Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

भाषामा मानक परिवर्तन एक्कासी कहाँबाट आयो ?

यतिबेला भाषाको मानकको विषयमा जुन बहस उठिरहेको छ, यो परिर्वतन गरिनुहुँदैन भन्ने मलाई लाग्दछ । भाषा भन्ने कुरो परिवर्तन गर्ने वा कुनै पक्षको चाहनाले मात्र रुपान्तरण गर्न मिल्दैन । इतिहासदेखि नेपाली भाषाशैलीको जसरी लेखाई र बोलाईको अभ्यास हुँदै यहाँसम्म पुग्यो, हामीले त्यसको क्रमिक विकाश गर्दै आएका छाैं । अब कसैको चाहनाले त्यसको उल्टो परिवर्तनको गतिमा भाषालाई डो¥याउनु हुँदैन । जसरी हामीले लेखाई र बोलाईमा प्रयोग गर्दै आएका छौं, त्यसरी नै यसलाई अझ समृृद्ध गराउन हाम्रो प्रयास हुनुपर्दछ । [caption id=\"attachment_94559\" align=\"alignleft\" width=\"448\"]\"राधेश्याम राधेश्याम लेकाली[/caption] भाषाले लेखाई र बोलाइको प्रतिनिधित्व गरेको हुन्छ । मानिसको भावना, विचार र अन्तरमनका कुरा भाषाकै माध्यमबाट अभिव्यक्ति गरिन्छ । तसर्थ भाषा सबैले सहजै लेख्न, बोल्न, पढ्न तथा बुझ्न सकिने हुनुपर्दछ । हामीले नेपाली देवनागरी भाषाको मानक पनि त्यहि सहजताको आधारमा विकास गर्दै लेखाईमा एक प्रकारको जटिलता हटाउँदै यहाँसम्म आएको देखिन्छ । पुनःभाषा लेखाइको प्रयोगमा मानक थप्ने वा आधा अक्षरको प्रयोग गर्ने कुराले धेरैमा विरोधाभास र असहजताको स्थिति ल्याएको देखिन्छ । हामी देवनागरी लिपिको प्रयोग गर्दछौ । भाषा प्राकृतिक विषय पनि हो, यसको क्रमशः विकास विकास हुँदै जान्छ । तर कुनै लहरमा भाषामा असहजता आउने गरी परिवर्तन गरिनुपर्दछ भन्ने कुरा सर्वमान्य हुदैन । त्यसरी भाषामा परिवर्तन गरिदा लेखाइ र बोलाइमा के कति समस्या आउँछन्, भन्ने कुराको अनुमान नगरिकन जसरी मानक परिवर्तनको कुरा बाहिर आएको छ, यसले नेपाली जनताको लोकप्रियता र समर्थन पाउन सक्दैन भन्ने मलाइ लाग्दछ । परिवर्तन गर्छु भनेर हुँदैन, सबैको विचार समेटिनु पर्छ हामीले प्रयोग गरिएको लिपि र त्यसको मानकको परिवर्तन गर्नु किन आवश्यक छ, भन्ने विषयमा सम्बन्धित निकायले व्यापक छलफल र अन्तरक्रियाहरु गरेर सर्वमान्य विचार संकलन गर्नु पर्दथ्यो । त्यसको आधारमा परिर्वतन आवश्य छ वा छैन भन्ने कुराको निष्कर्ष पनि निकाल्न सकिन्थ्यो । तर भाषाविद्देखि साहित्य, कला र समाजका बुद्धिजीवी वर्गसँग यस विषयमा आवश्यक छलफल नै नगरिकन एक्कासी परिवर्तनको कुरा बाहिर आउनुले हामीलाई चिन्तित र आशंकित बनाएको छ । कसैको व्यक्तिगत चाहनाको कुरा होइन भाषा र शैली यो त हाम्रो परम्परा हो, हाम्रो राष्ट्रिय पहिचान हो । तसर्थ यस्तो महत्वपूर्ण विषयमा अनावश्यक हल्ला बाहिर आउनु गलत प्रवृति हावि भएको भन्न सकिन्छ । यसको विषयमा व्यापक परामर्श गर्नु आवश्य हुन्छ । विश्वभरी हामीले पनि साहित्यको काम गर्ने गरेका छौं, भाषाको प्रयोग र त्यसको विकासबारे हाम्रा पनि आफ्नै प्रकारका बुझाइहरु रहेका छन् । हामी ९० वटा कार्यक्रममार्फत ४२ वटा देशमा भाषा र सहित्य जगतमा काम गरिरहेका छौं । यो विषयमा हामीसँग कुनै पनि प्रकारको छलफल वा विचार बुझ्ने काम गरिएको छैन् । अरु पनि थुप्रै निकायहरु रहेका छन्, जसले नेपाली भाषा, साहित्यको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका छन् । उनीहरुको अनुभवको आधारमा नेपाली भाषा साहित्यको समस्या र परिवर्तन वा सुधार गर्नुपर्ने कुराहरुको विषयमा यतिबेला मानक परिवर्तनको कुरा उठाउने पक्षले कुनै छलफल गरेको देखिएको छैन । परिवर्तनको रहस्य के ? खोजी गर्ने काम तपाई हाम्रो यसरी नेपाली भाषामा एक्कासी परिवर्तनको कुरा जसरी बजारमा हल्ला फैलाइएको छ, त्यसको सत्यता के हो र यो किन र कसरी आएको हो ? यसको रहस्य के हो ? हामीले वास्तविकता बुझ्नु पर्दछ । हामी पनि त्यहि विषयलाई खोतलेर बुझ्ने प्रयास गरिराखेका छौं । प्रधानमन्त्रीले यो विषयलाई अनावश्यक हल्ला मात्र भएको भने पनि यो विषयको बहसले भने बजार गर्माएको देखिन्छ । तसर्थ सम्बन्धित निकायले सत्यतथ्य कुराको जानकारी नेपाली भाषा, कला र साहित्यकर्मीहरु र समग्र जनतालाई दिनु पर्दछ । परिवर्तनको कुरा गरिरहेका निकायले स्पष्ट जवाफ दिनुपर्दछ कि हल्ला मात्र हो भने किन र कुन नियतले मच्चाइयो यो हल्ला भनि दिनु प¥यो । होइन परिवर्तन नै गर्न खोजेको हो भने, परिवर्तनको आवश्यकता र त्यसका लागि क–कसले तपाईँ सल्लाह दिए त्यो भनिदिनु प¥यो । भाषा साहित्यको क्षेत्रमा कलम चलाउने आमजनतालाई भ्रमित हुने गरी आएका कुराहरुको वास्तविकता सम्बन्धित निकायले बताओस् । परिवर्तनले आउने समस्या भाषाको मानक परिवर्तन कुरा गरेजस्तो सजिलो हुँदैन । यदि परिवर्तन नै गरिने उहाँहरुको कोशिस हो भने त्यसले समग्र भाषा ग्रन्थदेखि स्कुल कलेजका किताबसमेत परिवर्तन गर्नुप¥यो । त्यसले नेपाली भाषा लेखनमा विविध प्रकारका समस्याहरु ल्याउने देखिन्छ । पहिलो कुरा त हामीले आजसम्म प्रयोग गर्दै आएको शब्दकोष परिवर्तन गर्नु प¥यो, यो उहाँहरुले सम्भव देख्नु हुन्छ ? त्यसपछि स्कुल कलेजमा नेपाली भाषामा लेखिएका सबै कोर्षहरु पनि परिवर्तन गर्नु प¥यो, यो तत्काल सम्भव देखिन्न । यो विषय भोलिका दिनमा अरबौंको चलखेल हुने कुरासँग जोडिएर आउन सक्छ । नेपाली भाषा साहित्यका सम्पतिहरुको पनि पुनःलेखन गर्नु प¥यो, जुन सम्भव नै छैन । अमर साहित्यकर्मीका अमर कृतिहरुको परिवर्तन गर्ने अधिकार कसैसँग रहन्न । ती कृतिहरु अपरिवर्तनीय सम्पतिका रुपमा हामी माझ रहेका छन् । जसरी इतिहास मेटाउन सकिन्न, त्यसरी नै भाषा र साहित्यको परिवर्तन गर्न सकिदैन । लेखाइमा मानकको परिवर्तनले समग्र भाषा साहित्यको र लेखनकलामै समस्या ल्याउने भएकाले यो काम गलत ठाउँबाट उठान भएको छ । यसलाई रोक्नु पर्दछ भन्न सकिन्छ । यसको धेरै संघ संगठनले विरोध गरेको भएपनि आजसम्म सम्बन्धित निकाय मौन रहनुले आश्चर्य चकित पारेको छ । यो कुनै राजनीतिक पक्ष र विपक्षको कुरा होइन, हाम्रो नेपाली भाषाको मानकको कुरा हो । हाम्रो भाषाको सम्बन्ध राष्टियता र अस्तित्वसँग पनि रहेको हुन्छ । यसरी अस्तित्व नै खतरामा पर्नेगरी राज्यले कुनैपनि सम्झौता वा परिवर्तनको कुरा गर्नु हुँदैन भन्ने लाग्दछ । किन आयो यस्तो हल्ला ? यो विषयमा सरोकारवाला निकायसँग बुझ्दा, सम्बन्धित मन्त्रीज्यूले भाषामा मानक परिवर्तनका लागि सम्बन्धित कर्मचारीहरुलाई निर्देशन दियो र त्यो समूहले आन्तरिक गृहकार्य गर्दै गर्दा त्यसैको आधारमा बजारमा हल्ला मच्चिएको बताइन्छ । उहाँहरुको भनाइ अनुसार, भाषामा मानक परिवर्तनको विषयमा छलफल गरिएको थियो र त्यहाँ युनिभर्सिटी लगायत अरु निकायको समेत प्रतिनिधित्व भएको दावी छ । तर त्यहाँ कति जना थिए, कोको थिए र परिवर्तनको पक्षमा कसले के के भने भन्ने कुरा कसैलाई थाहा छैन । त्यो विषय खोजी गरिनु पर्दछ भन्ने लाग्दछ । यो ठूलो लडाईँ वा आरोपको कुरा होइन, तसर्थ सबै सम्बद्ध निकायहरुकोवीचमा भाषामा मानक परिवर्तनको कुरा उठाउने समूहले व्यापक छलफल चलाओस् र त्यसमा आएको बहुमतीय धारणालाई मान्यता दिँदै काम गर्नुपर्दछ । यहि नै समस्याको उत्तम निकास हो । भाषाका सम्बन्धमा राज्यले विषयमा गर्नुपर्ने काम १) उहाँहरुले जसरी शब्दकोष तयार गर्नु भएको छ, राज्यले भाषा परिवर्तनको सर्वमान्य सहमति नहुँदासम्म त्यसको बिक्री वितरण रोक्नु पर्दछ । २) शैक्षिक पठनपाठनको कोर्ष परिवर्तनको कुरा रोकेर, भाषा परिवर्तन आवश्यकता छ कि छैन निष्कर्ष निकाल्नु पर्दछ । ३) उहाँहरुले बनाउनु भएको भाषाको नयाँ मानकबारे सबैसँग छलफल गरेर नमिलेका कुरामा सबैको सहमति अनुसार जाने वातावरण बनाउनु पर्दछ । ४) भाषा साहित्य समयसापेक्ष परिवर्तन हुने कुरा हो । भाषालाई जबर्जस्त परिवर्तन गर्ने भन्दा पनि सहज बनाउन ध्यान दिनुपर्दछ । ५) भाषा परिवर्तन नै गर्नुपर्ने देखिएमा त्यसको विधि र परिवर्तनका विषयमा पहिले सबैलाई स्पष्ट बनाउने काम गर्नुपर्दछ । (लोकराज जैसीसँगको कुराकानीमा आधारित)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending