काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्ला महिनादेखि अनौठो प्रकारको सुरक्षा व्यवस्थाले घेरिएका छन् । युवा कार्यकर्ताको गुण्डु पालो र प्राइभेट सेक्युरिटी कम्पनीका गार्डहरू।
यो व्यवस्थाले ओलीलाई सुरक्षा दिएको हो, कि उनी नै सुरक्षाको नाममा डर परेका छन् ?भन्ने प्रश्न उठेको छ । यसो प्रश्न गर्दा अर्को सवाल अझ चर्को रूपमा उब्जिन्छ । यदि भाडामा लगिएका मान्छेहरू नै उल्टिए भने के हुन्छ ? राजनीतिमा यस्तो जोखिम कत्तिको यथार्थ हो ?
‘सुरक्षा’ कि ‘डरको छायाँ’ ?
ओली देशको इतिहासमै सबैभन्दा बढी सुरक्षा घेरामा रहने शीर्ष नेतामध्ये परेका छन् । तर अहिलेको दृश्य फरक छ । राज्यको सुरक्षा निकायभन्दा बढी पार्टीका कार्यकर्ता र प्राइभेट सेक्युरिटी कम्पनीका गार्डहरू ओली वरिपरि देखिन थालेका छन्।
सुरक्षा विशेषज्ञहरूका अनुसार यस्ता अनियमित सुरक्षा मोडेलले नेताको सुरक्षा होइन झन् डर उजागर गर्छ, ।
एमालेभित्र पनि सुक्ष्म बहस चलिरहेको छ ओली आफैले सुरक्षा संयन्त्रमाथि विश्वसनीयता गुमाएका हुन् कि उनी मनोवैज्ञानिक दबाबमा परेका हुन् ?
गुण्डुमा ‘कार्यकर्ता पालो’: राजनीतिक संस्कार कि जोखिम ?
ओली जहाँ जान्छन् कार्यकर्ताहरू पहिल्यै पुगेर चर्को घेराबन्दी बनाइदिन्छन् । तर यसको सुरक्षित पक्षभन्दा असुरक्षित पक्ष ठूलो छ ।
गुण्डु पालोमा बस्ने कार्यकर्ता प्रशिक्षित हुँदैनन् । भावनात्मक आवेगले भरिएका हुन्छन् । आकस्मिक तनावमा नियन्त्रणको सम्भावना घट्छ । एउटा प्रश्न स्वतः उठ्छ, यदि भिडभाडमा कसैले एक गलत कदम चाल्यो भने र त्यो कदम कार्यकर्ताकै हातबाट आयो भने के हाेला ? सुरक्षा विज्ञानका नजरमा यो ‘इनहाउस रिस्क’ सबैभन्दा संवेदनशील मानिन्छ ।
प्राइभेट गार्डहरूको प्रयोग: ‘भाडामा किल्ला’ कति टिकाउ ?
प्राइभेट सेक्युरिटी कम्पनीका कर्मचारीहरू व्यावसायिक भए पनि । उनीहरूको प्रतिबद्धता व्यक्तिगत किर्तित्वमा होइन, पे–स्लिपमा आधारित हुन्छ । राजनीतिलाई बुझ्नेहरू भन्छन् “भाडामा किल्ला बनाउँदा किल्ला जति ठूलो भए पनि ढुंगाको होइन, पैसाको भरमा उभिन्छ।” यो नै सबैभन्दा ठूलो कमजोरी हो।
ओलीमाथि कुनै वास्तविक सुरक्षा चुनौती छ ?
पछिल्ला घटना हेर्ने हो भने जेनजी युवाहरूले विभिन्न ठाउँमा विरोध प्रदर्शन, कार्यक्रम लक्षित नाराबाजी, राजनीतिक असन्तोषका तरंगहरू रहेका छन् । तर यी घटना प्रत्यक्ष शारीरिक आक्रमणका स्वरूपमा उत्रिएका छैनन्।
तैपनि ओली पक्षभित्र असन्तोष बढ्दै गएको वातावरणले खतरा निम्त्याउन सक्ने मानिन्छ । तर ओलीले सुरक्षा कडाइलाई राजनीतिक सन्देशका रूपमा प्रयोग गरिरहेका आलोचकहरूको तर्क छ । एकथरीले एमालेले नेता खतरा अवस्थामा छ भन्ने मनोदृश्य बनाइ समर्थकलाई एकजुट गराउने र विरोधीलाई बदनाम गर्ने रणनीति बनाएकाे सम्म आराेप लगाउन थालेका छन् ।
ओलीको मनोविज्ञान : ‘डर’ नेतृत्वमा प्रभाव ?
नेता जति लोकप्रिय, उति कमजोर पनि हुन्छन् । नेताका किनकि आलोचकहरु पनि धेरै हुन्छन् । ओलीको नेतृत्व शैली, कमाण्ड प्रवृत्ति, र जेनजी आन्दोलनपछिका प्रतिक्रियाले उनी भित्रभित्रै दबाबमा रहेको संकेत दिएकाे छ ।
सुरक्षा घेरा पनि नेताको मानसिक अवस्थाको प्रतिबिम्ब हो । ओलीले अहिले आत्मविश्वास बढाउन सुरक्षा बढाएका र त्यो सुरक्षा नै असुरक्षाको संकेत बन्छ भन्ने उनलाई पत्ताे नभएकाे राजनीतिक जानकारहरु बताउँछन्ले ।
उल्टै आक्रमणको जोखिम: सबैभन्दा संवेदनशील बिन्दु
प्रश्न यही हो यदि भाडाका गार्ड र भावनात्मक कार्यकर्ता नै तनावको क्षणमा उल्टिए भने के हुन्छ ?
अप्रत्याशित आक्रमण प्रायः आफ्नो पंक्तिबाटै आउने राजनीतिक मनोविज्ञानले बताउँछ । तर आकस्मिक क्षणमा जिम्मेवारी नभएकाहरूले जोखिम बनाउने र सुरक्षाको नाममा भेला गरिएका भीडले परिस्थिति झनै जटिल बनाउँने गरेकाे विश्लेषकहरु बताउँछन् । के ओलीको टोलीले यस्तो विश्लेषण गरेको छ ? यदि गरेको छैन भने यो सुरक्षा मोडेल आफैंमा ‘टाइम बम’ जस्तै हो।
ओलीको सुरक्षा घेरा—सुरक्षा भन्दा बढी ‘राजनीतिक प्रतीक’
ओलीमाथि वास्तविक खतरा कति छ ? यो खुला प्रश्न हो । तर उनको अहिलेको सुरक्षा व्यवस्था अनियमित, प्रतिक्रियावादी, मनोवैज्ञानिक र राजनीतिक दुवै दबाबको उपज जस्तो देखिन्छ।
ओली जति शक्तिशाली देखिन खोजिरहेका छन्, उनको सुरक्षा मोडेलले त्यति नै तीव्र रूपमा देखाउँदैछ । उनी डराएको प्रणालीभित्र बसेका छन् । नेपालको राजनीतिक इतिहासमा धेरै नेता असुरक्षाको नाममा घेराबन्दीमा बसे । तर इतिहास भन्छ नेतालाई सुरक्षित बनाउने कुरा गार्डहरूको संख्या होइन, जनताको आस्था हो।
प्रतिकृया लेख्नुहोस्: