Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

फुस्रेमा जमेको साहित्य, आलु मःम र कर्माको बा

सधैं सदरमुकामको एउटा कुनोमा कहिले कविता त कहिले गजल अनि कहिले साहित्यको अन्य बिधा, यस्तै यस्तै गुन्जन्थ्यो बेला बखतमा । तर शुक्रबार सिन्धुपाल्चोकका एक हुल साहित्यकार सहर छोडेर लाग्यो लेकको एउटा डाँडामा । जहाँ जिस्काइ रहने जुगल हिमश्रृंखलाहरु चिसो सिरेटो हान्न बाध्य थिए । सदरमुकाम चौताराबाट १९ किलोमिटर हिडेपछि पुगिन्छ फुस्रे । फुस्रे पुग्न ४/५ किलोमिटर बाँकी रहँदा सानो ओखरेनीको एउटा चौरमा एक ट्रक साहित्यकारहरु कोरा कागजको चिर्कटो लिएर एकैक्षण चिच्याइरहे । जहाँ कविता भन्दै गरेका कविहरुसँगै लेकका पंक्षी र जन्तुहरुले बोलीमा लोलि मिलाए । त्यसपछि ओखरेनीकै अलि माथि लाक्पा दाईको पसल थियो नुन चियाले झनै लेकको अनुभुति दिलायो । २१ जनाको हुल फेरि सेलाङ गाविसमा पर्ने बाँसखर्कको एउटा बस्तीमा पस्यो, जहाँ बैशाख १२ गतेको भूकम्प, पराकम्प र त्यसपछिको पहिरोले बिस्थापित भएकाहरु कविता र गजलहरुसंगै केहिबेर रमाइरहे । शुक्रबारको दिन स्कूल चाँडै छुट्टि भएर बेसी गएर फर्कर्दै गरेको चार/पाँच जना केटाकेटि बाँसखर्कको चौरमा जम्मा भए अनि ठाउँ, परिबेश र आफ्नो मौलिकता झल्काउने गीत गाउन शुरु गरे । तामाङ समुदायको बाहुल्यता रहेको उक्त बस्तीमा लेकका ती केटाकेटीले आफनै सँस्कृति झल्काउने गीत गाएर सदमुकामबाट लेक उक्लिएका एक हुल साहित्यकारहरुलाई भरपूर मनोरन्जन दिइरहे, केही उनीहरुकै गीतको तालमा नाच्न पनि पछि परेनन् । बाँसखर्कमा भूकम्प र पहिरोले थाकथलो छोडेर आएका गोल्चे, गुम्बा र सेलाङका बिस्थापित पीडितहरु थिए । \"fusre-1\"त्यहाँको कार्यक्रम सकिएपछि हामी बास बस्न फुस्रे जाने तयारीमा लाग्यौं । फुस्रेको डाँडामा पुग्दा आधा घाम डुबिसकेको थियो । फुस्रे आधा घामको उजेलीमा आफै रमाइरहेको थियो । विकट बस्ती भएकाले त्यहाँ अझसम्म विजुली बत्ती पुगेको छैन । उक्त गाउँमा केही समय अघिसम्म इन्द्रबहादुर गुरुङ थिए । ‘गाउँको विकासे अगुवा भनेर गुरुङलाई चिनिथ्यो’ फुस्रेका लाक्पा शेर्पाले खबरडबलसँग भने ‘गुरुङको मृत्युपछि विजुली बाल्न गाडिएको पोल तारबिहीन छ ।’ उक्त गाउँमा बाटो पुगेको नि धेरै बर्ष भएको छैन् । गुरुङकै पहलमा कच्चि सडक पुगेको स्थानीहरु स्वीकार्छन् ।
लाक्पा शेर्पा अर्थात कर्माको बा अँगेनाको छेउमै ‘कमाण्डो’ वियरमा रमाउँदै थिए । उनको फेब्रेट हो ‘कमाण्डो’ वियर ।
अँध्यारो छिप्पिदै थियो । जुगल हिमालको सिरेटो सिधै फुस्रे डाँडामा ठोकिन्थ्यो । त्यहि भएर नै होला ज्याकेट छिचोलेर सिरेटोहरु भित्रै गयो । हामी त्यहाँ पुग्दा बास बस्ने होमस्टे कि डोल्मा दिदीले आलु उसिनेर राखेकी रैछन् । हामी केहीबेर लेकको आलु र नुन खोर्सानीमा जम्यौं । लाक्पा शेर्पा अर्थात कर्माको बा अँगेनाको छेउमै ‘कमाण्डो’ वियरमा रमाउँदै थिए । उनको फेब्रेट हो ‘कमाण्डो’ वियर । मोबाइल टर्चको सहाराले काठको मुढा खोज्न लागे कोही । कोही खानपानको धन्दातिर लागे । कोही अँगेनामा आगो ताप्नतिर लागे । कर्माको बाले आगो बाल्ने सबै बन्दोबस्त मिलाए । अनि रातमै आगो ताप्दै गुन्जिन थाल्यो साहित्यकार स्वरहरु । र, कर्माको बा पनि हामीसँगै रमाए । उनलाई गाउँमा लाक्पा शेर्पा भन्दा पनि बढि कर्माको बा भनेर चिनिन्छ । उनी केही वर्ष इन्डियामा मजदुरी गरेर फर्किएका हुन् । विपन्न बर्गका हुन् लाक्पा । गत बैशाख १२ गतेको विनाशकारी भूकम्पले उनको घर मात्र भत्काएन्, जिन्दगीको सहारा लिने जग पनि भत्काइदियो । प्रष्ट भनौं, श्रीमतीलाई पनि बाँकी राखेन । जिन्दगी जिउने सहारा नै नभएपछि केहि पीडा पोको पारेरै राखे । \"fusre-2\" बेलाबखतमा गाउँमा कोही पुग्दा पोको पारेको पीडा खोल्छन्, अनि उनीहरुसँगै ‘कमाण्डो’मा रमाउँछन् । आप्mनो जन्मदिने आमाको मृत्युको केहि समयपछि आप्mनो गुजारा चलाउनको लागि कर्मा शेर्पा बिदेशिए । अहिले घरमा एक्लो छन् कर्माको बा । छोरा गाउँमा हुँदै बनाएको कर्माको बाको दुई वटा टहरा छ । एक्लो भएकाले श्रीमतीकै यादमा कहिले वल्लो टहरा त कहिले पल्लो टहरा, कहिले भोकै त, कहिले टन्न खाएर सुत्छन् । पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको फुस्रेको सिङ्गो बस्तीमा करिब १५/२० जति टहरा छन् । टहरामा प्राय वृद्धवृद्धा मात्रै छन् । मुश्किलले भेटिन्थे युवाहरु । गाउँमा बुभ्mदा बैदेशिक रोजगारीको शिलशिलामा कोही खाडी मूलक त कोही युरोपियन देशहरु गएको बताउँथे । भोलिपल्ट अर्थात शनिवार कात्तिक ६ गते । पशुपंक्षीको चिरविर आवाजले आधा निन्द्रा मात्र खुलेको थियो । जुगल हिमश्रृृंखलाले आधा हाँसो मात्रै निकाल्यो, आधा हुस्सुले लुकाएको थियो । कोहि डाँडामा गएर फेरि साहित्यिक माहौल बनाइरहेका थिए । सो कार्यक्रम सकेर डोल्मा दिदिको टहरामा गयौं । दिदीले आलु मःम बनाइसकेकी रहिछन् । सधैं बफ र चिकेन मःममा रमाउनेहरु त्यो दिन छुट्टै स्वादको आलु मःममा रमाउन थाले । त्यतिबेला विहानको १० बजेको थियो होला । डोल्मा दिदि खाना पकाउने तरखरमा लागिन् । र फेरि २१ जनाको टोली ३ समूहमा बाँडियो । कोहि मादल लिएर, कोही गिटार त कोही कविता लिएर डाडाँतिर लागे । सबैले आ–आप्mनै माहौल जमाउन थाले । चिसो सिरेटो कायम नै थियो । कोहि संगीतको धुनमा रम्न थाले, कोही कविताको मज्जा लिन थाले । यस्तै–यस्तै हुँदै थियो घडीको सुइले दिउँसो १ बजाइसकेको रहेछ । र, सबै खाना खाएर गन्तव्यतिर लाग्न थाले । \"fusre-3\" ‘चौतारा टू ओखरेनी साहित्य यात्रा हामीले छोटो समयमा तय गरेका हौं’ मूल आयोजक समितिका संयोजक किशोर बुढाथोकीले खबरडबलीसँग भने ‘सुस्ताएको साहित्यलाई हामीले केही गति लियौं ।’ हामीले चौतारा टू ओखरेनी साहित्य यात्रा सहभागिहरुसँगै केही रकम उठाएर गरेको संयोजक बुढाथोकीले भने । जिल्ला विकास समितिले बर्षैपिच्छे साहित्यको निम्ति पैसा छुट्याएपनि राजनीतिक दलका केही साहित्यकारहरुले लैजाने गरेको बुढाथोकीले बताए । साहित्य कार्यक्रम गर्नेहरुलाई भन्दा राजनीतिक दलको आडमा पैसा झिकेर साहित्यलाई छुट्याएको पैसा फोक्कडलाल सिद्धयाउने गरेको संयोजक बुढाथोकीको आरोप छ । ‘जिल्लामा यसरी साहित्यिक यात्रा गरेको पहिलो पटक हो’ साहित्यकार तथा पत्रकार जीवन श्रेष्ठले भने ‘साहित्यको उत्थानको निम्ति पनि बेला–बेलामा यसरी कार्यक्रम गर्न जरुरी छ ।’ छोटो समयको तयारीमा पनि कार्यक्रम सफल राम्रो भएको श्रेष्ठले बताए । अब साहित्यका जगेर्नाको निम्ति युवा पुस्ता नै अघि सर्नुपर्ने अर्का साहित्यकार तथा पत्रकार डम्बर रसिक भारतीले बताए । साहित्यलाई कसैले राजनीतिकरण नगरी अघि बढ्नुपर्ने भारतीको धारणा थियो ।

@ Jeevan_kunwar

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: