Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

दसैँको छ दिनमै ५३ जनामा डेङ्गु

\"dangu\"चितवन, १ कात्तिक । दुई महिनादेखि चितवनमा फैलिएको डेङ्गु रोगको प्रकोप अझै घटेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले डेङ्गु रोग फैलाउने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियानसहित सहरबजारका विभिन्न क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि रोगको प्रकोप घट्न नसकेको हो । भदौको पहिलो सातादेखि फैलिएको यो रोगबाट दुई महिनाको अवधिमा १७८ जना सङ्क्रमित भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले आज जानकारी दिए । असोजको २२ गते फूलपातीसम्म चितवनमा १२५ जनामा डेङ्गु लागेका बिरामी थिए । फूलपातीदेखि टीकाको पर्सिपल्ट २७ गतेसम्म छ दिनको अन्तरालमै थप ५३ जनामा सङ्क्रमण भएको पाइएको छ । असोजको अन्तिम तीनदिनको अवस्थाबारे अस्पतालबाट प्रतिवेदन आइनपुगेको केसीले जानकारी दिए । अझै चितवनको रत्ननगरमा यसको प्रकोप बढ्दो क्रममा रहेको कार्यालयले जनाएको छ । “चितवनमा समग्रमा देखिएको डेङ्गु रोगको सङ्क्रमणमध्ये ८० प्रतिशत रत्ननगरको बजार क्षेत्रमा छ,” केसीले भने – नियन्त्रण अभियान भने जारी राखेका छाँै।” दसैँको मुखमा डेङ्गु फैलिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँको टोलीसमेत आएर नियन्त्रण अभियान चलाएको थियो तर सङ्क्रमण घट्न सकेको छैन । “लामखुट्टे मार्न स्प्रे गर्ने र खोजेर नष्ट गर्ने उपाय छन्, स्प्रे गर्दा जनस्वास्थ्यमै असर पर्छ, त्यसकारण उत्तम उपाय भनेकै सर्वसाधारण आफैँ नै सचेत हुने र भाँडोमा जमेको पानी नष्ट गरी सरसफाइ गर्ने नै हो,” महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछाने बताउँछन् । बर्सेनि पानी जम्न नदिन भनेर सचेत गराउँदासमेत कतिपय स्थानमा अटेर गरेको पाइएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । खोज र नष्ट गर अभियानका क्रममा समेत पटक पटक एकै घरमा लामखुट्टेका लार्भा फेला पार्नुले यो तथ्यलाई पुष्टि गर्छ । एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्छ । यसले कुनै पनि भाँडामा जमेको सफा पानीमा बच्चा हुर्काउँछ । यसको खास उपचार पत्ता नलागेकाले लक्षण हेरेर उपचार गर्नुपर्ने चिकित्सकको भनाइ छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending