Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

यौन सम्पर्क गर्दा गर्दै ज्यान गुमाउने प्रसिद्ध व्यक्तिहरू, राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म

एजेन्सी।  यौन सम्पर्क गर्दागर्दै ज्यान जानु ! यो असामान्य लाग्ने अभिव्यक्ति, अचम्म लाग्दो र अपत्यारिलो १ तर यस्तो भएको छ । सामान्य मानिस मात्र हैन कयौं प्रसिद्ध व्यक्तिहरू समेतले यौन सम्पर्कका क्रममा ज्यान गुमाउनु परेका उदाहरण छन् । हुन त मृत्यु टार्न नसकिने सत्य हो । तर सबै मृत्युहरूको लामो समयसम्म चर्चा हुँदैन । केही असामान्य मृत्युहरू भने सजिलै चर्चा बटुल्न सफल हुन्छन् । र, यदि यस्तो मृत्यु यौन सम्पर्क गर्दा गर्दै भएको रहेछ भने यसबारेमा चर्चा हुनु स्वाभाविक नै हो । आज हामीले केही प्रसिद्ध व्यक्तिहरूको मृत्युबारे जानकारी एकत्रित गरेका छौं जसले यौन सम्पर्कका क्रममा ज्यान गुमाएका थिए । यस सूचीमा अभिनेता, संगीतकार र राजनीतिज्ञहरू त समावेश छन् नै थुप्रै धर्मगुरुहरूसँग समेत यस्तो दुर्घटना भएको छ । पूर्व अमेरिकी राष्ट्रपति फ्र्यांकलिन डी रुज्भेल्टले आफ्नी प्रेमिकाको अँगालोमै अन्तिम पटक सास फेरेका थिए । त्यस्तै प्रसिद्ध गिटारिस्ट जोन इनट्विस्टल २००२ मा स्ट्रीपरहरूसँग रमाइलो गदागर्दै अत्यधिक कोकिन सेवनको कारणले ज्यान गुमाउन पुगेका थिए । पढौं केही प्रसिद्ध व्यक्तिहरू जो यौनक्रिया गर्दागर्दै ज्यान गुमाउन पुगे फ्र्यांकलिन डी रुजभेल्ट संयुक्त राज्य अमेरिकाका ३२ औं राष्ट्रपति रुजभेल्ट, चार(चार चोटी अमेरिकाको राष्ट्रपति निर्वाचन जितेको कीर्तिमान बनाएका रुजभेल्ट, र ती रुजभेल्ट जो दोस्रो विश्वयुद्धमा प्रमुख विश्वनेताका रूपमा उदाए, तिनको मृत्युको बारे पनि भनिन्छ उनी आफ्नी केटी साथी लुसी मर्सरसँगै रासरङ्गमा व्यस्त थिए । उनको मृत्युको समय दोस्रो विश्वयुद्ध चलिराखेको थियो, त्यसैले राष्ट्रपतिको कम्जोर स्वास्थ्यको बारेमा कुनै पनि कुरा बाहिर आउँदैन थियो । तर पछि प्रकाशित दस्तावेजहरूमा भने यस्तो खुलासा भएको हो । [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"215766\"]     फ्र्यांकलिन डी रुजभेल्ट नेल्सन रकरफेलर संयुक्त राज्य अमेरिकाका ४१ औं उपराष्ट्रपति र विश्वकै सर्वाधिक धनाढ्य परिवारमध्ये एकका वंशज तथा स्ट्याण्डर्ड ओइलका संस्थापक जोन डी रकरफेलरका नाति नेल्सन रकरफेलरको मृत्युबारे सुरुमा परस्पर विरोधी समक्चारहरू आएका थिए । सन् १९७९ को जनवरी २६ मा अकस्मात उनको मृत्यु भएको समाचार आएपछि सुरुमा आएको समाचारमा उनी आफ्नो कार्यालयमा एउटा पुस्तकमाथि कम गरिराखेको बेला सुरक्षाकर्मीले उनलाई डेस्कमाथि घोप्टिएको अवस्थामा फेला पारेको भनेर उल्लेख थियो । [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"215767\"] रकफेलर र मेगन तर केही समयपछि भने वास्तविक तथ्य खुलेर आयो । ७० वर्षीय रकरफेलर आफ्नी सहयोगी २५ वर्षीय सुन्दरी मेगन मारसाकसँग आफ्नो नीजी कार्यालयमा एक्लै समय बिताइरहँदा उनलाई हृदयघात भएको समाचार सार्वजनिक भएपछि भने यस चर्चाले अर्कै मोड लियो । उनी बेहोस भएर ढलेको केही समयमै त्यहाँ पुगेको चिकित्सा टोलीले उनलाई ओछ्यानमा खाली खुट्टा पल्टिएको अवस्थामा भेटेको थियो । पोप लियो सप्तम हुन त भ्याटिकन सिटीमा बस्ने रोमन क्याथोलिक इसाई धर्मका सर्वोच्च गुरु पोपलाई यौन आचरणबाट टाढै बस्नुपर्ने मान्यता रहेको छ । तर यति हुँदा पनि चार जना पोपहरूकोप मृत्यु नै यौन्क्रियाका क्रममा भएको बताइन्छ । हुन त सन् ११३९ सम्म पोप बन्नका लागि ब्रह्मचर्य अनिवार्य सर्त थिएन । लियो सन् ९३६ मा पोप बनेका थिए र उक्त समय रोमन क्याथोलिकहरू मुसलमानहरूसँग धर्मयुद्ध लडिराखेका थिए । ९३९ मा यौनक्रियाको क्रममा उनको ज्यान गएको थियो । पोप जोन १२ औं सन् ९५५ मा पोप बनेका ओक्टाभियानस भ्याटिकन पुगेपछि पोप जोन १२ औँ बने । सन् ९६४ मा उनको मृत्यु समेत यौनक्रियाकै दौरान भएको थियो । पोप जोन १३ औं रोममा जन्मिएका जियोभानी क्रेसेन्टियसले ९६५ मा पोपको पद सम्हाले र पोप जोन १३ औं भए । उनको मृत्यु पनि यौनक्रियाकै दौरान सन् ९७२ मा भयो । पोप पउल द्वितीय पोप पउल द्वितीय पोपको पद धारण गरेका अर्का त्यस्ता व्यक्ति हुन् जस्क्ले यौनक्रियाकै क्रममा ज्यान गुमाए । उनको जन्मको नाम पिएत्रो बार्बो थियो र उनी सन् १४५४ मा पोपको असनमा बसे र १४७१ मा एउटा पुरुषसँग संसर्गका क्रममा उनको प्राण गएको मानिन्छ । [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"215768\"] फिलिप द्वितीयस ड्युक अफ ओर्लेयन्स फिलिप द्वितीय फ्रान्सका राजा लुई पन्ध्रौँका नायब थिए । सन् १७२१ मा उनी आफूभन्दा ३० वर्ष कान्छी पत्नीका अँगालोमा रहेका बेला उनको ज्यान गएको थियो । उनलाई हृदयघात आएको मानिन्छ । अत्तिला हुण पश्चिमी देशहरूमा निकै आतंक मच्चाएका अत्तिला हुण साम्राज्यका प्रमुख थिए । उनका शत्रुहरूले उनलाई ‘इश्वरको कोर्रा’ भनेर बोलाउने गर्थे किनकि उनी जहाँ जान्थे त्यहाँ तहस नहस मच्चिने गर्दथ्यो । अत्तिला सन् ४५३ मा आफ्नी १२ औं रानीसँग संसर्ग गर्दागर्दै मरेका थिए । फेलिक्स फउरे सन् १८९५ मा फ्रान्सका राष्ट्रपति बनेका फउरे १८९९ मा पेरिसको एउटा वेश्यालयमा यौनक्रिया गरिराखेको अवस्थामा मरेका थिए । धेरै इतिहासकारहरूले उनी मरेपछि उनको लिङ्ग ती महिलाको गुप्ताङ्ग भित्रबाट शल्यक्रिया गरेर झिकिएको थियो । लर्ड पाल्मरस्टोन १८५९ मा संयुक्त अधिराज्यका प्रधानमन्त्री बनेका हेनरी जोन टेम्पल पाल्मरस्टोनका तेस्रा भिस्काउन्ट बनेपछि लर्ड पाल्मरस्टोन भनेर चिनिन थाले । १८६५ मा उनी बिलियार्ड टेबलमा एक जना सुसारेसँग संसर्गको क्रममा उनलाई हृदयघात भएको थियो । उनी बहालमै निधन भएका अन्तिम ब्रिटिश प्रधानमन्त्री पनि हुन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies