Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

भाषामा मानक परिवर्तन एक्कासी कहाँबाट आयो ?

यतिबेला भाषाको मानकको विषयमा जुन बहस उठिरहेको छ, यो परिर्वतन गरिनुहुँदैन भन्ने मलाई लाग्दछ । भाषा भन्ने कुरो परिवर्तन गर्ने वा कुनै पक्षको चाहनाले मात्र रुपान्तरण गर्न मिल्दैन । इतिहासदेखि नेपाली भाषाशैलीको जसरी लेखाई र बोलाईको अभ्यास हुँदै यहाँसम्म पुग्यो, हामीले त्यसको क्रमिक विकाश गर्दै आएका छाैं । अब कसैको चाहनाले त्यसको उल्टो परिवर्तनको गतिमा भाषालाई डो¥याउनु हुँदैन । जसरी हामीले लेखाई र बोलाईमा प्रयोग गर्दै आएका छौं, त्यसरी नै यसलाई अझ समृृद्ध गराउन हाम्रो प्रयास हुनुपर्दछ । [caption id=\"attachment_94559\" align=\"alignleft\" width=\"448\"]\"राधेश्याम राधेश्याम लेकाली[/caption] भाषाले लेखाई र बोलाइको प्रतिनिधित्व गरेको हुन्छ । मानिसको भावना, विचार र अन्तरमनका कुरा भाषाकै माध्यमबाट अभिव्यक्ति गरिन्छ । तसर्थ भाषा सबैले सहजै लेख्न, बोल्न, पढ्न तथा बुझ्न सकिने हुनुपर्दछ । हामीले नेपाली देवनागरी भाषाको मानक पनि त्यहि सहजताको आधारमा विकास गर्दै लेखाईमा एक प्रकारको जटिलता हटाउँदै यहाँसम्म आएको देखिन्छ । पुनःभाषा लेखाइको प्रयोगमा मानक थप्ने वा आधा अक्षरको प्रयोग गर्ने कुराले धेरैमा विरोधाभास र असहजताको स्थिति ल्याएको देखिन्छ । हामी देवनागरी लिपिको प्रयोग गर्दछौ । भाषा प्राकृतिक विषय पनि हो, यसको क्रमशः विकास विकास हुँदै जान्छ । तर कुनै लहरमा भाषामा असहजता आउने गरी परिवर्तन गरिनुपर्दछ भन्ने कुरा सर्वमान्य हुदैन । त्यसरी भाषामा परिवर्तन गरिदा लेखाइ र बोलाइमा के कति समस्या आउँछन्, भन्ने कुराको अनुमान नगरिकन जसरी मानक परिवर्तनको कुरा बाहिर आएको छ, यसले नेपाली जनताको लोकप्रियता र समर्थन पाउन सक्दैन भन्ने मलाइ लाग्दछ । परिवर्तन गर्छु भनेर हुँदैन, सबैको विचार समेटिनु पर्छ हामीले प्रयोग गरिएको लिपि र त्यसको मानकको परिवर्तन गर्नु किन आवश्यक छ, भन्ने विषयमा सम्बन्धित निकायले व्यापक छलफल र अन्तरक्रियाहरु गरेर सर्वमान्य विचार संकलन गर्नु पर्दथ्यो । त्यसको आधारमा परिर्वतन आवश्य छ वा छैन भन्ने कुराको निष्कर्ष पनि निकाल्न सकिन्थ्यो । तर भाषाविद्देखि साहित्य, कला र समाजका बुद्धिजीवी वर्गसँग यस विषयमा आवश्यक छलफल नै नगरिकन एक्कासी परिवर्तनको कुरा बाहिर आउनुले हामीलाई चिन्तित र आशंकित बनाएको छ । कसैको व्यक्तिगत चाहनाको कुरा होइन भाषा र शैली यो त हाम्रो परम्परा हो, हाम्रो राष्ट्रिय पहिचान हो । तसर्थ यस्तो महत्वपूर्ण विषयमा अनावश्यक हल्ला बाहिर आउनु गलत प्रवृति हावि भएको भन्न सकिन्छ । यसको विषयमा व्यापक परामर्श गर्नु आवश्य हुन्छ । विश्वभरी हामीले पनि साहित्यको काम गर्ने गरेका छौं, भाषाको प्रयोग र त्यसको विकासबारे हाम्रा पनि आफ्नै प्रकारका बुझाइहरु रहेका छन् । हामी ९० वटा कार्यक्रममार्फत ४२ वटा देशमा भाषा र सहित्य जगतमा काम गरिरहेका छौं । यो विषयमा हामीसँग कुनै पनि प्रकारको छलफल वा विचार बुझ्ने काम गरिएको छैन् । अरु पनि थुप्रै निकायहरु रहेका छन्, जसले नेपाली भाषा, साहित्यको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका छन् । उनीहरुको अनुभवको आधारमा नेपाली भाषा साहित्यको समस्या र परिवर्तन वा सुधार गर्नुपर्ने कुराहरुको विषयमा यतिबेला मानक परिवर्तनको कुरा उठाउने पक्षले कुनै छलफल गरेको देखिएको छैन । परिवर्तनको रहस्य के ? खोजी गर्ने काम तपाई हाम्रो यसरी नेपाली भाषामा एक्कासी परिवर्तनको कुरा जसरी बजारमा हल्ला फैलाइएको छ, त्यसको सत्यता के हो र यो किन र कसरी आएको हो ? यसको रहस्य के हो ? हामीले वास्तविकता बुझ्नु पर्दछ । हामी पनि त्यहि विषयलाई खोतलेर बुझ्ने प्रयास गरिराखेका छौं । प्रधानमन्त्रीले यो विषयलाई अनावश्यक हल्ला मात्र भएको भने पनि यो विषयको बहसले भने बजार गर्माएको देखिन्छ । तसर्थ सम्बन्धित निकायले सत्यतथ्य कुराको जानकारी नेपाली भाषा, कला र साहित्यकर्मीहरु र समग्र जनतालाई दिनु पर्दछ । परिवर्तनको कुरा गरिरहेका निकायले स्पष्ट जवाफ दिनुपर्दछ कि हल्ला मात्र हो भने किन र कुन नियतले मच्चाइयो यो हल्ला भनि दिनु प¥यो । होइन परिवर्तन नै गर्न खोजेको हो भने, परिवर्तनको आवश्यकता र त्यसका लागि क–कसले तपाईँ सल्लाह दिए त्यो भनिदिनु प¥यो । भाषा साहित्यको क्षेत्रमा कलम चलाउने आमजनतालाई भ्रमित हुने गरी आएका कुराहरुको वास्तविकता सम्बन्धित निकायले बताओस् । परिवर्तनले आउने समस्या भाषाको मानक परिवर्तन कुरा गरेजस्तो सजिलो हुँदैन । यदि परिवर्तन नै गरिने उहाँहरुको कोशिस हो भने त्यसले समग्र भाषा ग्रन्थदेखि स्कुल कलेजका किताबसमेत परिवर्तन गर्नुप¥यो । त्यसले नेपाली भाषा लेखनमा विविध प्रकारका समस्याहरु ल्याउने देखिन्छ । पहिलो कुरा त हामीले आजसम्म प्रयोग गर्दै आएको शब्दकोष परिवर्तन गर्नु प¥यो, यो उहाँहरुले सम्भव देख्नु हुन्छ ? त्यसपछि स्कुल कलेजमा नेपाली भाषामा लेखिएका सबै कोर्षहरु पनि परिवर्तन गर्नु प¥यो, यो तत्काल सम्भव देखिन्न । यो विषय भोलिका दिनमा अरबौंको चलखेल हुने कुरासँग जोडिएर आउन सक्छ । नेपाली भाषा साहित्यका सम्पतिहरुको पनि पुनःलेखन गर्नु प¥यो, जुन सम्भव नै छैन । अमर साहित्यकर्मीका अमर कृतिहरुको परिवर्तन गर्ने अधिकार कसैसँग रहन्न । ती कृतिहरु अपरिवर्तनीय सम्पतिका रुपमा हामी माझ रहेका छन् । जसरी इतिहास मेटाउन सकिन्न, त्यसरी नै भाषा र साहित्यको परिवर्तन गर्न सकिदैन । लेखाइमा मानकको परिवर्तनले समग्र भाषा साहित्यको र लेखनकलामै समस्या ल्याउने भएकाले यो काम गलत ठाउँबाट उठान भएको छ । यसलाई रोक्नु पर्दछ भन्न सकिन्छ । यसको धेरै संघ संगठनले विरोध गरेको भएपनि आजसम्म सम्बन्धित निकाय मौन रहनुले आश्चर्य चकित पारेको छ । यो कुनै राजनीतिक पक्ष र विपक्षको कुरा होइन, हाम्रो नेपाली भाषाको मानकको कुरा हो । हाम्रो भाषाको सम्बन्ध राष्टियता र अस्तित्वसँग पनि रहेको हुन्छ । यसरी अस्तित्व नै खतरामा पर्नेगरी राज्यले कुनैपनि सम्झौता वा परिवर्तनको कुरा गर्नु हुँदैन भन्ने लाग्दछ । किन आयो यस्तो हल्ला ? यो विषयमा सरोकारवाला निकायसँग बुझ्दा, सम्बन्धित मन्त्रीज्यूले भाषामा मानक परिवर्तनका लागि सम्बन्धित कर्मचारीहरुलाई निर्देशन दियो र त्यो समूहले आन्तरिक गृहकार्य गर्दै गर्दा त्यसैको आधारमा बजारमा हल्ला मच्चिएको बताइन्छ । उहाँहरुको भनाइ अनुसार, भाषामा मानक परिवर्तनको विषयमा छलफल गरिएको थियो र त्यहाँ युनिभर्सिटी लगायत अरु निकायको समेत प्रतिनिधित्व भएको दावी छ । तर त्यहाँ कति जना थिए, कोको थिए र परिवर्तनको पक्षमा कसले के के भने भन्ने कुरा कसैलाई थाहा छैन । त्यो विषय खोजी गरिनु पर्दछ भन्ने लाग्दछ । यो ठूलो लडाईँ वा आरोपको कुरा होइन, तसर्थ सबै सम्बद्ध निकायहरुकोवीचमा भाषामा मानक परिवर्तनको कुरा उठाउने समूहले व्यापक छलफल चलाओस् र त्यसमा आएको बहुमतीय धारणालाई मान्यता दिँदै काम गर्नुपर्दछ । यहि नै समस्याको उत्तम निकास हो । भाषाका सम्बन्धमा राज्यले विषयमा गर्नुपर्ने काम १) उहाँहरुले जसरी शब्दकोष तयार गर्नु भएको छ, राज्यले भाषा परिवर्तनको सर्वमान्य सहमति नहुँदासम्म त्यसको बिक्री वितरण रोक्नु पर्दछ । २) शैक्षिक पठनपाठनको कोर्ष परिवर्तनको कुरा रोकेर, भाषा परिवर्तन आवश्यकता छ कि छैन निष्कर्ष निकाल्नु पर्दछ । ३) उहाँहरुले बनाउनु भएको भाषाको नयाँ मानकबारे सबैसँग छलफल गरेर नमिलेका कुरामा सबैको सहमति अनुसार जाने वातावरण बनाउनु पर्दछ । ४) भाषा साहित्य समयसापेक्ष परिवर्तन हुने कुरा हो । भाषालाई जबर्जस्त परिवर्तन गर्ने भन्दा पनि सहज बनाउन ध्यान दिनुपर्दछ । ५) भाषा परिवर्तन नै गर्नुपर्ने देखिएमा त्यसको विधि र परिवर्तनका विषयमा पहिले सबैलाई स्पष्ट बनाउने काम गर्नुपर्दछ । (लोकराज जैसीसँगको कुराकानीमा आधारित)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending