Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

रेणु दाहाल अर्थात महानगरकी पहिलो महिला मेयर

\"\"नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकि छिन् । महानगरपालिकाको मेयर निर्वाचित हुने नेपालकै पहिलो महिला मेयर हुन् रेणु । बैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनमा भरतपुर महानगरमा मत गणनाको क्रममा विवादका कारण मतपत्र च्यातिएपछि वडा नम्बर १९ मा हिजो अर्थात शुक्रवार पुनः मतदान भएको थियो । रेणुले नेकपा एमालेबाट मेयरका उम्मेद्वार बनेका देवी ज्ञवालीलाई २ सय ३ मतान्तरले जितेकी हुन् । मतगणनाका क्रममा जेठ १४ गते राती दलका प्रतिनिधिले वडा नम्बर १९ को गणनाका क्रममा मतपत्र च्यातेपछि विवाद भइ सो वडामा साउन २० गते पुनः मतदान भएको थियो । पुनः मतदान गर्ने निवाचन आयोगको निर्णय विरुद्ध एमाले कार्यकर्ताले सर्वोच्चमा रिट हालेपछि फैसाल हुन लामो समय लागको थियो । सर्वोच्चले आयोगको निर्णयको पक्षमा फैसला सुनाएपछि १९ नम्बर वडामा पुनः मतदान गरिएको थियो । .............. रेणु दाहाललाई प्रचण्डको छोरीको नामले चिनाइरहनु खासै पर्दैन । उनी आफै परिचित छिन् । त्यसो त पहिलो चरणको स्थानीय तह निर्वाचनले झनै परिचित छिन् रेणु । ०३४ सालमा जन्मिएकी रेणु ०४६ सालदेखि नै राजनीतिमा सक्रिय भइन् । लाउँलाउँ र खाउँखाउँ भन्ने १२ बर्षको उमेरदेखि राजनीतिमा लागेकी रेणुले केही समय अघि माओवादी केन्द्रले बनाएको जम्बो केन्द्रीय कमिटिको केन्द्रिय सदस्य अस्विकार गरेकी थिइन् । \"\" काठमाडौं जिल्ला समितिमा कार्यरत रेणु यसअघि काठमाडौं जिल्ला कमिटिको पार्टी सचिव थिइन् । माओवादी एकता पश्चात सदस्य मात्रै छिन् । माओवादी महिला संगठनकी महासचिव भने छिन् । उनै संर्घषशील रेणुले अहिले भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकि छिन् । माओवादी युद्धका बेला पार्टीका नेता कार्यकर्ता पूर्णकालिन (डब्लुटी) भनिन्थ्यो । (पछिल्लो समय पार्टीमा होलटाइमरको गणना हुने गरेको छैन ।) तर रेणु भने अहिले पनि आफूलाई पार्टीको होल टाइमर कार्यकर्ता नै भएको ठान्छिन् । ................. माओवादीले ०५२ सालमा जनयुद्धको तयारी गर्दै गर्दा रेणु चितवनस्थित मामाघरमा बसेर कक्षा १० मा पढ्थिन् । रेणुसहित तीन छोरी र एक छोरा (प्रकाश दाहाल)को लालन पालनको दायित्व प्रचण्ड पत्नि अर्थात रेणुकी आमा सीता दाहालको काँधमा थियो । मामाघर नजिक भएकाले रेणुले सानैदेखि मावलीमै बसेर १० कक्षासम्मको स्कुले शिक्षा पूरा गरिन् । दश कक्षाको टेष्ट परीक्षा दिएपछि रेणु बुबा प्रचण्ड भएको ठाउँ काठमाडौं आइन् । जनयुद्धको तयारी चलिरहेको रहेछ’ रेणुले विगत सम्झिइन् । बुबाले जनयुद्ध सुरु गर्नेबारे खासै केही नबताए पनि रेणु बागबजारको भित्तेकाण्डमा सहभागी भइन् । तर त्यतिबेला, भूमिगत हुने, लडाईँ लड्ने भन्ने उनलाई थाहै थिएन । युद्धको क्रममा उनले कुनै फौजी लडाईँ त लड्नु परेन तैपनि गाउँ गाउँमा गएर पार्टी सदस्यता दिन अहोरात्र खटिइन् । ‘मरिन्छ भन्ने डर लाग्थ्यो तर पनि मर्नदेखि डराएनौं हामी । युद्धमा सहिद हुने त भइहाले तर हामी पनि मरेर बाँचि रहेका छौं उनले भनिन् । जनयुद्धको १० बर्षपछि ०६२ सालमा जनयुद्ध निर्णायक चरणमा पुग्यो । त्यतिबेला रेणु रोल्पा गएर केही समय सहइञ्चार्जको भूमिका निर्वाह गरेकी थिइन् । ०६३ मा माओवादी खुला राजनीतिमा आएपछि उनी काठमाडौं जिल्ला कमिटीको सह–सचिव भइन् । त्यसो त पहिलो संविधानसभामा २०६४ सालमा समानुपातिकबाट सभासद बनाइएकोमा पार्टीभित्रबाटै बुबा प्रचण्डको नाम जोडेर उनको आलोचना भयो । निरन्तर राजनीतिमै सक्रिय र तल्लो तहबाट काम गर्दै आएकी रेणुलाई पार्टीले कुनै ठाउँमा मुल्याङ्याकन गर्दा बाबु प्रचण्डसँग जोड्नेहरुसँग उनको गुनासो छ । भन्छिन्–‘म आफै राजनीतिमा सक्रिय छु । मेरै कामका आधारमा मुल्याङ्कन गरिदाँ पनि बुबासँग किन जोड्छन् ?’ दोस्रो संविधानसभाको चुनावमा भने उनले प्रत्यक्षबाटै लड्ने निधो गरिन्, त्यो पनि काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट । तर कांग्रेसका होनहार हस्ती गणेशमान सिंहका छोरा प्रकाशमान उनका प्रतिपष्र्धी भए । सिंहका अगाडि रेणुको केही चलेन । अधिकांश माओवादी उम्मेदवारको जमानत जफत हुँदा रेणु भने दोस्रो प्रतिष्पर्धीका रुपमा उभिइन् । .............. रेणुको परिवारमा श्रीमान, ससुरा, छोरी र छोरा छन् । परिवारका सबै माओवादी केन्द्रका ‘होल टाइमर’ हुन् । ससुरा पार्टीको प्रवास कमिटीमा छन् भने छोरा र छोरी पढ्दैछन् । रेणु पार्टीकै काममा व्यस्त छिन् । उनीहरुको पारिवारिकस्थिति त्यति धेरै राम्रो छैन । परिवार पाल्नलाई मात्र पनि आर्थिक जोहो गर्नैपर्छ भने राजनीति आफैंमा दुख र अभावको मेलो हो । ससुराको पेन्सनको भरमा रेणु परिवारको दैनिकी चलेको छ । कहिले काँहि उनी कार्यरत काठमाडौं जिल्ला पार्टीले उनलाई सहयोग गर्छ । हामीसँग कुरा गर्दा गर्दागर्दै दुःख सुनाइन्– ‘कहिलेकाही साह्रै गाह्रो पो हुन्छ । छोराछोरी पढ्दै गरेकाले उनीहरुको फि तिर्नै समस्या । थपिन्– ‘साथीसँगीहरुसँग माग्छु । कसैले पछि फिर्ता लिन्छन्, कसैले भो पर्दैन भन्छन् ।’ ............ ०५२ साल फागुन १ जनयुद्ध सुरु भयो । प्रचण्ड भूमिगत भएर सिलिगुढी बस्न थाले भने रेणु भाइबहिनीसहित काठमाडौंमै थिइन् । रेणुकी बहिनी र प्रकाश दाहाल गंगबुमा पढ्थे । तर, प्रहरीबाट प्रचण्डका परिवारको खोजी हुन थालेको खबर पाएपछि प्रचण्डले सिलिगुढी बोलाए । ‘हामीलाई केही दिनका लागि भनेर सिलगुढी बोलाइएको थियो, तर हामी पुग्दा त बिहेको तयारी रहेछ,’ रेणुले भनिन् । जतिबेला रेणु १९ वर्षकी थिइन् । उनले उतिबेला प्रवासमै कार्यरत अर्जुन पाठकसँग बिहे गरिन् । बिहेपछि प्रकाश दाहाल केही समय रेणुसँगै सिलगुढी बसे । बुबा आमा भूमिगत हुनुपरेकाले छोरोछोरीको व्यवस्थापन कसरी गर्ने भन्ने छलफल हुँदा छोरीहरुको विवाह गरिदिने र भाइ प्रकाशलाई जसको घर राम्रो हुन्छ उनै दिदी भिनाजुकै घरमा राखेर पढाउने लक्ष्य पार्टी र परिवारको रहेछ– रेणुले भनिन् । सिलगुढीमा उनलाई विवाहबारे सबै इतिवृतान्त सुनाए । बुबा आमा र छोरा छोरी भिन्न भिन्नै ठाउँमा बस्ने भएकाले रेणु र बहिनीको बिवाह गरेपछि भाइलाई संरक्षण गर्ने कोही थिएन । यिनै सम्झिएसंगै पार्टी नेतृत्व र आफना बुबा आमाको कुरा काट्न नसकेर रेणु र बहिनीले बिवाहको कुरामा सहमति जनाइन्। त्यतिबेला जनयुद्ध शुरु भएको धेरै लामो समय भएको थिएन । पहिलो पटक देखेको अपरिचतिसँग बिवाह गर्न राजि भएकी थिइन् रेणु । बिवाहको टुंगो लगाउँदा मोहन बैद्य ‘किरण’, डा बाबुराम भट्टराई र रामबहादुर थापा ‘बादल’ले अब जनयुद्ध सफल बनाउनुपर्छ तिमिले बिवाह गरेर भाइ बहिनिको संरक्षण गर्नुपर्छ भने । उनले विगत सम्झँदै भनिन्–‘बहिनीको सिलिगुढीकै विद्यार्थी नेतासँग र मेरो त्यसबेला इण्डियामा पार्टीको नेतृत्व गरिरहनु भएका टीबी पाठकका छोरा (अर्जुन पाठक) सँग २०५३ साल माघ २७ गते बिहे भयो ।’ बिवाहपछि रेणु माओवादी राजनीतिमा सक्रिय भइन् । त्यसोत विद्यालयमै हुँदा पनि उनी अखिल क्रान्तिकारीमा संगठित थिइन् । ............... उनी प्रचण्डसँग खासै देखिन्नन् । प्रचण्डको निवासमा पनि उनलाई भेट्नेहरु कमै छन् । उनी स्कुटरमा गुडिरहेकी भेटिन्छिन । रेणुको सबारी साधनको नाममा एउटा स्कूटर छ । पूर्वप्रधानमन्त्रीको छोरी, त्यो पनि सक्रिय राजनीति गरिरहेकी रेणुको गाडी छैन् भन्दा अचम्म लागेपनि सत्य कुरा यही हो । र, यो पनि भरतपुरमा यस्तो छ रेणु-देवीको अन्तिम मत परिणाम भरतपुर महानगरको मेयरमा रेणु दाहाल विजयी

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies