Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

खबरडबली संवाददाता

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छिर्न नसक्ने साँघुरो चोकमा रहेको पसलमा आगलागी भएपछि वरपरका घरका स्थानीयवासी आत्तिएका थिए।

पसलको सामुन्नेकै चोकमा भर्खरै जडान गरिएको ‘फायर हाइड्रेन्ट’ को ‘ड्राइराइजर’ तत्काल स्थानीयवासी, नगरपालिकाका अग्निनियन्त्रक, सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा प्रयोग गरियो। यसबाट आगलागी नियन्त्रणमा आयो र सम्भावित ठूलो क्षति हुनबाट बजार क्षेत्र जोगियो।

स्थानीयवासी अकवरनाथ क्षेत्रीका अनुसार ‘फायर हाइड्रेन्ट’ नभएको भए बजार क्षेत्र जलेर ध्वस्त हुने जोखिम थियो। चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले पनि ‘फायर हाइड्रेन्ट’ ले आगलागी निभाउन सहयोग गरेको र यो नभएको भए अकल्पनीय क्षति बेहोर्नुपर्ने बताइन्।

के हो ‘फायर हाइड्रेन्ट’?
दमकल जान नसक्ने साँघुरा स्थान, चोक वा गल्लीमा सम्भावित आगलागी नियन्त्रणका लागि जडान गरिएका पाइप लाइनलाई नै ‘फायर हाइड्रेन्ट’ भनिन्छ। यी पाइप लाइनका ठाउँठाउँमा राखिएका ड्राइराइजर (जहाँ नियमित पानीको प्रेसर हुँदैन र दमकलको पानी राखेर प्रयोग गर्नुपर्छ) मा पाइप जोडेर यसको उपयोग गरिन्छ।

स्वीस रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाद्वारा चन्दननाथ नगरपालिकामा सञ्चालित ‘सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवद्र्धन परियोजना’ ले ‘फायर हाइड्रेन्ट’ पाइपलाइन जडानमा सहयोग पुर्‍याएको छ। आगलागीको उच्च जोखिममा रहेका नगरका वडा नं २, ३ र ५ मा यी पाइपलाइनहरू राखिएका छन्। स्वयंसेवकहरूमार्फत समुदायलाई यसको उपयोगबारे जानकारी पनि गराइएको छ।

परियोजनाले ‘फायर हाइड्रेन्ट’ जडान गर्नुका साथै दुईवटा अग्नि नियन्त्रक मोटरसाइकल पनि तयारी अवस्थामा राखेको छ। आगलागीको जानकारी पाउनासाथ नगर प्रहरीले सो मोटरसाइकल घटनास्थलमा पुगेर उपयोगमा ल्याउँछन्।

परियोजनाका जिल्ला संयोजक ईश्वरा सुवेदीले विपद् जोखिम न्यूनीकरण गर्न सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवद्र्धनमा जोड दिइएको जानकारी दिइन्।

नेपालमा ‘फायर हाइड्रेन्ट’ को सुरुआती चरण
नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा असन, इन्द्रचोक वरपरका स्थानमा ‘फायर हाइड्रेन्ट’ को पहिलो प्रयोग गरेको थियो।

काठमाडौँ महानगरपालिका–२५ का तत्कालीन वडाध्यक्ष नीलकाजी शाक्य र ब्रिटिस रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालित ‘उत्थानशील नगर प्रबद्र्धन तथा सहभागिता कार्यक्रम’ को पहलमा मांसगल्ली–केलटोलदेखि महाबौद्ध जाने गल्लीमा यो अवधारणा कार्यान्वयनमा ल्याइएको थियो।

साँघुरा गल्लीका कारण दमकल छिर्न नसक्ने ती स्थानमा आगलागी नियन्त्रण गर्ने एकमात्र उपाय ‘फायर हाइड्रेन्ट’ का पाइप लाइन नै हुन्। २०७६ पुस २६ गते जडान भएको ‘फायर हाइड्रेन्ट’ को सफल परीक्षण गरिएको थियो। तत्कालीन कार्यक्रम संयोजक शारदा खतिवडाले ‘फायर हाइड्रेन्ट’ दमकल छिर्न नसक्ने स्थानमा आगलागी नियन्त्रणको उपाय भएको बताएकी थिइन्।

काठमाडौँको यो सफलतालाई नै अन्य स्थानमा पनि कार्यान्वयन गरिएको नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालले बताइन्।

घामडाँडामा ‘साइरन’ जडान
‘सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवद्र्धन परियोजना’ ले चन्दननाथ नगरपालिकासँगको सहकार्यमा चन्दननाथ–६, घामडाँडामा अत्याधुनिक ‘साइरन’ समेत जडान गरेको छ। गत भदौ २१ गतेदेखि सुरु गरिएको यो साइरनले विपद्का पूर्वका सम्भावित जोखिमका सूचना तथा समुदायका लागि आमचासोका विषयलाई नगरवासीसम्म पुर्‍याइरहेको छ।

चन्दननाथ नगरपालिकाका सूचना प्रविधि अधिकृत विकल्प बुढाथापाले विपद्को पूर्व जानकारी दिन साइरनले महत्त्वपूर्ण काम गरिरहेको बताए। हालैको मोबाइल पसलको आगलागीको समयमा पनि साइरनमार्फत् समुदायलाई जानकारी गराइएको थियो, जसले थप क्षति हुनबाट जोगाएको थियो। नगरपालिकाले साइरनसहित मोबाइल म्यासेज र एप पोर्टल मार्फत् पनि विपद्का पूर्व सूचनाहरू नगरवासी समक्ष पुर्‍याइरहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending