Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

ओलीको ‘सुरक्षा कवच’ कति सुरक्षित ?

गुण्डुमा पालोदेखि प्राइभेट गार्डसम्म: नेता शक्तिशाली कि डरले थिचिएको मानसिकता ?

खबरडबली संवाददाता

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्ला महिनादेखि अनौठो प्रकारको सुरक्षा व्यवस्थाले घेरिएका छन् । युवा कार्यकर्ताको गुण्डु पालो र प्राइभेट सेक्युरिटी कम्पनीका गार्डहरू।

यो व्यवस्थाले ओलीलाई सुरक्षा दिएको हो, कि उनी नै सुरक्षाको नाममा डर परेका छन् ?भन्ने प्रश्न उठेको छ । यसो प्रश्न गर्दा अर्को सवाल अझ चर्को रूपमा उब्जिन्छ । यदि भाडामा लगिएका मान्छेहरू नै उल्टिए भने के हुन्छ ? राजनीतिमा यस्तो जोखिम कत्तिको यथार्थ हो ?

‘सुरक्षा’ कि ‘डरको छायाँ’ ?

ओली देशको इतिहासमै सबैभन्दा बढी सुरक्षा घेरामा रहने शीर्ष नेतामध्ये परेका छन्  । तर अहिलेको दृश्य फरक छ । राज्यको सुरक्षा निकायभन्दा बढी पार्टीका कार्यकर्ता र प्राइभेट सेक्युरिटी कम्पनीका गार्डहरू ओली वरिपरि देखिन थालेका छन्।

सुरक्षा विशेषज्ञहरूका अनुसार यस्ता अनियमित सुरक्षा मोडेलले नेताको सुरक्षा होइन झन्  डर उजागर गर्छ, ।

एमालेभित्र पनि सुक्ष्म बहस चलिरहेको छ ओली आफैले सुरक्षा संयन्त्रमाथि विश्वसनीयता गुमाएका हुन् कि उनी मनोवैज्ञानिक दबाबमा परेका हुन् ?

गुण्डुमा ‘कार्यकर्ता पालो’: राजनीतिक संस्कार कि जोखिम ?

ओली जहाँ जान्छन् कार्यकर्ताहरू पहिल्यै पुगेर चर्को घेराबन्दी बनाइदिन्छन् । तर यसको सुरक्षित पक्षभन्दा असुरक्षित पक्ष ठूलो छ ।

गुण्डु पालोमा बस्ने कार्यकर्ता प्रशिक्षित हुँदैनन् । भावनात्मक आवेगले भरिएका हुन्छन् । आकस्मिक तनावमा नियन्त्रणको सम्भावना घट्छ । एउटा प्रश्न स्वतः उठ्छ, यदि भिडभाडमा कसैले एक गलत कदम चाल्यो भने र त्यो कदम कार्यकर्ताकै हातबाट आयो भने  के हाेला  ?  सुरक्षा विज्ञानका नजरमा यो ‘इनहाउस रिस्क’ सबैभन्दा संवेदनशील मानिन्छ ।

 प्राइभेट गार्डहरूको प्रयोग: ‘भाडामा किल्ला’ कति टिकाउ ?

प्राइभेट सेक्युरिटी कम्पनीका कर्मचारीहरू व्यावसायिक भए पनि । उनीहरूको प्रतिबद्धता व्यक्तिगत किर्तित्वमा होइन, पे–स्लिपमा आधारित हुन्छ ।  राजनीतिलाई बुझ्नेहरू भन्छन् “भाडामा किल्ला बनाउँदा किल्ला जति ठूलो भए पनि ढुंगाको होइन, पैसाको भरमा उभिन्छ।” यो नै सबैभन्दा ठूलो कमजोरी हो।

ओलीमाथि कुनै वास्तविक सुरक्षा चुनौती छ ?

पछिल्ला घटना हेर्ने हो भने जेनजी युवाहरूले विभिन्न ठाउँमा विरोध प्रदर्शन,  कार्यक्रम लक्षित नाराबाजी, राजनीतिक असन्तोषका तरंगहरू रहेका छन् । तर यी घटना प्रत्यक्ष शारीरिक आक्रमणका स्वरूपमा उत्रिएका छैनन्।

तैपनि ओली पक्षभित्र असन्तोष बढ्दै गएको वातावरणले खतरा निम्त्याउन सक्ने मानिन्छ । तर ओलीले सुरक्षा कडाइलाई राजनीतिक सन्देशका रूपमा प्रयोग गरिरहेका आलोचकहरूको तर्क  छ ।  एकथरीले एमालेले नेता खतरा अवस्थामा छ भन्ने मनोदृश्य बनाइ समर्थकलाई एकजुट गराउने र विरोधीलाई बदनाम गर्ने रणनीति बनाएकाे सम्म आराेप लगाउन थालेका छन् ।

ओलीको मनोविज्ञान : ‘डर’ नेतृत्वमा प्रभाव ?

नेता जति लोकप्रिय, उति कमजोर पनि हुन्छन् । नेताका किनकि आलोचकहरु पनि धेरै हुन्छन् ।  ओलीको नेतृत्व शैली, कमाण्ड प्रवृत्ति, र जेनजी आन्दोलनपछिका प्रतिक्रियाले उनी भित्रभित्रै दबाबमा रहेको संकेत दिएकाे छ ।

सुरक्षा घेरा पनि नेताको मानसिक अवस्थाको प्रतिबिम्ब हो । ओलीले अहिले आत्मविश्वास बढाउन सुरक्षा बढाएका र  त्यो सुरक्षा नै असुरक्षाको संकेत बन्छ भन्ने उनलाई पत्ताे नभएकाे राजनीतिक जानकारहरु बताउँछन्ले । 

उल्टै आक्रमणको जोखिम: सबैभन्दा संवेदनशील बिन्दु
प्रश्न यही हो यदि भाडाका गार्ड र भावनात्मक कार्यकर्ता नै तनावको क्षणमा उल्टिए भने के हुन्छ ?

अप्रत्याशित आक्रमण प्रायः आफ्नो पंक्तिबाटै आउने राजनीतिक मनोविज्ञानले बताउँछ । तर आकस्मिक क्षणमा जिम्मेवारी नभएकाहरूले जोखिम बनाउने र सुरक्षाको नाममा भेला गरिएका भीडले परिस्थिति झनै जटिल बनाउँने गरेकाे विश्लेषकहरु बताउँछन्  । के ओलीको टोलीले यस्तो विश्लेषण गरेको छ ? यदि गरेको छैन भने यो सुरक्षा मोडेल आफैंमा ‘टाइम बम’ जस्तै हो।

ओलीको सुरक्षा घेरा—सुरक्षा भन्दा बढी ‘राजनीतिक प्रतीक’

ओलीमाथि वास्तविक खतरा कति छ ? यो खुला प्रश्न हो । तर उनको अहिलेको सुरक्षा व्यवस्था अनियमित, प्रतिक्रियावादी, मनोवैज्ञानिक र राजनीतिक दुवै दबाबको उपज जस्तो देखिन्छ।

ओली जति शक्तिशाली देखिन खोजिरहेका छन्, उनको सुरक्षा मोडेलले त्यति नै तीव्र रूपमा देखाउँदैछ । उनी डराएको प्रणालीभित्र बसेका छन् ।  नेपालको राजनीतिक इतिहासमा धेरै नेता असुरक्षाको नाममा घेराबन्दीमा बसे । तर इतिहास भन्छ नेतालाई सुरक्षित बनाउने कुरा गार्डहरूको संख्या होइन, जनताको आस्था हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending