Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

खबरडबली संवाददाता

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छिर्न नसक्ने साँघुरो चोकमा रहेको पसलमा आगलागी भएपछि वरपरका घरका स्थानीयवासी आत्तिएका थिए।

पसलको सामुन्नेकै चोकमा भर्खरै जडान गरिएको ‘फायर हाइड्रेन्ट’ को ‘ड्राइराइजर’ तत्काल स्थानीयवासी, नगरपालिकाका अग्निनियन्त्रक, सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा प्रयोग गरियो। यसबाट आगलागी नियन्त्रणमा आयो र सम्भावित ठूलो क्षति हुनबाट बजार क्षेत्र जोगियो।

स्थानीयवासी अकवरनाथ क्षेत्रीका अनुसार ‘फायर हाइड्रेन्ट’ नभएको भए बजार क्षेत्र जलेर ध्वस्त हुने जोखिम थियो। चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले पनि ‘फायर हाइड्रेन्ट’ ले आगलागी निभाउन सहयोग गरेको र यो नभएको भए अकल्पनीय क्षति बेहोर्नुपर्ने बताइन्।

के हो ‘फायर हाइड्रेन्ट’?
दमकल जान नसक्ने साँघुरा स्थान, चोक वा गल्लीमा सम्भावित आगलागी नियन्त्रणका लागि जडान गरिएका पाइप लाइनलाई नै ‘फायर हाइड्रेन्ट’ भनिन्छ। यी पाइप लाइनका ठाउँठाउँमा राखिएका ड्राइराइजर (जहाँ नियमित पानीको प्रेसर हुँदैन र दमकलको पानी राखेर प्रयोग गर्नुपर्छ) मा पाइप जोडेर यसको उपयोग गरिन्छ।

स्वीस रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाद्वारा चन्दननाथ नगरपालिकामा सञ्चालित ‘सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवद्र्धन परियोजना’ ले ‘फायर हाइड्रेन्ट’ पाइपलाइन जडानमा सहयोग पुर्‍याएको छ। आगलागीको उच्च जोखिममा रहेका नगरका वडा नं २, ३ र ५ मा यी पाइपलाइनहरू राखिएका छन्। स्वयंसेवकहरूमार्फत समुदायलाई यसको उपयोगबारे जानकारी पनि गराइएको छ।

परियोजनाले ‘फायर हाइड्रेन्ट’ जडान गर्नुका साथै दुईवटा अग्नि नियन्त्रक मोटरसाइकल पनि तयारी अवस्थामा राखेको छ। आगलागीको जानकारी पाउनासाथ नगर प्रहरीले सो मोटरसाइकल घटनास्थलमा पुगेर उपयोगमा ल्याउँछन्।

परियोजनाका जिल्ला संयोजक ईश्वरा सुवेदीले विपद् जोखिम न्यूनीकरण गर्न सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवद्र्धनमा जोड दिइएको जानकारी दिइन्।

नेपालमा ‘फायर हाइड्रेन्ट’ को सुरुआती चरण
नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा असन, इन्द्रचोक वरपरका स्थानमा ‘फायर हाइड्रेन्ट’ को पहिलो प्रयोग गरेको थियो।

काठमाडौँ महानगरपालिका–२५ का तत्कालीन वडाध्यक्ष नीलकाजी शाक्य र ब्रिटिस रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालित ‘उत्थानशील नगर प्रबद्र्धन तथा सहभागिता कार्यक्रम’ को पहलमा मांसगल्ली–केलटोलदेखि महाबौद्ध जाने गल्लीमा यो अवधारणा कार्यान्वयनमा ल्याइएको थियो।

साँघुरा गल्लीका कारण दमकल छिर्न नसक्ने ती स्थानमा आगलागी नियन्त्रण गर्ने एकमात्र उपाय ‘फायर हाइड्रेन्ट’ का पाइप लाइन नै हुन्। २०७६ पुस २६ गते जडान भएको ‘फायर हाइड्रेन्ट’ को सफल परीक्षण गरिएको थियो। तत्कालीन कार्यक्रम संयोजक शारदा खतिवडाले ‘फायर हाइड्रेन्ट’ दमकल छिर्न नसक्ने स्थानमा आगलागी नियन्त्रणको उपाय भएको बताएकी थिइन्।

काठमाडौँको यो सफलतालाई नै अन्य स्थानमा पनि कार्यान्वयन गरिएको नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालले बताइन्।

घामडाँडामा ‘साइरन’ जडान
‘सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवद्र्धन परियोजना’ ले चन्दननाथ नगरपालिकासँगको सहकार्यमा चन्दननाथ–६, घामडाँडामा अत्याधुनिक ‘साइरन’ समेत जडान गरेको छ। गत भदौ २१ गतेदेखि सुरु गरिएको यो साइरनले विपद्का पूर्वका सम्भावित जोखिमका सूचना तथा समुदायका लागि आमचासोका विषयलाई नगरवासीसम्म पुर्‍याइरहेको छ।

चन्दननाथ नगरपालिकाका सूचना प्रविधि अधिकृत विकल्प बुढाथापाले विपद्को पूर्व जानकारी दिन साइरनले महत्त्वपूर्ण काम गरिरहेको बताए। हालैको मोबाइल पसलको आगलागीको समयमा पनि साइरनमार्फत् समुदायलाई जानकारी गराइएको थियो, जसले थप क्षति हुनबाट जोगाएको थियो। नगरपालिकाले साइरनसहित मोबाइल म्यासेज र एप पोर्टल मार्फत् पनि विपद्का पूर्व सूचनाहरू नगरवासी समक्ष पुर्‍याइरहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकी युद्धविमान अवतरण प्रस्ताव अस्वीकार, श्रीलंकाली राष्ट्रपतिको निर्णय चर्चामा

काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...

ठमाडौँबाट दार्चुला जाँदै गरेको बस कैलालीमा दुर्घटना

कैलाली  । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...

सडकबाट लडेर ७५ वर्षीय वृद्धको मृत्यु

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...

मुस्ताङमा हिमपातपछि जनजीवन सामान्य बन्दै

मुस्ताङ  । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।  हिमपात लगत्तै उपल्...

धनकुटामा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...

निर्वाचन पराजयपछि नेकपाभित्र नेतृत्वबारे बहस तीव्र

काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...

एम्बुलेन्समा चिनियाँ चुरोट तस्करी, चार जना पक्राउ

काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...

ऐतिहासिक उभारदेखि गहिरो अवसानसम्म : कम्युनिस्ट आन्दोलनको आत्मसमीक्षा

नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...

वर्षा गराउने प्रणाली बाहिरिँदै गर्दा मौसममा सुधार

काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: