Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

औषधि विभागका कर्मचारी लागूऔषध कारोबारमा संलग्न

\"medicine-750\"काठमाडौं, १४ असोज । लागूऔषध कारोबारमा औषधि व्यवस्था विभागका कर्मचारीको संलग्नता रहेको तथ्य फेला परेपछि यस विषयमा नयाँ बहस सुरु भएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ–लागूऔषध नियन्त्रण ब्युरोले बुधबार बिजुलीबजारस्थित विभागको कार्यालयभित्र स्टिलको दराजबाट २२ ग्राम खैरो हेरोइन र हेरोइन जोख्ने तराजु बरामद गरेको थियो । यसअघि लागूऔषधको कच्चा पदार्थ स्युडो आयातमा विभागका कर्मचारीकै संलग्नता रहेको पाइएको थियो । लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख डीआईजी जयबहादुर चन्दका अनुसार विभागको दर्ता शाखामा कार्यरत ३२ वर्षीय सुनिल गुप्ताले हेरोइन बिक्री वितरणका लागि विभागलाई भण्डार केन्द्रका रूपमा प्रयोग गर्दै आएका थिए। गुप्ता पानस फर्मास्युटिकल्ससँग पनि सम्बद्ध छन् । गत मङ्गलबार जयबागेश्वरीबाट सात ग्राम खैरो हेरोइनसहित पक्राउ परेका २७ वर्षीय सूर्य संगतको बयानका आधारमा ब्युरो प्रहरीले बुधबार गुप्तालाई ५।५ ग्राम हेरोइनसहित तिलगङ्गाबाट पक्राउ गरेको थियो । नेपालगञ्ज स्थायी घर भएका गुप्ताले विभागका कर्मचारीको आवरणमा लागूऔषध आयात गरी नेपालगञ्ज र काठमाडौँमा बिक्री वितरण गर्ने गरेको प्रहरीको अनुमान छ । गुप्ताले नै संगतलाई एजेन्टका रूपमा नियुक्त गरी बिक्रीका लागि हेरोइन दिने गरेका थिए । तर, संगत पक्राउ परेपछि संगतकै बयानका आधारमा प्रहरीले गुप्तालाई नियन्त्रणमा लिएको हो । उनको नियन्त्रणपछि विभागमा रहेको पानस फर्मास्युटिकल्सको दराजभित्र लुकाइराखेको अवस्थामा २२ ग्राम हेरोइन र डिजिटल तराजु बरामद भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending