Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

अब देउवाले पार्टी कार्यालयमै बसेर गुनासो सुन्ने

\"deuwa\"काठमाडौं, १४ असोज । कांग्रेस सभापति शेरबहादुर देउवाले साताको चार दिन केन्द्रीय कार्यालयमा नेता–कार्यकर्ताको गुनासो सुन्ने भएका छन् । १३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि देउवाले बूढानीलकण्ठस्थित आफ्नै घरमा राजनीतिक र कार्यकर्ता भेटघाट गर्दै आएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–‘सभापतिमा निर्वाचित भएदेखि नै केन्द्रीय कार्यालय भेटघाटका लागि तालिका बनाउन खोजेका थियौँ, तर पार्टीकै आन्तरिक चुनावले गर्दा सम्भव भएन,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘बिहीबारबाट सभापति केन्द्रीय कार्यालय आउन थाल्नुभयो । अब साताको कम्तीमा चार दिन कार्यालय आउने तालिका बनाउँदै छौँ ।’ १३औँ महाधिवेशनका लागि उनले बानेश्वरमा सम्पर्क कार्यालय खोलेका थिए । निवास टाढा भएकाले देउवालाई केन्द्रीय कार्यालयमा भेटघाट गर्ने व्यवस्था मिलाउन नेता कार्यकर्ताले सुझाब दिँदै आएका थिए । सभापतिमा निर्वाचित भएको ६ महिनापछि देउवाले पहिलो दिन बिहीबार बिहान नौदेखि साढे १२ बजेसम्म कार्यालयमा बिताएका थिए । साढे तीन घन्टा कार्यालयमा बस्दा देउवाले नेता–कार्यकर्तासँग सामूहिक र व्यक्तिगत भेटघाट गरे । सभापति पुगेकै दिन केन्द्रीय सदस्यद्वय देवेन्द्रराज कँडेल र लक्ष्मी परियार पनि कार्यालय पुगेका थिए । शुक्रबार पनि देउवा कार्यालय जानेछन् । ‘अब छिटै सभापतिज्यूको समयतालिका बनाउँछौँ,’ मुख्यसचिव पौडेल भन्छन्, ‘पार्टीका समस्या, सरकारमा सामेल मन्त्रीको कार्यशैली, संगठनका विभिन्न गुनासा अब सभापतिसँग कार्यालयमा राख्ने व्यवस्था मिलाएका छौँ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending