोजीमा प्रकाशित एक अध्ययन रिपोर्टमा नियमित रुपमा केगल एक्सरसाइज गर्ने महिलाहरुले उक्त एक्सरसाइज नगर्ने महिलाहरुले भन्दा बढी मात्रामा यौनआनन्द महसूस गर्ने उल्लेख गरिएको थियो ।

तर मुख्य समस्या के हो भने बहुसंख्यक महिलाहरुलाई त्यो केगल एक्सरसाइज भनेको के हो र त्यो सही ढंगले कसरी गर्ने भन्नेबारे थाहा नै हुँदैन ।

विज्ञहरुका अनुसार, यो एक्सरसाइज गर्न सजिलो छ । विशेष गरेर मुत्रत्याग गर्दा सकेसम्म च्याप्ने वा रोक्ने, अलिकति मुत्र त्याग गर्ने फेरि च्याप्ने– यो प्रक्रिया केहीबेर दोहोर्‍याउने । अर्को तरिका भनेका योनीभित्र औंला छिराउने र त्यसलाई योनीको मांशपेशी खुम्चाएर चेप्ने । करिब १० सेकेन्डसम्म च्यापिराख्ने र छाड्ने । यो प्रक्रिया एक पटकमा १० देखि २० चोटी गर्ने र दिनमा ३ पटकसम्म गर्ने । यो व्यायाम गर्दा सकेसम्म श्वास सामान्य तरिकाले छाड्ने र खुट्टा पेटका मांसपेशीहरु सकेसम्म नखुम्च्याउने । यसो गरेमा योनी क्षेत्रका मांसपेशीहरु कसिलो बन्न मद्दत पुग्छ ।

केही महिलाहरुमा चाहिँ बच्चा जन्माउने क्रममा त्यस क्षेत्रका स्नायुहरुमा क्षति पुगेका हुन्छन् र त्यो केगल एक्सरसाइज गर्ने मांसपेशी महसूस नगर्न पनि सक्छ । टार्ने भन्छन्, त्यस्तो अवस्थामा केगल एक्सरसाइज सही ढंगले सिक्नको लागि विशेषज्ञहरुको मद्दत लिनुपर्ने पनि हुन सक्छ ।

केले चाहिँ असर गर्छ?

“योनीको आकारप्रकार अनि समयक्रममा यो परिवर्तन हुन्छ, हुँदैन भन्ने कुराबारे चिन्ता लिनु वास्तवमै गलत हो”, ओ कोनोर भन्छन् । उनका अनुसार, योनीको आकार प्रकारभन्दा पनि त्यस क्षेत्रमा आउने स्राव, जागृत हुने यौन उत्तेजना र आफ्ना पार्टनरसँगको राम्रो सम्बन्धले महिलाको यौनआनन्दमा ठूलो भूमिका खेल्ने गर्छ ।

उनको यो भनाइलाई सन् २०१० मा इन्टरनेशनल युरोगाइनोकोलोजी जर्नलमा प्रकाशित अध्ययनले पनि समर्थन गर्छ । अनुसन्धानकर्ताहरुले अध्ययनमा समावेश गरिएका ४० वा त्यसभन्दा माथिल्ला उमेरका ५०० जना महिलाहरुको मेडिकल रेकर्ड परीक्षण र प्रश्नावलीहरुका आधारमा उनीहरुको योनीको लम्बाई, त्यसको प्रवेशद्वार र त्यसले यौनसन्तुष्टिमा पार्ने असरबारे अध्ययन गरेका थिए ।

त्यस अध्ययनमा अनुसन्धानकर्ताहरुले के पत्ता लगाए भने, यौन चाहना, उत्तेजना, चरमोत्कर्ष, पीडा र यौन सन्तुष्टि भन्ने कुरा योनीको आकारसँग सम्बन्धित रहेको हुँदैन । बरु, बढ्दो उमेर, मोटोपना र पार्टनरसँगको आत्मीय सम्बन्ध नहुने कुराले चाहिँ महिलाको यौनसन्तुष्टिमा कमी आउने पाइएको थियो ।

यौन सन्तुष्टि प्राप्त गर्ने कुरामा शारीरिक रुपमा यस्तै हुनुपर्छ भन्ने हुँदैन” भन्दै कोनोर भन्छन्, “वास्तवमा यो आफ्ना पार्टनरसँगको सहज सम्बन्ध बनाएर एकअर्काले आपसी रुपमा अनुभव गर्न र सहजता महसूस गर्न चाहिरहेको छ भन्ने कुरा कसरी निश्चित गर्ने भन्ने हो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies