Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

प्रधानमन्त्रीको सुरक्षामा घुसपैठियाको प्रवेश

[caption id=\"attachment_94696\" align=\"aligncenter\" width=\"750\"]\"फाइल फाइल फोटाे[/caption] काठमाडौं, १२ असोज । देशको सुरक्षा प्रणाली कतिसम्म लापरवाह छ भन्ने कुरा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुअघि देखियो । सरकार प्रमुखलाई त्यसै पनि चारथरि सुरक्षा निकायको घेरा, त्यसमाथि औपचारिक भ्रमणमा अलग्गै कारकेडको व्यवस्था हुँदासमेत असम्बन्धित व्यक्तिको घुसपैठ ! जनआस्था साप्ताहिकमा खबर छ–२९ भदौको साँझ भारत भ्रमणबारे राष्ट्रपतिलाई ब्रिफिङ गर्न प्रधानमन्त्री शीतल निवास पुग्दा राजकीय भ्रमणमा मात्र प्रयोग हुने विशेष प्रकारको कारकेडभित्र गैरसुरक्षाकमी फेला परेका हुन् । कारकेडमा सुरक्षाकर्मीमात्र हुन्छन् । सुरक्षाकर्मीबाहेकका व्यक्ति चाहे देशका प्रधानमन्त्री र मन्त्री नै किन नहुन्, त्यसभित्र बस्ने अधिकार राख्दैनन् । अतिविशिष्ट व्यक्तिको सवारीलाई अगाडि र पछाडिबाट सुरक्षित पार्नका लागि त्यस्तो कारकेडको प्रयोग हुने गर्छ । तर, सिंहदरबारबाट प्रधानमन्त्रीको गाडी शीतल निवास पुग्दासम्म कारकेडभित्रै बसेका सुरक्षाकर्मीले पनि चिन्न सकेनन् ती गैर सुरक्षाकर्मी को हुन् । चढ्ने बेलामै ‘मैले प्रधानमन्त्रीको आदेश लिइसकें, गाडी हिँडाउनुस्’ भन्दै हप्कीदप्की गरेपछि सुरक्षाकर्मी अलमलमा परेका थिए । कारकेड प्रधानमन्त्री चढेको गाडीभन्दा ठीक अघिल्तिर हुन्छ । ती व्यक्ति आउँदा प्रधानमन्त्री गाडीमा चढीसकेका थिए । यस्तोखाले सवारीमा सम्बन्धित ओहोदावाल आफ्नो गाडीमा बसिसकेपछि एक सेकेण्ड पनि अनमल गर्न पाइँदैन । गाडी सिंहदरबारबाट हुँइकिनासाथ अघिल्लोसिटमा बसेका एकजना सईले सञ्चारसेटबाट शीतल निवासमा तैनाथ प्रहरी टोलीलाई भने, ‘मेट्रो सर्कल डबल वनलाई स्ट्याण्डबाई राख्नुस्, जरुरी छ ।’ शीतल निवास पुग्दा ‘मेट्रो सर्कल डबल वन’, अर्थात् प्रहरी बृत्त महाराजगञ्जको टोली त्यहाँ तयारी हालतमा थियो । कारकेडमा चढेका युवकलाई गाडीभित्रैका एक सुरक्षाकर्मीले अलिक पर लगेर सोधे, ‘तिम्रो नाम के हा ?’ उनले भने, ‘म प्रकाश रायमाझी ।’ फेरिसोधे, ‘यो गाडीमा कसले चढ्न भन्यो ?’ उनले भने, ‘प्रधानमन्त्रीले मलाई तपाई अघि अघि जानुस, म पछि पछि आउँछु भन्नुभयो अनि...!’ यसपछि ती सुरक्षाकर्मीले प्रकाशको गाला रन्किने गरी एक झापड हाने । अनि, महाराजगन्जका डिएसपी गोविन्द पुरीले तिनलाई आफ्नो गाडिमा हालेर लगे, खाेरतिर । सोझै लगेर हिरासतमा कोचिएका उनले सिपाइहरुसँग भन्दै थिए, ‘मान्छे चिनेर व्यवहार गर । म प्रधानमन्त्रीको पर्सनल सेक्रेटरी हुँ ।’ सिपाहीले पर्सनल सेक्रेटरी भए कार्ड देखाउ भन्दा उनले भने, ‘मेरो कार्ड हेर्ने अधिकार आइजिपीलाई मात्रै छ, सिपाहीलाई छैन ।’ उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ भेनेजुएला जान ब्रिफिङका लागि शीतल निवास पुग्दासमेत प्रकाश सँगै छिरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । उनले प्रहरीलाई आफू टोपबहादुर रायमाझीको नातेदार पर्ने र माओवादी लडाकु भएको बताए । प्रहरीले भोलिपल्ट विहानै उनलाई आफ्नो नजिकको नातेदार बोलाउन भनेपछि काठमाडौंमै रहेका दाई केशबलाई बोलाए । फाइनान्स कम्पनीमा काम गरेर जीविका चलाउने केशवले प्रहरीलाई भने, ‘यसको दिमाग अलिक ठीक छैन सर, तर मान्छे गलत होइन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending