Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

ठेकेदारलाई मन्त्री बनाएपछि....

\"bikramकाठमाडाैं । ठेक्कापट्टाबाट अकूत सम्पत्ति आर्जन गरेकाले भ्रष्टाचार नगर्ने र पार्टीको साख बचाउने आशाका साथ निर्माण व्यवसायी बिक्रम पाण्डेलाई मन्त्री बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु अहिले उनले खरिदार नासु सरुवामा समेत चासो राख्दै घुस खान थालेपछि पश्चातापमा परेका छन् । सुनिलबहादुर थापाको नाम मन्त्रीमा प्रस्तावित भए पनि उनलाई व्याक गराएर पाण्डेलाई पठाइएको थियो । तर पदमा नपुगुन्जेल रातदिन अनुनय विनय गर्ने पाण्डेले मन्त्री भएपछि राप्रपाका उच्चनेताका कुरा पनि सुन्न छाडेका छन् । जसका कारण उनलाई मन्त्रीबाट फिर्ता बोलाउने तहसम्म नेताहरुबीच कुराकानी हुन थालेको दृष्टि साप्ताहिकमा खबर छ । उनका कारण पार्टी झन् बदनाम हुन थालेको र नेताले  भनेको नमानेपछि फिर्ता गर्नैपर्ने दबाब परेको छ । राप्रपाका नेताहरु मन्त्री पाण्डेको आनीबानी यही रहिरहे फिर्ता बोलाउने निष्कर्षमा पुगेको पार्टीका एक केन्द्रीय सदस्इले बताए । पर्टीबाट मन्त्री पाण्डेको स्वकिय सचिवमा खटाइएका राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्वअध्यक्ष प्रेम बलायर पनि मन्त्री पाण्डेको रबैयाबाट आजित हुन थालेका छन् । पाण्डेले मन्त्रालयमा ४ वर्ष कार्यरत बरिष्ठ सहसचिव कफि डंगोललाई ३ महिनामै अपमानपूर्वक भूमिसुधार तथा व्यवस्था विभागको महानिर्देशकबाट तानेका छन् । बरिष्ठ सहसचिवलाई यसरी अकारण ३ महिनामा तानिएको भूमिसुधार मन्त्रालयमा यो पहिलो घटनाका रुपमा लिइएको छ । महानिर्देशक डंगोलले मन्त्री पाण्डेले सरकारी सार्वजनिक जग्गा दर्ता गर्न अस्वीकार गरेका कारण तानिएको स्रोतले बताएको छ । मन्त्री पाण्डेले अपमानपूर्वक महानिर्देशकबाट मन्त्रालयमा सरुवा गरेपछि सहसचिव डंगोल भूमिसुधार मन्त्रालय नै छाडेर ऊर्जा मन्त्रालयमा सरुवा भएका छन् । सहसचिव डंगोलको सरुवापछि खरिदार नासु सरुवामा समेत दररेट तय गर्दै रकम संकलन सुरु गरिसकेका छन् । राप्रपाका नेताहरुको कुरा नै नसुनी उनी सरुवामा रकम उठाउन लागेका छन् । सचिव, सहसचिव र उपसचविलाई फौजमा कमाण्डरले हप्काएजस्तो हप्काउने, जागिर खाने धम्की दिने आनीबानीले उनलाई भूमिसुधारका कर्मचारीले जर्नेल मन्त्रीको संज्ञा दिन थालेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending