Ntc summer Offer
Khabar Dabali ५ भाद्र २०८२ बिहीबार | 21st August, 2025 Thu
Investment bank

मलामी - कविता

✍️हेमन्त गिरी
मलामी
यतिबेला म मरेको छु
मेरो लाश बोकिरहेको मानिस
मेरै तेह्र दिने दाजुभाई हो,
जो मसंग तेह्र वर्ष बोलेन !
अर्को छ
मेरो लाश बोक्न पालो कुरिरहेको
ऊ घर जोडिएको छिमेकी हो
जसको मन मसंग कैलै जोडिन मानेन !
पछाडि छन्
मलाई जलाउने विधिबारे
छलफल गरिरहेका आफन्तहरू
जसले मलाई चलाउने विधिबारे
कहिलै छलफल गरेनन् !
धेरै छन् यो मलामीको भिडमा
जो मौन छन्
कसैले चलन निभाइरहेका छन् !
कसैले जलन निभाइरहेका छन् !
कतिले मलामी आउन पाइन
भन्ने सन्देश पठाएका छन् !
ती तिनै हुन्
जो जिऊँदो हुन्जेल आउन नै चाहेनन् !
म सोंचिरहेछु-
लाश बनेपछि यति प्यारो हुने मानिस
सास हुन्जेल किन प्यारो नहुने होला ?!
ऊ..
हस्यांगफस्यांग गर्दै कोही आइपुग्यो
अन्तिमपटक मेरो मुख हेर्न भनी !
सायद त्यो मेरो छोरो हो
जसले तेरो मुख कहिलै हेर्दिन भनी
घर छोडेको थियो !!
लाशले ठुलो कुरो गर्यो
नभन्नुहोला है,,
जिऊँदो हुन्जेल त
कहाँ बोल्न सकिंदो रहेछ र
बेबारिसे मरिन्छ कि भन्ने डरले पनि !
मरियो हजुर शानदार मरियो,
बाँचुन्जेल जसरी बाँचे पनि !
खोई त हजुरको फुलबुट्टे श्रद्धान्जली ?
छुट्नुहोला नि फेरि…!!!
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारत र चीन बिच भएको लिपुलेक सम्झौताप्रति रास्वपाको आपत्ति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले भारत र चीनबीच हालै नेपाली भुमी लिपुलेक हुँदै व्यापार गर्ने गरी भएको सहमतिप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभ...

भारत र चीनबिच भएको भनिएको सहमति अस्वीकार्य: कांग्रेस

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले लिपुलेक प्रयोग गरेर सीमा व्यापार गर्ने भारत र चीनको पछिल्लो सम्झौता आपत्तिजनक रहेको बताएको छ ।  प्रतिनिध...

भारत–चीन लिपुलेक सहमतिको प्रसंग संसदमा: माओवादीले माग्यो सरकारको जवाफ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले नेपालको भूमि लिपुलेक र कालापानीबारे भारत र चीनबीच भएको भनिएको सम्झौता र त्यसप्रति नेपालको स...

प्रधानमन्त्रीलाई मौसमी फ्लु ज्वरो र रुघाखोकी, बाहिरी भेटघाट स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो र रुघाखोकी लागेकोले अहिले आराम गरिरहेका छन् प्रधानमन्त्री निजी सचिवालयका अनुसार ओलीलाई हल्का ज्वरो...

नेपालको सहमति बिना लिपुलेक नाका प्रयोग गर्ने भारत–चीनको सहमति आपत्तिजनक : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माआवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको भूमि हो भन्ने ऐतिहासिक तथ्य ...

भूमि विधेयकमा माओवादी र रास्वपाको फरक मत राख्ने

काठमाडौं । भूमि विधेयकमा प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फरक मत राख्ने भएका छन् । प्रतिनिधिसभा अन्...

भूमि सम्बन्धी विधेयक संसदीय समितिबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। माओवादी र रास्वपाले विधेयक...

निजी विद्यालय सञ्चालक तथा प्रिन्सिपलहरूको माइतीघरमा विरोध

काठमाडौँ । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले बिहिबार माइतीघरमा विरोध ...

दार्चुलामा जिप दुर्घटना: दस जना घाइते, चार जनाको अवस्था गम्भीर

दार्चुला। दार्चुलामा जिप दुर्घटना हुँदा दस जना घाइते भएका छन् । घाइतेमध्ये चार जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ए...

सिरहा गोलबजारमा सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’

सिरहा । खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका–२ निपनियामा ७० लाखको लागतमा डिप बोरिङ गरिएको छ । साथै १० हजार लिटर क्षमताको ट्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending