Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

भूकम्पले ढलेको लिपिङ बजार अझै उठ्न सकेन

\"\"(तातोपानी) सिन्धुपाल्चोक, ४ पुस । सधैं भीड लाग्ने तातोपानीको लिपिङ बजार यतिबेला सुनसान छ । लिपिङका सबै घरहरु सबै ध्वस्त छन् । यतिबेला त्यहाँ जो कोहि पुगेपनि लाग्छ पहिलाको लिपिङ बजार यहि हो र ? भोटेकोसी नदीले ढुङ्गा रगेट्दा कतै पहिरो गएको भान हुन्छ । लिपिङस्थित नेपाली भूभागको माख्लो भागबाट आएको ठूला–ठूला ढुङ्गा प्राय घरभित्रै छ । केहि ढुङ्गा सडकको माख्लोपट्टि अड्किएको छ भने केहि भोटेकोसी नदीमा पुगेको छ । गत बैशाख १२ गतेको विनाशकारी भूकम्पको ‘ह्याङ’ नमेटिदैं असार २१ गते भोटेकोसी नदीमा आएको बाढीले तातोपानी क्षेत्रका घर, सडक सबै तहसनहस भयो । भूकम्पले क्षतबिक्षत पारेको उक्त क्षेत्रमा बिस्तारै चहलपहल शुरु हुँदै थियो । तर भोटेकोसीमा उर्लिएको बाढीले सडक, घर सबै ध्वस्त भएपछि प्राय लिपिङ सुनसान छ । हुनत लिपिङ आफैमा साँघुरो बजार हो । त्यहाँ माथि चीन जाने स्वदेशी, बिदेशी पर्यटक, व्यापारी र भरियाका कारण सधैं भीडभाड देखिन्थ्यो । भूकम्पअघि नाका सञ्चालन हुँदा सडकमा हिड्दा पनि निकै सास्ती ब्यहोर्नुपर्ने लिपिङ बजार यतिबेला बेसुरमा रमाइरहेको स्थानीय घ्याल्चेन शेर्पा बताउँछन् । भूकम्पअघि लिपिङमा ६८ घर रहेको तातोपानी गाविसका सचिव डम्बरबहादुर श्रेष्ठले खबरडबलीसंग बताए । भूकम्पले घर चिरा परेपनि ढलेको भने थिएन् । तर भोटेकोसीमा आएको बाढीले करिब ५० घरजति बगाएको सचिव श्रेष्ठले बताए । \"\" आफनै थातथलो भन्दा पनि तातोपानी गाविस र अन्य भेगका मानिस आएर त्यहाँ व्यापार ब्यवसाय गरेर बस्ने गरेको स्थानीय घ्याल्चेन शेर्पाले खबरडबलीसंग बताए । लिपिङमा प्राय व्यापारीको गोदाम थियो । सुनसान रहेको लिपिङमा यतिबेला सशस्त्र प्रहरी मात्रै भेटिन्छन् । त्यहि पनि २/३ तातोपानी भन्सारमा सुरक्षाका निम्ति खटिएका छन् । उनै सुरक्षाकर्मी कृष्ण दुलाल सुनसान रहेको लिपिङबारे यसो भन्छन् ‘भूकम्पपछि यहाँ चहलपहल बढ्न थालेको थियो । त्यहि पनि असार २१ गते राति आएको भीषण बाढी बल्लतल्ल बनेका सडक र मर्मत भएका घरहरु तहसनहस भयो । त्यसपछि यहाँ मानिसहरु आउनै छाडे । लिपिङमा कहिले काँहि भग्नावशेष घर हेर्न घरबेटीहरु आउँछन् । उनीहरु केहि समय घरहरु हेर्छन् अनि फर्किन्छन् । तातोपानी धारामा नुहाउन आउने स्वदेशीहरु पनि कहिले काँहि लिपिङसम्म आउँछन् । उनीहरुलाई निकै डर लाग्दो रहेछ क्यारे अनि २/४ मिनेट नबित्दै फर्किन्छन् । यहाँ माथिबाट कहिले आफै ढुङ्गा खस्छ । हामी पनि डिउटीमा बस्दा डराइ डराइ बस्छौं । कतिबेला के हुने हो पत्तो छैन् । सीमाना भएर पनि यहाँ अलि बढी सुरक्षा दिन जरुरी छ । त्यसोत लिपिङमा बस्ने कतिपय मानिसहरु बाढीपछि काठमाण्डौं आएर बस्न थालेका छन् । अनि कोहि तल कोदारी झरेर बसेका छन् । घरहरु ठाडो देखिएपनि भित्र ढुङ्गा पसेका छन् । कुनैपनि घरहरु पनि बस्न लायक छैनन् । माथिबाट पनि लिपिङमा जुनसुकै बेला पहिरो जाने खतरा छ भने भोटेकोसी नदीले कटान गर्दै तलबाट पनि लिपिङ खिइन् थालेको छ । हिउँदमासमेत कहिले काँहि सुख्खा पहिरो जाने लिपिङमा बर्षायाममा भने एकातातिर भोटेकोसीको कटान र अर्कोतिर माथिबाट बगेको लिपिङ सास्ती ब्यहोर्नुपर्छ । \"\"

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies