Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

सरुवामा करौडौं कमाउने ठेकेदार मन्त्रीको दाऊ

\"bikramकाठमाडौं, १० असोज । भूमिसुधार तथा व्यवस्था मन्त्रालय देश र जनता लुट्ने मन्त्रालयका रुपमा विगतदेखि नै बद्नाम हुँदै आएको छ । भूमिसुधार मन्त्रालयका ठेकेदार मन्त्री विक्रम पाण्डे, सचिव मोहनकृष्ण सापकोटा अहिले निजामती सेवा ऐन २०४९ को दफा १८ को उपदफा (३) लाई लत्याएर मन्त्रालय र विभागका कर्मचारीहरुको सरुवा मापदण्ड नै नबनाई मन्त्रालय, भूमि व्यवस्था विभाग, नापी विभाग, भूसूचना केन्द्र र तालिम केन्द्रका कर्मचारीहरुको सरुवामा करोडौं घुस असुल्ने अभियानको सुरुवात गरेको गुनासो वर्षौं वर्षदेखि हिमाली क्षेत्र, पहाड, मधेस र दुर्गम स्थानमा जागिरे जीवन बिताउन बाध्य पीडित कर्मचारीहरुले गरेको साँघु साप्ताहिकमा खबर छ । नेपाल गणराज्यभर १०४ मालपोत र १०४ वटै नापी कार्यालय रहेका छन् । यी २०८ कार्यालयमा झण्डै ५ हजार कर्मचारीको सरुवा व्यवस्थापन बिना मापदण्ड नै गर्ने तयारी गरिएको छ । निसेऐ र निसेनिको आधारमा सरुवाको मापदण्ड बनाएर न्यायिक सरुवा गरिएमा मालपोत र नापीका महानिर्देशकहरु कृष्णराज बिसी र टिकाराम घिमिरेले मन्त्री पाण्डे र सचिव सापकोटालाई मनपरी सरुवाको भेटकिो थैलो चढाउन मुस्किल पर्न सक्छ । सरुवा मापदण्ड नबनाएपछि काठमाडौं उपत्यकाका मालपोत र नापी कार्यालयमा १०÷१२ वर्ष विताएका कुनै पनि कर्मचारीलाई पुनः काठमाडौं उपत्यकामा वा काभ्रे, सिन्धुपाल्चोक, धादिङ्ग वा नुवाकोटजस्ता काठमाडौं निकट जिल्लामा सरुवा गरेर सेफल्याण्डिङ्ग गरेपनि मान्य हुन्छ । काठमाडौं उपत्यकामा रहन मालपोत र नापीका कर्मचारीहरुले पद र कार्यालयअनुसार ३ देखि १५ लाखसम्म थैली भेट गरेर सरुवा थमौती वल्लो घरको नरे पल्लो घरमा सरे फर्मूला प्रयोग गर्न चाहन्छन् । यही सरुवाको खेलोमा भूमिसुधार तथा व्यवस्था मन्त्री, सचिव र महानिर्देशकहरुले करोडौं असुल्ने मौका पाउछन् । नापी र मालपोत विभागमा गरी लगभग ६ सय कर्मचारहरु उपत्यकामा कार्यरत छन् । यसमा २ वर्ष अवधि पुगेकाहरुको सरुवाको चाजोपाँजो मिलाउन प्रति व्यक्ति सालाखाला न्यूनतम् ३ लाख राखेतापनि १० करोड असुलउपर हुन्छ । यसैका लागि भूमिसुधार तथा व्यवस्था मन्त्रालयका मन्त्री, सचिव र महानिर्देशकहरुले व्यापक चलखेल गर्ने गरेका छन् । नापी विभाग र मालपोत विभागका ५ हजारभन्दा बढी कर्मचारीहरुको सरुवाको मौसम सुरु भएकाले ३ महिना पनि मालपोतको महानिर्देशकमा काम गर्न नदिई महानिर्देशक कपिल डंगोलको अचानक सरुवा गरेर मन्त्री पाण्डेले बलिको बोको बनाएका छनु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending