Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

छापामारको कब्जामा

चिने पनि गाउँलेहरु मसँग बोलेनन्, उल्टो आँखा तरे । कति धेरै घृणा ! आखिर यी हाम्रै गाउँले हुन् । मप्रति किन निष्पृह ? मेरो बाबाकहाँ हाजिर नहुने र हात नथाप्ने कोही थिएनन् । आज उनै यस्ता ? अलिकति रिस उठ्यो । गाउँबाट बाबा मर्दा बचन लाउने ती दाइ आएछन् । छापामारले बोलाएका होलान् । उनी पनि मसँग रिसाएका थिए । रिस र माया दुवै थियो उनको आँखामा । बाबु जस्तै भयो भन्ठाने होला । हिँड्ने बेलामा आँखाभरि आँसु पारेर बोलाएँ । आजसम्म नझरेको आँसु उनलाई देखेपछि अकस्मात् झ¥यो । एकछिन मलाई हेरेर टोलाए । भने, “तिमी पनि बाउ जस्तै भएछौ ।” बोलिनँ । के बोल्नु ? उस्तै भएको हुँ । ‘होइन’ कसरी भन्नु ? मेरो कपाल समाए, तानेझैं गरे । “मैले सोचेको थिइनँ”, फेरि थपे । सोधें, “आमा ?” भने, “आमा पिरोलिएकी छिन् । उही दिन थाहा पायौं । सुन्नासाथ बेहोस भइन् । पछि म गएर सम्झाएँ ।” “जुनी नि ?” म रोएँ । “उही छे तेरी आमासँग बसेकी । अरु त जाँदैनन् । म जान्छु कहिलेकाहीँ । तेरो चालाबाट गाउँले झन् रिसाएका छन् ।” म बोल्न सकिनँ । छाँद हालेर रून मन थियो । रून पनि सकिनँ । के भनेर रूनु ? “गल्ती गरिस्, अपराध हुन पाएन । नआत्तिई । मैले पार्टीलाई भनेको छु”, ढाडस दिए । मुन्टो हल्लाएँ । आमालाई चिठी लेख्न दिएनन् । उनै दाइले भन्दिने कुरा भयो । मैले दाजु गएको हेरिरहें— अलि पर आमा छिन्, जुनी छिन्, दुवै रोइरहेका । मुटु भक्कानियो सम्झँदा । “आमालाई पठाइदेऊ”, दाइपट्टि फर्किएर चिच्याएँ । [caption id=\"attachment_89788\" align=\"alignleft\" width=\"250\"]\"deepshikha\" लेखक[/caption] उनले सुनेनन् सायद । मपट्टि फर्किएनन् । छापामारहरुले सुने । म रोएको देखेर सम्भवतः दुखे । मलाई गल्ती गरेजस्तो लाग्न थालेको थियो । उनीहरु सायद मबाट यही चाहन्थे— कमजोरीको प्रायश्चित्त । फेरि गल्ती नगरोस् भन्ने चाहन्थे । दाइ जानासाथ पानी पर्न थाल्यो । पानी बढ्दै गयो । वर्षायामको पानी किन रोकिन्थ्यो ? आमाका आँसु बरू रोकिएलान् । आज त दाइले म जिउँदै भएको सुनाए होलान् । जुनी हाँसिहोली । हाँस्ता उसका गालामा घुमुर्की परेहोलान् । घरबेटीकी छोरी के गर्दै छे ? ऊ कसरी हाँसोस् ? मेरो खबर कसले सुनाउने ? रोई होली ! पिँढीको डिलमा थिएँ । ढलेका दुई छापामारको अन्तिम संस्कार गर्न गएका छापामार आए । उनीहरु निथ्रुक्क भिजेका थिए । म ओभानु देखेर रिसाए कि के ? आँखा तरेजस्तो गरे । पिँढीको डिलमा उक्लिएर कपडा निचोरनाचर पारे । करेसामा पस्तै कपडा फेरेर आए । कमान्डर मसँग फेरि कुरा गर्न थाले । पानी बढेर आँगनमा भल बग्न थाल्यो । अस्तिको भिडन्तमा जस्तै आकाश पड्किन्थ्यो बेलाबेला । रातो झिल्को आएर झस्काउँथ्यो । उनी एकोहोरो कुरा गरिरहेका, म एकोहोरिएर सुनिरहेको । पानी एकोहोरो परिरहेको । पारिको पाखामा ठूलठूला छाँगा झर्दै गरेका । गडरम्म गर्दै आकाश कराएपछि म झसङ्ग भए । “सोध्नुस् न, थाहा भइहाल्छ ।” कमान्डर बोल्दै थिए । भनें, “कसलाई ?” “आमालाई । गाउँकालाई सोध्नुस् । तपाईंका बाका बारेमा । सबैले भन्छन् । यही गाउँकालाई सोध्नुस् ।” मैले त उनको आधा कुरा मात्रै सुनेछु । यसअघि के भने ? अब सुन्दै थिएँ । आकाश पड्किरहेकै थियो मुटु हल्लिने गरी । पानी अझ दर्किररहेको । घरबेटी दाइ कताबाट आएर ओढेको घुम बलेंसीमा राखे । भने, “बगाउँछ जस्तो छ ए यसपालि ।” घरबेटी भाउजू बोलिन् भित्रैबाट, “त्यही त कत्ति मरेको यो रक्त्ती ?” भाउजू बोलेपछि भैंसी करायो, बोली सुनेर होला । भैंसी पनि मुन्टो हल्लाइरहेको थियो । खाना मागेको होला । दिउँसैबाट पानी नरहेपछि कसले काट्ने घाँस । दाजु निस्किए मकैको डोको बोकेर । छापामारहरु जुटे अनि मकै नङ्ग्याए, कोही छोडाउन थाले । भाउजूले खोस्टाजति भैंसीलाई हालिन् । कमान्डरलाई भनें, “हुन्छ, सोध्छु ।” बोलेनन् । उठेर मकै छोडाउन थाले । म के हाकिम पल्टिनु ? त्यति धेरै मान्छे, हातहातै सकियो । कमान्डरले सोधे, “जानु हुन्छ गाउँ ?” “जान्छु ।” हतारिएर भनें । “मिलाऊँला ।” मैले मुन्टो हल्लाए, “हवस् ।” फेरि आकाश गडरम्म ग¥यो, जमिन हल्लियो । हामी बसेको घर लुगलुग काम्यो । घरबेटी दाजुका बा होलान्, कराए “राम राम... ।” दाजु उठे र बारीको डिलतिर कुदे । एउटा छापामार सँगै कुद्यो । एकछिनपछि कमान्डर पनि कुदे । डिलमा नपुग्दै दाजु कराए । के भने, सुनेनौं तर हामी पनि कुद्यौं । अरु छापामार पनि कुदे । डिलमा पुग्दा देखें, तलको आधा गाउँ बगाउँदै गरेको । कोही घर सग्लै थिए बगिरहेका । बग्दै गरेको सग्लो घरबाट दुई जना मान्छे निस्किएर भागे तर सकेनन्, ती छिनमै पुरिएर बगे । केही गाउँले बारीको पाटामा कुद्दै गरेका । गाईबस्तु बग्दै थिए तलसम्म । कमान्डरले आदेश गरेपछि छापामारहरु तलतिर कुदे । मेरो हात खोलिएको थियो । म पनि कुदे उनीहरुसँगै । मभन्दा पछि एउटै मात्र छापामार थियो । कमान्डर थिए सबभन्दा अघि । उनीपछि अरु । हामी पहिरो बगेको ठाउँमा पुग्यौं— हिलो, लेदो बगिरहेको । आकाशबाट मुसलधारे पानी बर्सिरहेको थियो । केही मानिसहरु बारीको पाटोमा चिच्याउँदै गरेका । कोही घरका परिवार खोज्दै थिए । केही छापामारहरु तल डिलसम्म पुगे । तुरून्तै हिलोले पोतिएको एउटा मान्छे निकाले र बारीमा सुताए । एउटा कुद्यो पानी खोजेजसरी । कमान्डर गएपछि म पनि त्यतै गएँ । हिलोले पोतिएको मानिस ज्युँदै थियो । डिलमुनिबाट कोही करायो । कमान्डर डिलसम्म पुगेर अरुलाई बोलाए । एउटा अर्को रुखको बुटोमा अल्झिएको थियो अलि तल । मैले निहुँरिएर हेरें । तल छङ्गाछुर भिर थियो । निकै तल खोलो सुसाइरहेको । त्यो मानिसले डिलमुन्तिर लाछिएको अम्बाको हाँगो समातिरहेको । कमान्डरले तुरून्तै जुक्ति निकाले । छापामारहरुले लगाएको सट धमाधम खोलेर बाहुला जोडी डोरी बनाए अनि अड्किएको मान्छेसम्म हुर्याए, पुगेन । भएजति छापामारका पाइन्ट पनि खोलेर जोडे । फेरि पनि पुगेन । अड्किएको मान्छे आत्तिएको थियो— चिच्याइरह्यो । कमान्डरले मपट्टि पुलुक्क हेरे । मैले पनि सट खोलेर कमान्डरपट्टि नबोली हुर्याएँ । एउटा छापामार अलि डिलमा गयो र नयाँ बनाइएको डोरी तलतिर हुर्यायो । तर डोरी र ऊ सँगैसगै झरे । म चिसो भएँ । ऊ चिप्लिएको थियो, अब नआउने गरी । कमान्डर फ्यात्त भुइँमा बसे । अरुहरु चिच्याए र डिलपट्टि कुदे । त्यो झरेको छापामार नदेखिने गरी गइसकेको थियो । सबै अलमलिए । सबै शोकमग्न । एउटालाई जोगाउँदा अर्को मर्नुपर्ने । रुखमा झुन्डिएको फेरि चिच्यायोे । चिच्याउँदा सबै उठे होस आएझैं । कमान्डरले डोरी फेरि हु¥र्याए डिलमा गएर । अर्को छापामारले कमान्डरको हात समायो । त्यो छापामारले अर्कोको हात । हातहातबीचको साङ्लो । अघि नै यति गरेको भए एउटा छापामार खस्तैनथ्यो । सोचें— ‘यिनको नि बुद्धि ढिला आउने रैछ !’ \"raat_fuleko_yaam-500\"त्यो झुन्डिएको मानिस निकालिएको थियो । कमान्डर बारीको पाटामा झोक्राइरहेका । अरु छापामार पनि शोकाकुल थिए । माथितिर गाउँलेहरु कराइरहेका थिए— चिच्याइरहेका । आआफ्ना घरका मान्छे खोजिरहेका । पानी रोकिएको थिएन । छापामारका टाउकाहरुबाट वर्षाको मूल फुटेझैं पानी झरिरहेको थियो । म कमान्डरनजिकै गएर उभिएँ । उनले पत्तो पाएनन् सायद । उनीहरु नर्मश थिए । त्यो अड्केर झिकेको मान्छे एक्कासि भुइँबाट उठ्यो र करायो, “मेरो काले !” कमान्डर बिउँझिएझैं गरेर उठे । अरुलाई बोलाए, सम्झाए । सिर्जनाका स्रोत भएर होला, महिलाहरु कोमल मुटुका ! उनै महिला छापामार हिक्कहिक्क गरिरहेका । चार जनालाई अराएर झरेको छापामार खोज्न पठाए । हामी त्यहीँ बस्यौं । नबगाएका घरका महिलाहरुले रोइरहेका आइमाई, केटोकटीलाई लिएर गए । गाइबस्तुबाहेक मान्छेहरु जोगिएछन् । पुरूषहरु भेला भए । छापामार भिरबाट झरेको कुरा गाउँलेहरुले त्यति बेलासम्म थाहै पाएका थिएनन् । उही रुखमा अड्किएको मान्छेले भन्यो । जब थाहा पाए, तब चुकचुकाउँदै आए कमान्डरवरिपरि । खोज्न जाने कुरा भयो । एउटाले उर्दी लगायो । हिँड्ने बेलामा कमान्डरले मलाई पुलुक्क हेरे, अर्को छापामारलाई पनि । त्यसले कुरा बुझ्यो सायद । ऊ म भएपट्टि आयो । हामी बसेका घरका दाइ पनि आए । केही गाउँले र छापामार तलतिर गए । मैले उनीहरु गएको हेरिरहें । त्यस्ता भरिला कमान्डर, उदास थिए । अलि पर पुगेपछि फेरि फर्किए अनि मलाई नै हेरे । उनका आँखामा अथाह पीडा थियो । उनले भन्ठाने होला— भाग्ला यो । मलाई भन्न मन थियो— अब कहिल्यै भाग्दिनँ । बसेको घरसम्म न छापामार बोल्यो न घरका दाइ । म त झन् बोल्ने कुरै भएन । पिँढीमा गएर थचक्क बस्यौं, मलामीबाट फर्केजस्तै । एकछिन अघिको उज्यालो घर अँध्यारिएको थियो— बाक्लो तुवाँलो लागेजस्तो । निथ्रुक्क भिजेका हामी उसै बस्यौं निकै बेर । दाजुका बा कराए चोटाबाट, बुझिएन । फतफताइरहेका थिए बूढा । भाउजू आइन् । उनको अनुहार सोहोरिएको थियो । दाइछेउ बस्तै भनिन्, “यसपाला यो गाउँमा के हुन खोजेको हो ?” दाजुले पुलुक्क हेरे भाउजूलाई । छापामारका आँखा अन्तै थिए थाहा नपाएझैं । भाउजू उठ्तै भनिन्, “कपडा फेर्नुस् !” म बदलिएको थिएँ सायद । छापामारहरुको व्यवहारले मलाई बदलेको थियो । उनीहरु साँच्चै जनताका मान्छे थिए । मेरा आँखामा भिरबाट खसेको छापामार नाचिरह्यो । केही दिनअघि ढलेका ती दुई छापामार ! म उनीहरुसँग हारेको थिएँ । जनताका लागि ज्यान दिन र लिन तयार मान्छेहरु थिए ती, जनतासँग लपक्कै टाँसिएका । ती कमान्डर पनि अद्भूतका लाग्थे । उनी कहिल्यै आत्तिएनन् । हतास भएनन् कहिल्यै । क्षति भइरह्यो, विक्षत कहिल्यै देखिएनन् । भए होला, अरुले देख्ने गरी भएनन् । त्यो भिडन्त र यो प्राकृतिक प्रकोप ! सायद यसैले मलाई बदल्यो । उनका कुरा सहायक हुन् । जो देखियो र भोगियो, ती मुख्य हुन् । यति समझदार मान्छेले त्यत्तिकै मारेनन् । मेरा बाबा त्यत्तिकै पक्कै मारिएनन् । सायद मैले बुझिनँ । अब बुझ्नुपर्छ । कमान्डर आउनासाथ भन्छु, ‘म बदलिएँ । मैले गल्ती गरेको रहेछु । सच्याउँछु । सच्चिने अवसर दिनुहोला मलाई !’

आँधीको वेगसरि योद्धाहरु, चट्याङ गर्जेसरि सेनाहरु राता झन्डा फहराउँदै तोप, गोला बर्साउँदै हेर, अघि बढिरहेछन् राता मान्छेहरु...

अकस्मात् गुन्जियो । हेरें, उही छापामारले बजाएको रहेछ । उनीहरु सुनिरहन्छन् यस्ता गीत । कोहीकोही गाउने पनि गर्छन् । जनताको खेतबारीमा मेलापात गर्दा उनीहरु बढी गाउँछन् । ती महिला छापामारको स्वर निकै मीठो छ गुनगुनाइ रहन्छिन् । गाउँलेहरु पनि गाउँछन् । यसबीच धेरै साँझ उनीहरुले गीत गाए । जनता जाग्छन् र नाच्छन् उनीहरुले गाएपछि । गाउँका आँगनमा साँझ भात खाएपछि गाइन्छ प्रायः । कहिलेकाहीँ कमान्डर बोल्छन्, जनता सुन्छन् । उनी मीठो बोल्छन् । जनता एकाग्र भएर सुन्छन् । कोहीकोही छापामार डायरीमा टिप्छन् कमान्डरका कुरा । उनीहरुलाई राम्रो लाग्दो हो । टिपेर जान्दछन् होला सायद । सिक्छन् पक्कै । सबै मुक्तिका गीत । ‘उठ, जाग भोकानाङ्गा’ का गीत । स्वतन्त्रताका गीत । कति सिपालु ! गीत गाएरै आफ्ना बनाउँछन् । काम गरेरै आफ्ना मान्छन् । बरू मर्छन् तर घात गर्दैनन् । गीत एक सुरमा बजिरहेको थियो । बजाउने छापामार मन बुझाउँदै थियो सायद । हामी सुतेका थिएनौं, न कोही कसैसँग बोलेका थियौं । छापामारहरु निक्कै राति आए । भेटिएनन् रे अघि डिलबाट झरेका छापामार । मन चसक्क दुख्यो । खाना कसैले खाएन । कमान्डर मझेरीमा थिए— अरुलाई सम्झाउँदै गरेका । चुलोमा सानो टुकी बलेको थियो । भाउजू पुरपुरोमा हात राखेर चुकचुकाउँदै थिइन् । दाजु नबोली आँटीमा अडेसा लागेका । म कमान्डरलाई भेट्न आतुर थिएँ । यही मौका ठीक, म सरासर गएर कमान्डरको काखमा घोप्टो परें । रून थालें तर बोली फुटेन । बोल्न खोजें तर पूरा गर्न सकिनँ, “मैले गल्ती......।” उनले बुझे होला, अरुले पनि बुझे कि ! कमान्डरले मेरो टाउको सुमसुम्याए निकै बेर । आफैलाई लाज लाग्यो । उठेर नजिकै बसें । राति अबेरसम्म कमान्डरले मलाई राखेर कुरा गरे । भोलि बिहानै गाउँ जाने कुरा भयो । यस्तो शोकको बीचमा पनि गाउँ जाने कुराले म रमाइरहेको थिएँ । गाउँ गएँ । कमान्डर र अरु दुई थिए । आमाले एकैसासमा अँगालो हाल्नुभयो । जुनी थिई पिँढीमा उभिएकी । उसका आँखामा आँसु टिलपिलाइरहेका । तिनै आँसुले अँगालो हाले मलाई । उनले त को भनेर हालून् ? म उनको कोही थिइनँ अरुका लागि । उनका लागि सब थिए सायद । उनका नामका दुई चिठी छन् खल्तीमा । लेखिराखेका । एउटा प्रेमको, अर्को बिदाइको । अब बिदाइको नदिए हुन्छ । प्रेमको काम लाग्छ । बाबालाई दागबत्ती दिएको दिनदेखि म गाउँ गएको थिइनँ । म गएपछि आमा खुसी हुनुभयो । कमान्डर अरु दुई छापामारसँग उनै दाजुकातिर गए । म आफ्नै घरमा थिएँ । जुनी बसी राति अबेरसम्म । बसुन्जेल हेरिरही । लपक्क बेरेर भन्न मन लागेको थियो, ‘म तिमीलाई औधी माया गर्छु जुनी !’ भनिनँ । जुनी गएपछि मैले पहिला आमालाई बाबाको बारेमा सोधें । “केके कुरा गर्छ ?” रिसाउनुभयो । मैले पनि धम्क्याएँ, “तपाईंले नभने म पनि माओवादी बन्छु, उनीहरुले त भन्लान् नि ।” आमा आत्तिनुभयो । राति दस बजिसकेको थियो । सुक्कसुक्क रून पो थाल्नुभयो आमा । आमालाई डर रहेछ— सबै कुरा छोराले थाहा पायो भने भड्केला । आमाले बाबासँगको बिहेदेखिको इतिवृत्तान्त भन्नुभयो पण्डितले पुराण वाचन गरेझैं । आमाको कुरा सिद्धिँदा रातको दुई बजेको थियो । म पनि रोएँ त्यो रात । आमा पनि बेस्सरी रूनुभयो । “मारिनुभन्दा अघिल्लो रात पनि मैले धेरै सम्झाएकी थिएँ तेरो बाबालाई ‘यसो नगरिस्योस्, माओवादीको भेल रोक्न सकिबक्सन्न तपाईंले’ भनेर तर मानिबक्सेन ।” आमालाई रूनु अनि निदाउनुको लत बसेजस्तो छ, रूँदारूँदै निदाउनुभयो, म रातभर निदाउन सकिनँ । बिहानै उठेर गाउ“ डुलें । बाबालाई लगाइएका आरोपका गहन तथ्यहरु खोजें । ती सत्य थिए । पल्ला छेउ बाजेको छोरो, बिचारीकी छोरी, धामी कान्छाको छोरो, हर्के दाइ र गैराबारी साइँलाबा सबैलाई भेटें । सबैका कुरा सुनें । “के, आरोपपत्र यिनैले बनाएका हुन् ?” आरोपपत्र र गाउँलेका कुरा उस्तै थिए । बाबालाई सुधार्न माओवादीले अन्तिम दिनसम्म पनि कोसिस गरेको कुरा हर्के दाइले भने । उनी यो गाउँबाट माओवादीका सम्पर्क सूत्र हुन् । म पूरै बदलिएँ कुरा सुनिसकेपछि । ‘जे भए पनि बाबा हुन्, नमारेको भए हुन्थ्यो’ भन्ने लागिरह्यो । भोलिपल्ट मलाई रिहा गरेको घोषणा गरे । छुट्टिन मन थिएन, छुट्टियौं । कमान्डर र अरु छापामार गए । अलि परसम्म पु¥याउन गएँ । भोलिपल्टै सदरमुकाम फर्किएँ । सदरमुकाममा एउटा पत्र आयो बीचमा— उनै कमान्डर गौरवको । रेशमी तार मगाएका रहेछन्, सदरमुकामतलको खोलासम्म पु¥याइदिएँ । (यो अंश दिपशिखा लिखित उपन्यास ‘रात फुलेको याम’ बाट लिइएको हो )
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending